Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

भारत तर्फ लगिरहेको मदिरा सहित मोटरसाईकल पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नंं. २ टिहुकीबाट आज बिहान भारत तर्फ लगिरहेको अवस्थामा प्रहरीले ३ कार्टुन लिचि रक्सी सहित मोटरसाईकल पक्राउ गरेको छ ।

टिहुकी प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक नवलकिशोर यादवको कमाण्डमा रहेको टोलीले बि.आर. २२ वाई ०८९५ भारतीय नम्बर पलेटको साईन मोटरसाईकल सहित मदिरा नियन्त्रणमा  लिएको हो ।

पक्राउ गरिएको मदिरा सहित मोटरसाईकल आवश्यक कार्यवाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका सई बिनोद रानाले बताउनु भयो।

मोटरसाईकल चालक प्रहरी देख्ने बितिक्कै मोटरसाईकल र मदिरा छोडी फरार भएको टिहुकी प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...