Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

ईप्रका गण्डकद्धारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ मा रहेको ईलाका प्रहरी कार्यालय नौतन गण्डकले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नागरीक प्रहरी अन्तरक्रिया तथा सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

ईप्रकामा नयाँ आउनु भएका प्रहरी निरिक्षकले स्थानिय जनप्रतिनिधि एवं बुद्धिजिविहरु सँग परिचयात्मक एवं चियापान कार्यक्रम समेत सम्पन्न गर्नु भएको हो ।

ईप्रकाको प्राङ्गणमा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले नयाँ आउनु भएको प्रहरी निरिक्षकलाई स्वागत गर्दै नियम कानुनको परिधिभित्र रहेर आफ्नो ईलाका भित्र शान्ति सुरक्षा, अमन चयन कायम गर्न आग्रह गर्नु भएको थियो ।

ईप्रकाका प्रहरी निरिक्षक ओमप्रकाश यादवको सभापतित्वमा भएको कार्यक्रममा परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण गुप्ता, प्रसौनी गा.पा.का उपप्रमुख गिता देवी साह, वडा नं. १ का वडा अध्यक्ष लालबाबु मुखिया, वडा नं. २ का सुरेस गुप्ता, वडा नं. ३ का बैजु गुप्ता, ४ का आनन्द गुप्ता, परवानीपुर गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष गजेन्द्र पटेल, अधिवक्ता रामचन्द्र सिंह, सञ्चारकर्मी आसमहम्मद मियाँ, रफिक महम्मद, युवा नेता रामप्रवेश यादव, श्याम तिवारी, सकलदेव मुखिया, विश्वनाथ साह, लगायतकाले आ–आफ्ना बिचारहरु राखेका थिए ।

सो अवसरमा ईप्रकालाई गाउँपालिका प्रमुख गुप्ताले आपतकालिन अवस्थामा आवश्यक पर्ने गोईता, बेल्चा, डोरी, बाल्टिन लगायतका सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...