Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

रेडक्रस उपशाखा महुवनको साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाईटी उपशाखा महुअवनको आज एक कार्यक्रमका बिच २१ औं साधारण सभा सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ५ महुअवनको स्वास्थ्य चौकीमा सम्पन भएको छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा महुअवनका सभापति जदु प्रसादको अध्यक्षता र सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष प्रदिप जयसवालको प्रमुख आतिथ्यतामा भएकाे साधारणसभाले आर्थिक प्रतिवेदन, प्रगती प्रतिवेदन तथा अगामी कार्ययोजना माथी छलफल गरी सर्वसम्मत पास भएको छ ।

सभामा संयुक्त रुपमा रक्तदान गरेका श्रीमान श्रीमतीहरुलाई सम्मान गरिएको थियाे । सभामा शुभकामना मन्तब्य नेपाल रेडक्रस पर्सा शाखाका जिल्लाका कोषाध्यक्ष तथा सभाका बिशिष्ठ अतिथी दयाशंकर सिंह, बिशेष अतिथी सोही वडाका वडाध्यक्ष रुपलाल यादव, लेखापाल शमशेर प्रसाद, अतिथी रामेश्वर प्रसाद जयसवाल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...