Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पक्राउ परेका गाउँपालिका अध्यक्ष भेडिहरलाई वीरगंज कारागार पठाइयो

spot_img
spot_img

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहर पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी अध्यक्ष भेडिहरलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भेडिहरलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

बारा विश्रामपुर गाउँपालिका वडा नं. ३ घर भएका अध्यक्ष भेडिहरलाई प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमाण्डमा खटिएको प्रहरि टोलिले नियन्त्रणमा लिएको हो ।

प्रतिवादी अध्यक्ष भेडिहरलाई नियन्त्रणमा लिई बारा जिल्ला अदालत कलैयामा पेश गरिएको र आदालतको आदेशानुसार निजलाई २९ दिन कैद भुक्तानको लागी पर्सा जिल्ला कारागार बिरगंजमा पठाइएको प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...