Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

सखुवा प्रसौनीको दलित बस्तीमा कम्बल वितरण

spot_img
spot_img

वीरगञ्ज । विगत केही दिन देखि तराई-मधेस क्षेत्रमा घट्दै गएको तापक्रम र सितलहरलाई मध्यनजर गर्दै सृजनशील युवाहरुको संस्था संस्कृतिले पर्साको दलित बस्तीमा कम्बल वितरण गरेको छ ।

पर्साको सखुवा पर्सौनी गाउँपालिका-५ स्थित महुवनमा शनिबार एक कार्यक्रम विच दलित समुदायमा कम्बल वितरण गरिएको हो ।

काठमाडौंस्थित कलोथिङ ब्याङ्क नेपालको सहयोमा संस्कृतिद्धारा महुवनको १ सय ५० परिवारलाई कम्बल वितरण गरिएको संस्थाका उपाध्यक्ष आँशु सर्राफले बताए ।

कार्यक्रममा बोल्दै सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले सहयोगी संस्थाहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनी यस्ता कार्यक्रम जारी राख्न आग्रह गरे । उनले युवाहरु अगाडी आएर नेतृत्व लिन थालेको देखेर खुशी समेत व्यक्ति गर्दै आजको युवा पिडिले यसरी नै नेतृत्व लिएर समाजको लागी कार्य गर्न थाले समाजमा रहेको समस्याहरू अन्त्य भएर जाने विश्वास व्यक्त गरे ।

त्यसैगरी संस्कृतिका वरिष्ठ सल्लाहकार तबरेज अहमदले युवाहरुको पहलमा भएको कार्यक्रमलाई सराहना गर्दै आजको हरेक युवालाई संस्कृतिबाट प्रेरणा लिनुपर्ने बताए । उनले सहयोगी संस्था कलोथिङ ब्याङ्क बाट आएका पदाधिकारीहरु लाई आगामी दिनमा पनी पर्साका अन्य गाउँ ठाउँमा यसरी नै सहयोग गर्न अपिल समेत गरे ।

संस्कृतिकी अध्यक्ष शैली चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा संस्कृतिका सदस्यहरू हिमांशु बरनवाल, किरण गिरी, मनिषा शर्मा, कोलोथिङ ब्याङ्कका संयोजक श्रीराम गुरुङ, सिवानी प्रधान, आशिष घिमिरे, सखुवा पर्सौनी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रुपलाल कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...