Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सशस्त्र प्रहरीद्वारा भारी परिमाणमा लागु औषध चरेश बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे धोबिनी गाउँपालिका वडा नम्बर ५ बाट भारी परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प बोर्डर आउट पोष्ट भीस्वा बंजारीले लागु औषध २१ पोका चरेस बरामद गरेकाे हाे ।

खेतको बाटो हुदै भारत तर्फ लगिरहेको तस्करहरु सशस्त्र प्रहरी बेस क्याम्प भीस्वा बंजारकाे गस्ती टोलीलाई देखे पछि चरेश छाेडी  फरार भएको प्रहरीले जनाएको छ ।

आइतबार राती १ बजेको समयमा बराम्मद गरिएको चरेस २० किलो ८ सय ६० ग्राम रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । बराम्मद भएकाे चरेस ईलाका प्रहरी कार्यालयमा पाेखरियामा बुझाईएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा समावेशी शिक्षाको समीक्षा, चुनौती समाधान गर्न जनप्रतिनिधिको प्रतिबद्धता

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा शुक्रबार समावेशी शिक्षा तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा र सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...