Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

जग्गाकाे मूल्याँकन बढाउन मालपाेतकाे कर्मचारी मिलाउन दलाल सक्रिय

spot_img
spot_img

वीरगंज । जग्गाकाे मूल्याँकन बढाउन मालपाेत कार्यालय पर्साका कर्मचारी मिलाउन दलाल सक्रिय भएका छन् । विगतमा हुदै आएकाे मूल्यांकन बढाउने कार्य हाल काठमाण्डाैकाे एक कम्पनीले वीरगंजमा खरिद गरेकाे जग्गाकाे मुल्यांकन बढाउने मालपाेतका कर्मचारीलाई मिलाउने कार्य भइरहेकाे समाचार प्राप्त भएकाे छ ।

हाम्राे ग्रुप अफ कम्पनी काठमाण्डाैले वीरगंज महानगरपालिकाकाे मनियारीमा खरिद गरेकाे जग्गाकाे नामसारी गर्ने क्रममा मूल्यांकन बढाउनकाे लागि दलाल मार्फत मालपाेतकाे कर्मचारीलाई मिलाउने कार्य भइरहेकाे बुझिएकाे छ । स्राेतका अनुसार बैंकबाट ऋण लिनकाे लागि कम्पनीले ठूलाे परिमाणमा कराेडाै रुपयामा खरिद गरेकाे जग्गाकाे मूल्यांकन बढाउन लागि परेकाे छ ।

मालपाेत कार्यालय पर्सामा तत्कालिन सुब्बा मदन गुप्ता हुदा समय साेही जग्गाकाे मूल्यांकन बढाएर नामसारी गराउन प्रयास हुदा पनि विफल भएकाे थियाे । साे समयमा जग्गा नामसारी गराउने समयमा जग्गाकाे थैली राख्दा दुई किसिमकाे रसिद काट्ने गरिन थियाे । थैली अनुसारकाे बुझाउनु पर्ने नामसारी करकाे रसिद एउटा नक्कली र एउटा सक्कली काट्ने गरिन थियाे ।

सक्कली रसिद मालपाेत कार्यालयकाे अभिलेखमा राखिने र नक्कली रसिद बाहिर देखाउने प्रयाेजनकाे लागि प्रयाेग गरिनथ्याे । सक्ली रसिदमा जग्गाकाे कम थैली देखाएर सरकारी दस्तुर कम जम्मा गरिने र नक्कली रसिदमा बढी थैली देखाएर दलाल मार्फत प्राप्त रकममा बाँडफाड गरिने गरिनथ्याे । जुन कार्य गर्ने मालपाेतका कर्मचारी र गराउने दलाललाई माेटाे रकम आमदनी हुने गर्थियाे ।

बैंक प्रयाेजनकाे लागि साेही प्रवृति पुन: पुनरावृत गराई जग्गाकाे मुल्यांकन बढाउन दलाल लेखन्दास सक्रिय भएकाे समाचार स्राेतले जनाएकाे छ ।

 

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...