Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्साकाे ८ स्थानिय तहमा अझै पनि दिवाखाजा सुरु भएन

spot_img
spot_img

वीरगंज । पर्साको जनप्रतिनिधीहरुको लापरवाहीका कारण ८ वटा स्थानिय तहका दर्जनौ बिधालयहरुमा दिवा खाजा संचालन हुन सकेकाे छैन् । १४ स्थानिय तह मध्ये ६ वटा स्थानिय तहले मात्रै दिवाखाजा संचालन गरेको जिल्ला शिक्षा विकास समन्वय ईकाई पर्साले जनाएको छ ।

दिवाखाजा संचालनमा नआउदा ८ वटा स्थानिय तहमा रहेका दर्जनौ बिधालयको हजारौ बिधार्थीहरु दिवाखाजा सेवाबाट बंचित भएका छन । आर्थिक बर्ष २०७६।०७७ को ५ महिना बितिसक्दा पनि दिवाखाजा संचालनमा नआउनु दु:खद रहेको राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका पर्सा संयोजक भरत सहनीले बताए ।

प्रत्येक बिधार्थीको १५ रुपैयाको दरले प्रतिदिन पाउने रकम स्थानिय तहले बिधालयलाई उपलब्ध नगराउदा लाखौ रकम पर्साबाट फ्रिज हुने जनाइएको छ । खर्च नभएको रकम ब्यर्थमा फ्रिज हुनु र बिधार्थीले सेव नपाउनु दु:खद भएको पर्सावासीहरुको गुनासो छ ।

अहिले सम्म दिवाखाजा संचालन गरेको पालिका मध्ये बिरगंज महनगरपालिका, पोखरिया नगरपािलका, सखुवा प्रसौनी, पकहामैनपुर, पटैवर्वा सुगौली र छिपहमाई गाउँपालिका रहेकाे छ । ५ महिना बितिसक्दा पनि दिवाखाजा संचालन गर्न नसकेका पालिका कालिकामाई, धोबिनी, बिन्दवासिनी बहुदरमाई, जिराभवानी, जगरनाथपुर, ठोरी गाउँपालिका, पर्सागढी र बहुदरमाई नगरपालिका रहेका छन ।

यसै गरी गत बर्ष पनि दिवाखाजा शुरु नै नगरी लाखौ रकम फ्रिज गराएका पालिका मध्ये कालिकामाई, धोबिनी, बिन्दवासिनी र बहुदरमाई नगरपालिका रहेका छन ।

यसरी नै बालबालिकाको शिक्षालाई स्तोरन्ती र शिक्षा प्रति लगनशिलता तथा बालबालिकाहरु बिधालयमा नियमित आओस उदेश्यले संचालनमा ल्याईएको दिवाखाजा कार्यक्रम नै संचालन नहुनुले सम्बन्धित स्थािनय तहकाे जनप्रतिनिधिकाे लापरवाही देखिएकाे बुद्धीजीवहरुकाे आरोप छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...