Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1054

वीरगंजमा पनि नेवि संघद्वारा सरकारी गाडी चल्नमा अवरोध

वीरगंज, १९ माघ ।
वीरगंजमा पनि नेपाल विद्यार्थी संघले सरकारी गाडी चल्नमा अवरोध गरेको छ । नेवि संघको केन्द्रिय विरोधको कार्यक्रम अन्तर्गत आज वीरगंजमा पनि सरकारी गाडी चल्नमा अवरोध गरिएको नेवि संघका केन्द्रिय सदस्य बद्री नारायण तिवारीले वताए । के.पी. ओली नेतृत्वको सरकार अद्यिनायकवाद, तनासाही, ज्यादती तर्फ अग्रसर भएकोले विरोधको कार्यक्रम अन्तर्गत सरकारी गाडी चल्नमा अवरोध गरिएको तिवारीले वताए ।

तिवारीका अनुसार वीरगंजमा सरकारी गाडी नचलेको र ठाकुर राम बहुमुखी क्याम्पसमा ४ वटा गाडी मात्र सरकारी नम्बर प्लेटको फेला परेकोले नियन्त्राण लिन खोज्दा सशस्त्र प्रहरी आफनो नियन्त्रणमा लिई लगेको छ ।

केन्द्रिय सदस्य तिवारीको नेतृत्वमा भएको सरकारी गाडी अवरोधको कार्यक्रममा विद्यार्थी नेता देव पटेल, अनिल पटेल, त्रिलोकी साह, मुनराज तिवारी, अव्दुल कयुम, रन्जन चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।

कोइलाभारका ४० वर्षिय ईश्वरी कार्की दुई दिन देखि वेपता, खोजतलास गरिदिन अपिल

वीरगंज : पर्साको पर्सागढि नगरपालिका वडा नं. १, कोइलाभारका ४० वर्षिय ईश्वरी कार्की दुई दिन देखि वेपता भएका छन् । शुक्रबार दिउँसो २ बजेदेखि घरबाट जितपुर अाउने क्रममा उनी वेपता भएको परिवारजनले जनाएको छ ।

कार्कीकी श्रमति जानुका कार्कीका अनुसार १८ हजार नगद लिई घरबाट जितपुर बजार गएको भन्दै तर जितपुरबाट साझघर नफर्केपछि उनको खोजि भइरहेको छ ।

घर र अाफन्तजन कहाँ नगएपछि उनी वेपत्ता भएको परिवारजनले बताएको छ । उनको खोजतलास गरिदिन पीडित परिवारजनले प्रहरी प्रशासन संग अपिल गरेको छ ।

हाफ टिसर्ट, पैन्ट र जुता लगाएका कार्की खेतीकिसानी गर्दै अाएका थिए । उनको एक छोरा र छोरी छन् । यो घटना बारे पर्सा प्रहरीको मनवा प्रहरी चौकीमा उजुरी परेको छ ।

गरिब जनताको भान्छा घर 

वीरगंज महानगरपालिकाको वडा नं. १९, विन्दवासिनीमा रहेको एक सर्वसाधारणको खुल्ला अकाश मुनि खरको छाप्रोले घेरिएको स्थानामा खाना पकाउने भान्छा घर । तस्बिर : कालिका टाईम्स

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

वीरगंज : द हेल्पेज नेपालको आयोजनामा सिद्धार्थ माद्यामिक विधालय, चिनिमिल पिपरा, वीरगंजमा शुक्रबार हाजरी जवाफ प्रतियोगिता सप्पन्न भएको छ । विधालयकी शिक्षिका शशी गिरिको सभापतित्वमा भएको प्रतियोगितामा मकालु समूह प्रथम, अन्पूण समूह दोस्रो र माछापुच्छ्रे समूह तेस्रो भेएको थियो ।

६० राउन्डमा भएको प्रतियोगितामा सोही बिधालयका कक्षा ८ र ९ का विद्यार्थीहरु भाग लिएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा ऋषि देव पंडित र वृजकिशोर चौधरी रहेका थिए भने कार्यक्रमको सहजीकरण हेल्पेजका सल्लाहकार रतेन्द्र दास र बिन्दु यादवले गरेका थिए ।

प्रतियोगितामा हेल्पेजका अध्यक्ष अनिल कुमार यादव, सचिव दयानन्द साह, छोटेलाल प्रसाद साह, राजकुमार प्रजापति, प्रदिप पटेल लगायतकाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत वितरण गरिएको आयोजक संस्थाका उपाध्यक्ष दिपेन्द्र यादले वताए ।

प्रदेश सरकारले पेल्यो : मेयर सरावगी

वीरगंज, १९ माघ/
वीरगंज महानगरका मेयर विजय सरावगीले विपी उद्यानमा शहीद पार्क निर्माणको शिलान्यास गरेर प्रदेश सरकारले स्थानीय निकायलाई पेलेको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति, पर्सामा शुक्रवार आयोजित एक कार्यक्रममा उनले स्थानीय निकायको स्वामित्वमा रहेको जग्गामा प्रदेश सरकारले बिनास्वीकृति शहीद पार्कको शिलान्यास गरेर पेल्ने काम गरेको आरोप लगाए । उनले महानगरको स्वामित्वमा रहेको जग्गामा शिलान्यास गर्दा प्रदेश सरकारले स्वीकृति लिनुपर्ने सामान्य प्रक्रियासमेत अवलम्बन नगरेको बताए ।

विपी उद्यानमा शहीद पार्कको शिलान्यासलाई लिएर नेपाली काङ्ग्रेसले विरोध गरेको अवस्थामा आप्mनै पार्टीका मुख्यमन्त्री लालबाबू राउत गद्दी र अर्का राजपाका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले शिलान्यास गरेको शहीद पार्कको विषयमा मेयरले सार्वजनिक स्थलमा विरोध गरेका हुन् ।

मेयर सरावगी र मुख्यमन्त्री गद्दी सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित हुन् । शहीद पार्क शिलान्यास कार्यक्रममा मेयर सरावगी अनुपस्थित थिए । उनले आज दिएको अभिव्यक्तिपछि मुख्यमन्त्रीको कामबाट मेयर खुशी नभएको अनुभूति भएको छ । प्रतिकबाट

बनको जग्गा अतिक्रमण गरि सुर्ती खेती गर्ने पक्राउ

मेघराज राय/ जिराभवानी, माघ १८\
बन गस्ती टोलिले शुुक्रबार  अतिक्रमण गरि सुर्ती खेती गरेको क्षेत्र बाट पानी हालिरहेको अवस्थामा एक जनालाइ पक्राउ गरेको छ ।सेक्टर बन कार्यालय बसन्त पुरबाट सुपेदार प्रदीप तिमल्सिनाको नेतृत्वमा गएको गस्ती टोलिले पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर ५, सखुवनियाका जोखु राउत कुर्मिलाई पक्राउ गरेेेको हो ।

रास्टृय बन क्षेत्रमा अतिक्रमण गरि सुर्ती खेती गरि पानी हालिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको सुपेदार तिमल्सिनाले जानकारी दिनुभयो। पक्राउ गरिएको कुर्मीलाई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय बिरगंजमा पठाइएको तिमल्सिनाले जानकारी दिए । त्यस क्षेत्रमा बिसौ बिघा रास्टृय बनको जमिनमा सुर्ती खेती गरिएको छ ।

“सबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं भन्ने मुल नाराका साथ अहमदिया संघको जालसा सुरु

पर्सा, १८ माघ ।
“सबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले पर्साको प्रसौनी भाठ्ठमा दुई दिने छैठौं जालसा सालाना (बार्षिक समारोह) सुरु गरेको छ । विन्दवासिनी गाउँपालिकाको वडा नं. ५, प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गणमा जलसा सालाना सुरू भएको हो ।

जलसा सालानाका प्रमुख अतिथि मोहम्मद अता इलाही अहसन गौरी साहेबले अहमदिया मुस्लिम जमात एउटा विशुद्ध धार्मिक तथा अध्यात्मिक जमात रहेको वताए । मानवसेवा नै सबै भन्दा ठूलो धर्म भएको बताउदै उनले विशवका २०० भन्दा बढी देशहरुमा अहमदिया जमात स्थापित भएको वताए ।

साथै साहेबले हजरत मु्हम्मद सल्लल्लाहु अलैहि व सल्लमको जीवन चरित्र र उनका आदर्शहरु लगायत मानवीय मूल्य मान्यताको रक्षा,धर्मिक सहिष्णुता,सामाजिक एकता साथैयश जमातको नारा “सबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं “लाई संसारभरि व्यहारिक रूपमा फैलाउन समेत चर्चा गरेका थिए ।

जलसा सालानाको सुरुवात हजरत मिर्जा गुलाम अहमद साहेब कादियानी प्रतिश्रुत मसीह र महदी तथा कल्कि अवतार अलैहिस्सलाम, गुरदासपुर पंजाब भारत निवासीले करिब १२७ वर्षअघि कादियानबाट गर्नु भएको समेत साहेबले बताए ।

कार्यक्रममा बोल्दै विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवि गुप्ताले यो संसारमा प्रेम नै सब भन्दा ठूलो रहेको वताईन । अहमदिया संघको निमन्त्रणा त्यही कुरा लेखेको पढेर आफू प्रभावित भई कार्यक्रममा सहभागी भएको वताईन । संस्थाको उद्देश्यको सराहना गर्दै एक अर्कालाई माया गरे समाजिक सद्भाव मुस्लिम र हिन्दु बिच सधै बनी रहने वताईन ।

अहमदिया जमातले समाजमा आर्थिक रुपले पिछडिएका अति गरिब, दलित असहाय, विपनहरुका लागि निशुल्क शिक्षा, स्वास्थ्य उपचार, दैविक प्रकोपका घटनामा सहभागी हुदै सक्दो सहयोग गर्दै आएको अहमदिया संघ नेपालका महासचिव मोहन अहमदले वताए ।

अताइलाही अहसन गैरी साहेबको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि मौलाना अताहुर रहमान खालिद साहब, अतिथिहरु अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अंसारी, भारतका अताऊर रहमान साहेव,युवा अध्यक्ष समिन अहमद साहेव लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा झापा, सुनसरी, मोरङ्ग, सप्तरी, सिरहा, वारा, पर्सा, काठमाण्डौं, तनहु, चितवन,धनगढी लगायत भारतका विभिन्न स्थानहरुवाट सयौंको संख्यामा सहभागीता रहेको अहमदिया संघ नेपालका महासचीव अहमदले जानकारी गराए ।

कार्यक्रममा श्री रामचन्द्रजी महराज कि जय, श्री कृष्ण जि महाराज कि जय, हजरत इसहा मसिह कि जय र हजरत बुद्ध जि महाराज  कि जयकाे जयकार लगाउदा अनौठो लाग्नेे गरेेेेको थियो ।

साझेदारी समितिको बैठकद्वारा विभिन्न महत्वपूर्ण निर्णय

पर्सा, १८ माघ ।
गाद्दीमाई वन उपभोक्त साझेदारी समितिको शुक्रबार बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । रंगपुर रेन्ज पोष्टमा बसेको बैठकले समिति संचालनका लागि विद्यान निर्माण गर्न र कार्य योजना बनाउनको लागि समितिका संयोजक कृष्ण मोहन यादवको संयोजकत्वमा ७ सदस्यि उप समिति गठन गरेको छ ।

जुन समितिको सदस्यमा सहरुम राउत, पुरन यादव, पप्पु पटेल, बसन्ती चौधरी, रवि आनन्द गोपाली रहेका छन । समितिका संयोजक यादवको अध्यक्षतामा बसेका बैठकले वन जोगाउनको लागि ३ वटा गस्ती समुह पनि गठन गरेको छ । संयोजक यादव, सहरुम राउत गदी र पुरन यादवको संयोजकत्वमा संयोजकत्वमा ३/३ सदस्यि समिति गठन गरेको छ ।

यस्तै काठ दाउरा संरक्षण तथा सदुपयोग समिति गठन गरिएको छ । जुन समिति संयोजक यादवको संयोजकत्वमा ९ सदस्यि गठन गरिएको हो । बैठकले ९ जना समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्ने निर्णय समेत गरेको छ ।

नेवि संघको प्रदर्शनमा प्रहरी हस्तक्षेप, विद्यार्थी नेता पटेल घाइते

वीरगंज, १८ माघ ।
नेवि संघ, पर्साले शुक्रबार वीरगंजमा गरेको प्रदर्शनको क्रममा २ जना घाइते भएका छन । प्रधानमन्धी के.पी. ओलीको पुतला जलाउने क्रममा विद्यार्थी र प्रहरी विच भएको झडपमा परी विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन ।

ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुश आदर्शनगरमा पुगी प्रधानमन्त्री ओलीको पुतला जलाउन खोज्दा प्रहरीले गरेको हस्तक्षेपका कारण पुतलाको आगोले विद्यार्थी नेता पटेलको मुखको भाग जलेको नेवि संघका केन्द्रिय सदस्य बद्रीनाथ तिवारीले वताए । सोही क्रममा अक्रा विद्यार्थी नेता चौरसिया पनि घाइते भएको उनले जानकारी गराए ।

चोरसियाको खुट्टामा चोट लागेको छ भने घाइते दुबै जनाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको छ । नेवि संघ पर्साका अध्यक्ष विश्वा द्विवेदीको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा पुतला दहन कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल लगायतकाको सहभागिता रहेको थियो । नेवि संघको पूर्व घोषित केन्द्रिय बिरोधको कार्यक्रम अन्तर्गत वीरगंजमा पनि प्रधानमन्त्रीको पुतला जलाउने कार्यक्रम थियो ।

आन्दोलन गर्ने वीरगन्ज उद्योग वाणिज्य संघको चेतावनी

वीरगन्ज : उद्योग व्यपार क्षेत्रका समस्या सामधानका लागि संघीय सरकारले चासो नदेखाए निजी क्षेत्र आन्दोलनमा उत्रिने वीरगन्ज उद्योग वाणिज्य संघले चेतावनी दिएको छ। सोमबार मात्रै नयाँ नेतृत्व पाएको वीरगन्ज उद्योग वाणिज्य संघले बिहीबार आफ्नो पहिलो पत्रकार सम्मेलनमै निजी क्षेत्रका समस्या सामधान गर्न माग गर्दै सरकारलाई आन्दोलनको चेतावनी दिएको हो।

अस्थिर र बैंकको बढ्दो व्याजदर, विद्युत महुसुलमा अप्रत्याशित वृद्धि, अव्यवहारिक श्रम ऐन लगायत कारणले उद्योग व्यपार क्षेत्र धराशायी हुँदै गएको निष्कर्ष वीरगन्ज उद्योग वाणिज्य संघको छ। यी समस्याको सामधान गर्न सरकारसँग माग गर्दै संघले समस्या सामधानका लागि सरकारले चासो नदेखाए निजी क्षेत्र बाध्य भएर आन्दोलनमै उत्रिने चेतावनी दिएको हो।

बिहीबार संघकै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका नवनिर्वाचित पदाधिकारीहरुले बैंकको अस्थिर र बढ्दो व्याजदर, औद्योगिक फिडरको महशुलमा अप्रत्याशित वृद्धी, अव्यवहारिक श्रम ऐन र सम्पत्ति बिमा निर्देशिकाका कारण निजी क्षेत्रलाई हत्सोत्साही बनाएको गुनासो गरे।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपाल केडियाले हालै नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरको विद्युत् महसुलमा ६० देखि ७५ प्रतिशतसम्म वृद्धि गरेको भन्दै यसले औद्योगिक वातावरण नै खल्बलिएको बताए।

‘विद्युत् महसुलमा गरिएको अप्रत्याशित वृद्धिलाई निजी क्षेत्रले औद्योगिकीकरण अभियानको बाधक ठहर गरेको छ’ , अध्यक्ष केडियाले भने, ‘यस प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ, चर्को विद्युत् महसुल वृद्धिका कारण औद्योगिक वातावरण नै खल्बलिएको छ। यसको असर समग्र मुलुककै अर्थतन्त्रमा पर्न जान्छ।’

बैंक तथा बित्तीय संस्थाले अस्वभाविक रुपमा गरेको व्याजदर वृद्धिबाट पनि उद्योग व्यपारमा नकारात्मक प्रभाव परेको संघले जनाएको छ। बैंक तथा वित्तीय क्षेत्रले उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई राहत प्रदान गर्न सहजीकरणको भूमिका खेल्नुपर्नेमा त्यसको विपरीत एक पटकमा ठूलो प्रतिशतमा व्याजदरमा भएको वृद्धिले समग्र निजी क्षेत्रलाई हतोत्साहित तुल्याएको संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए। बिमा समितिले गत माघ १ गते देखि लागु हुने गरी जारी गरेको ‘सम्पति बिमा निर्देशिका, २०७५’ पनि निजी क्षेत्रमैत्री नभएको भन्दै संघले असन्तुष्टि जनाएको छ।

व्यवस्थापिका संसदले बनाएको श्रम ऐन २०७४ अव्यवहारिक रहेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ। भारतीय नागरिक नेपालभित्र प्रवेश गर्न राहदानी वा अन्य कुनै परिचयपत्र अनिवार्य नगरिएकोले ऐनको व्यवस्था अनुसार नेपाली उद्योगमा कार्यरत भारतीय कामदारको पारिश्रमिक भुक्तानीको लागि बैंक खाता संचालन गर्न अत्यन्त कठिन भएको संघका अध्यक्ष केडियाले बताए।

निजी क्षेत्रका समस्याका बारेमा बिहीबार नै संघले नेपाल सरकार र सरोकारवाला निकायलाई जिल्ला प्रसाशन कार्यालय पर्सा मार्फत ज्ञापनपत्र पठाएको अध्यक्ष केडियाले जानकारी दिए।