Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सोनाक्षी भन्छिन्–‘दबंग ३’ भन्दा आन्दोलन महत्वपूर्ण

spot_img
spot_img

नायक सलमान खान र नायिका सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘दबंग ३’ अहिले विश्व बजारमा रिलिज भैरहेको छ । तर, भारतमा केही दिनदेखि चर्किएको नागरिकता संसोधन विधेयक विरुद्धको आन्दोलनका कारण यो चलचित्रको व्यापारमा घाटा लागेको छ । जसकाकारण, चलचित्रले सुरुवाती दिनमा अपेक्षित व्यापार गर्न सकेन । चलचित्रले ३ दिनमा करिब ८० करोडको आसपासमा व्यापार गरेको छ । यो सलमान खान स्टारर चलचित्रका लागि कम हो ।

तर, चलचित्रकी नायिका सोनाक्षी सिन्हा भने अहिले ‘दबंग ३’को व्यापार भन्दा पनि भारतमा भैरहेको आन्दोलनको बिषयमा कुरा गर्ने समय भएको बताउँछिन् । सोनाक्षीले भनिन्–‘हामी सबैलाई थाहा छ भारतमा के भैरहेको छ । जनतालाई के महत्वपूर्ण हो भन्ने थाहा छ । तर, म दर्शकले जुन तरिकाको प्रतिक्रिया दिनुभएको छ, यसले उत्साहित छु । यो समयमा सिंगो देश नै एकत्रित भएको छ । यो चलचित्र भन्दा महत्वपूर्ण पक्ष हो ।’

यो चलचित्रको अनलाइन पाइरेसी समेत भैसकेको छ । जसलेगर्दा, चलचित्रको व्यापारमा ठूलो असर गर्ने पक्का छ । सोनाक्षी भन्छिन्–‘हामीले लामो समयदेखि दर्शकलाई पाइरेट फिल्म नहेर्ने भनिरहेका छौ । यसले सिंगो चलचित्र क्षेत्रलाई नै असर गर्छ ।’

भारतमा भैरहेको नागरिकता संसोधन विधेयकको विरुद्धमा सोनाक्षीले भनिन्–‘म यो देशका नागरिकको पक्षमा छु । म ती मानिसहरुमाथि गर्व गरिरहेकी छु, जो आफ्नो आवाज उठाउन सडकमा आएका छन् । म उनीहरुको पक्षमा छु ।’

बलिउडका नाम चलेका कलाकारले यो बिषयमा नबोलेको प्रश्नमा सोनाक्षीले भारतीय मिडियासँग भनेकी छिन्–‘मलाई लाग्छ कि, कोही यो बिषयमा बोल्न चाहन्छ भने उसले बोल्न सक्छ । कसैले चाहदैन भने नबोल्दा पनि हुन्छ । आखिर, यो उसको अधिकारको कुरा हो ।’

बलिउडका ठूला कलाकार सडकमा आउँदा सिंगो ध्यान नै उनीहरुतर्फ तानिने सोनाक्षीको भनाई छ । यदि मानिसहरुले कलाकार पनि भीडको एक सदस्य हुन् भन्ने वुझेको खण्डमा, सेलिब्रिटी पनि सडकमा आउने सोनाक्षीले बताइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...