Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

ड्राईभिङ्ग संघ प्रदेश २ साहको अध्यक्षमा १३ सदस्यीय गठन

spot_img
spot_img

वीरगंज । ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश नम्बर २ को अध्यक्षमा वीरगंजका अकलेश साह चयन भएका छन् । वीरगंमा सम्पन्न संघको भेलाले साहको अध्यक्षतामा १३ सदसीय समिती गठन गरेको छ । साह सुर्य ड्राईभिङ्ग ट्रेनिङग सेन्टर वीरगंजका संचालक हुन ।

नव गठित संघको प्रथम उपाध्यक्षमा ईन्द्रेश झा, उपाध्यक्षमा गौरव क्षेत्रि, सचिवमा दिलिप कुमार दास, कोषाध्यक्षमा दिपनारायण साह, सह सचिवमा जयप्रकाश झा, सदस्यमा सरोज कुमार महतो,दिनेश कुमार यादव, रामानन्द यादव, गंगा देवी लामा,उत्तम कुमार लामा, रमेश प्रसाद देवकोटा रहेका छन ।

अन्य पदमा सर्व सहमति भएपनि अध्यक्ष पदका लागि गोलाप्रथा भएको थियो । गोला प्रथाबाट साह अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

ड्राईभिङग संघको केन्द्रिय सदस्य अकलेश साहको अध्यक्षतामा भएको भेलाको उद्घाटन कार्यक्रममा यातायात कार्यालय वीरगंजका प्रमुख सुनिल कुमार साह, स्कुल संघ नेपालका केन्द्रिय महासचिव उमेश सिके, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, वीरगंज नगर अध्यक्ष रहवर अंसारी, नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल, स्कुल संघका पुर्व केन्द्रिय सदस्य अमृत विश्वकर्मा, ट्राफिक प्रहरी निरिक्षक कमलराज पंरित लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वीरगंज दरवार होटलमा भएको कार्यक्रममा स्वागत मन्तव्य स्कुल संघका केन्द्रिय सदस्य बिमल अधिकारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...