Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

चाेरीकाे आराेपमा पकहा मैनपुरबाट एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुरबाट आज प्रहरीले एक जनालाई चोरीकाे आराेपमा पक्राउ गरेकाे छ । प्रहरी चौकी प्रसौनी भाठ्ठाले पकहा मैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनी निवासी दिलिप सहनीलाई पक्राउ गरेकाे हाे ।

बिन्वासिनी गाउँपालिका वडा नम्बर ५ हाँसवा टोल स्थित रहेको निमियामाई मंन्दिरको झ्याल फुटाई समान चोरी रहेकाे अवस्थामा साेमबार बिहान मंन्दिरका पुजारीले सहनीलाई देखेका थिए । पुुजारीले देखे उनलाई देखे पछि उनी भागेका थिए । मन्दिरका पुजारीले घटना बारे प्रहरीलाई जानकारी गराए पछि निजलाई उनकाे घरबाट प्रहरी पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

मंन्दिरको झ्यालकाे ५ वटा रड मध्ये ३ वटा रड ताेड्न उनी सफल भए पछि पुजारीले देखे पछि उनी भागेका थिए । पक्राउ परेका सहनीलाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको ईलाका प्रहरी कार्यालय पोखरीयाका सई बिनोद रानाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...