Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

रेडक्रस पाेखरिया उपशाखाकाे ३० औ साधारण सभा सम्पन

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीयामा नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरीयाको ३० औ साधारण सभा सम्पन भएको छ । उपशाखा पोखरीयाका सभापति भगवान प्रसाद कुर्मीको अध्यक्षता र जिल्ला शाखाका उपमन्त्री साविर अंसारीको प्रमुख आतिथ्यतामा भएकाे सभा सम्पन्न भएकाे हाे ।

सभाले आर्थिक बर्ष २७५।०७६ को १७ वटा संचालन गरेको कामको अनुमोदन गरेको छ  भने २०७६।०७७ को ३२ वटा कामको अनुमोदन गरेको छ । उदघाटन सत्रमा अतिथीहरुले पोखरीया रेडक्रसले सराहनिय काम गरेको वताए । वाेल्ने अतिथीहरुले झोपडीबाट ३ तल्ले भवन भए पनि अब उपशाखा भवनका लागी जग्गा उपलब्ध गराउन र आआफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।

उदघाटन शत्रमा प्रमुख अतिथी उपमन्त्री अंसारीले अब कुनै पनि शाखामा कार्यकारणी समितीमा अध्यक्ष वा उपाध्यक्षमा एक जना महिला अनिवार्य राख्ने प्रवधान रहेको बताए । शुभकामना मन्तब्य राख्दै पुर्ब सभासद नेपाली कांग्रेसका रामेश्वर रौनियार र प्रधुमन चौहानले पर्साको दास्राे सदरमुकामको रुपमा रहेको पोखरीयाको आफनो छुटै पहिचान रहेको बताए ।

दुबै जनाले मन्तब्य राख्दै रेडक्रसले साहनिय काम गरेको र अब उपरान्त रचनात्मक काम गर्नु पर्ने बताए । हरेक समाजिक काममा रेडक्रसलाई नगरपालिकाले साझेदारीको रुपमा राखी काम गर्न थाल्नु पर्ने सुझाव राखेका थिए । दुबै जनाले रेडक्रसका र पत्रकारका लागी पोखरीया नगरपालिकाले जग्गा उपलब्ध गराउनु पर्ने जिकिर गरे ।

सभाको उदघाटन शत्रमा शुभकामना राख्दै मेयर दिपनारायाण रौनियार र उपमेयर सलमा खातुनले रेडक्रस एउट पबित्र संस्था रहेकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । रेडक्रसका लागी जग्गा उपलब्ध गराउन प्रतिबद्धता गर्दै दुबै जनाले पोखरीया रेडक्रस उपशाखाले अति नै सराहनिय काम गरेको र अब पनि नगरपालिकाले उपशाखाको सहयोग लिने बताए । उपशाखा संग समन्वय गरी चेतनामुलक कामहरु र सामाजिक काम गर्ने बताए ।

सभामा सचिव तथा कोषाध्यक्ष अनुपस्थित रहे पनि उपाध्यक्ष राजेश रौनियार र सल्लाहकार मुकेश कुर्मीले आर्थिक तथा प्रगती प्रतिवेदन पढेर सुनाए पछि सभाका सहभागीहरुले ताली बजाएर पास गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य राजेश रौनियारले गरेका थिए भने कार्यक्रमका सहजिकरण मुकेश कुर्मीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...