Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

ईप्रका गण्डकद्धारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ मा रहेको ईलाका प्रहरी कार्यालय नौतन गण्डकले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नागरीक प्रहरी अन्तरक्रिया तथा सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

ईप्रकामा नयाँ आउनु भएका प्रहरी निरिक्षकले स्थानिय जनप्रतिनिधि एवं बुद्धिजिविहरु सँग परिचयात्मक एवं चियापान कार्यक्रम समेत सम्पन्न गर्नु भएको हो ।

ईप्रकाको प्राङ्गणमा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले नयाँ आउनु भएको प्रहरी निरिक्षकलाई स्वागत गर्दै नियम कानुनको परिधिभित्र रहेर आफ्नो ईलाका भित्र शान्ति सुरक्षा, अमन चयन कायम गर्न आग्रह गर्नु भएको थियो ।

ईप्रकाका प्रहरी निरिक्षक ओमप्रकाश यादवको सभापतित्वमा भएको कार्यक्रममा परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण गुप्ता, प्रसौनी गा.पा.का उपप्रमुख गिता देवी साह, वडा नं. १ का वडा अध्यक्ष लालबाबु मुखिया, वडा नं. २ का सुरेस गुप्ता, वडा नं. ३ का बैजु गुप्ता, ४ का आनन्द गुप्ता, परवानीपुर गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष गजेन्द्र पटेल, अधिवक्ता रामचन्द्र सिंह, सञ्चारकर्मी आसमहम्मद मियाँ, रफिक महम्मद, युवा नेता रामप्रवेश यादव, श्याम तिवारी, सकलदेव मुखिया, विश्वनाथ साह, लगायतकाले आ–आफ्ना बिचारहरु राखेका थिए ।

सो अवसरमा ईप्रकालाई गाउँपालिका प्रमुख गुप्ताले आपतकालिन अवस्थामा आवश्यक पर्ने गोईता, बेल्चा, डोरी, बाल्टिन लगायतका सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसपीसँगको विवादपछि नारायणी अस्पतालका ६५ चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगंज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका बीच आन्दोलनरत वीरगंजस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । चिकित्सकहरूले अस्पतालमा...

कञ्चन झा भन्छन्– ‘पर्सा प्रशासनको नाकामीले देशव्यापी संकट निम्त्यायो’

वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले नारायणी अस्पतालमा उत्पन्न विवाद र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनलाई पर्सा प्रहरी–प्रशासनको असफलताको परिणाम भएको बताएका...

ओपन डिबेट एन्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६’ को अडिसन सम्पन्न, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान, वीरगञ्ज र वीरगञ्ज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘Open Debate & Impromptu Speech Championship 2026’ को पहिलो...