Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पक्राउ परेका गाउँपालिका अध्यक्ष भेडिहरलाई वीरगंज कारागार पठाइयो

spot_img
spot_img

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहर पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी अध्यक्ष भेडिहरलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भेडिहरलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

बारा विश्रामपुर गाउँपालिका वडा नं. ३ घर भएका अध्यक्ष भेडिहरलाई प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमाण्डमा खटिएको प्रहरि टोलिले नियन्त्रणमा लिएको हो ।

प्रतिवादी अध्यक्ष भेडिहरलाई नियन्त्रणमा लिई बारा जिल्ला अदालत कलैयामा पेश गरिएको र आदालतको आदेशानुसार निजलाई २९ दिन कैद भुक्तानको लागी पर्सा जिल्ला कारागार बिरगंजमा पठाइएको प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...