Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

सखुवा प्रसौनीको दलित बस्तीमा कम्बल वितरण

spot_img
spot_img

वीरगञ्ज । विगत केही दिन देखि तराई-मधेस क्षेत्रमा घट्दै गएको तापक्रम र सितलहरलाई मध्यनजर गर्दै सृजनशील युवाहरुको संस्था संस्कृतिले पर्साको दलित बस्तीमा कम्बल वितरण गरेको छ ।

पर्साको सखुवा पर्सौनी गाउँपालिका-५ स्थित महुवनमा शनिबार एक कार्यक्रम विच दलित समुदायमा कम्बल वितरण गरिएको हो ।

काठमाडौंस्थित कलोथिङ ब्याङ्क नेपालको सहयोमा संस्कृतिद्धारा महुवनको १ सय ५० परिवारलाई कम्बल वितरण गरिएको संस्थाका उपाध्यक्ष आँशु सर्राफले बताए ।

कार्यक्रममा बोल्दै सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले सहयोगी संस्थाहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनी यस्ता कार्यक्रम जारी राख्न आग्रह गरे । उनले युवाहरु अगाडी आएर नेतृत्व लिन थालेको देखेर खुशी समेत व्यक्ति गर्दै आजको युवा पिडिले यसरी नै नेतृत्व लिएर समाजको लागी कार्य गर्न थाले समाजमा रहेको समस्याहरू अन्त्य भएर जाने विश्वास व्यक्त गरे ।

त्यसैगरी संस्कृतिका वरिष्ठ सल्लाहकार तबरेज अहमदले युवाहरुको पहलमा भएको कार्यक्रमलाई सराहना गर्दै आजको हरेक युवालाई संस्कृतिबाट प्रेरणा लिनुपर्ने बताए । उनले सहयोगी संस्था कलोथिङ ब्याङ्क बाट आएका पदाधिकारीहरु लाई आगामी दिनमा पनी पर्साका अन्य गाउँ ठाउँमा यसरी नै सहयोग गर्न अपिल समेत गरे ।

संस्कृतिकी अध्यक्ष शैली चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा संस्कृतिका सदस्यहरू हिमांशु बरनवाल, किरण गिरी, मनिषा शर्मा, कोलोथिङ ब्याङ्कका संयोजक श्रीराम गुरुङ, सिवानी प्रधान, आशिष घिमिरे, सखुवा पर्सौनी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रुपलाल कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...