Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पोखरीयामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ सेमरवारी बर्वामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ना. ४६ प. ५३३० नम्बरको मोटरसाईकलकाे ठक्करले साईकलमा सवार सोही वडाका ६७ बर्षीय प्रभु महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार सांझ ७.३० बजेको समयमा पोखरीया नगरपालिका वडा नम्बर १० शिववर्वा निवासी मोटरसाईकल चालक ४० बर्षीय सुरेन्द्र महतोले चलाएको मोटरसाईकलबाट घाईते भएका प्रभु महतोको उपचारका लागी पोखरीया अस्पतालमा लग्दा बिरगंजको न्युरोमा रेफर गरी पठाउदा न्युरोले पनि नारायणी अस्पतालमा पठाए पछि राती ९.३० बजे उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका सई बिनोद रानाले बताए ।

ठक्कर दिने माेटरसाइकल चालकलाई ईलाका प्रहरी कार्यालय पोखरीयाले नियन्त्रणमा ली जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ भने मोटरसाईल ईलाका प्रहरी कार्यालय पोखरीयाको नियन्त्रणमा रहेको छ । सोही क्रममा मोटरसाईकमा सवार वडा नम्बर १० शिवर्वाका १४ बर्षीय रोहित पटेल पनि घाईते भएको र निजको उपचार न्युरो हास्पीटल बिरगंजमा उपचार पक्षि घर फर्केका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...