Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

पाेखरिया नगरपालिकाका विद्यालय ५ दिनकाे लागि बन्द

spot_img
spot_img

वीरगञ्ज । अत्याधिक चिसो बढेपछि पर्साको पाेखरिया नगरपालिकाका विद्यालय ५ दिनकाे लागि बन्द हुने भएकाे छ । पढन र पढाउन ग्राहाे भएकाे हुदाँ बर्षे विदाबाट कट्टा हुने गरी नगरपालिकाकाले मिति २०७६ मंसिर ६ गते देखी १० गते सम्मकाे लागि विद्यालयमा विदा दिएकाे हाे ।

नगरपालिका अन्तर्गतका सम्पूर्ण विदालयहरुमा आइतबार देखी बिहिवार सम्मकाे लागि विदा दिइएकाे नगरपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत संजय कुमार पाण्डेले वताए ।

यस्तै बिन्दवासिनी गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ । चिसोका कारण बालबालिकालाई पठन पाठनमा समस्या भएपछि गाउँपालिका प्रमुख श्रीलाल साह कानु, शिक्षक संघ संगठनको आग्रहमा एक साताका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

पुस ४ गते शुक्रबारदेखि पुस ८ गतेसम्म जाडो विदा दिने निर्णय गरेको छ भने पुस ९ गते क्रिसमस डेको अवसरमा पनि विदा दिने निर्णय गरेको छ । यस्तै पुस १० गते सूर्य ग्रहण लाग्ने भएकोले सो दिन पनि विदा दिने सूचना जारी गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजित साहले क्रिशमस र सुर्यग्रहण समेत गरि एक साताका लागि विद्यालय बन्द गरिएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...