Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

नमुना सयुक्त राष्ट्र संघको पहिलो संस्करण वीरगंजमा हुने

spot_img
spot_img

वीरगंज । वीरगंजमा नमुना सयुक्त राष्ट्र संघको पहिलो संस्करण हुने भएको छ । वीरगंज पब्लिक कलेजमा यही पौष ११ गतेदेखी १३ गते सम्म कार्यक्रम आयाेजना हुने आयाेजकले जनाएकाे छ ।

युवाहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकास गराउने र राष्ट्रनिर्माणमा युवाहरुको सहभागिता गराउने अभिप्रायले कार्यक्रमको आयोजना गर्न लागिएकाे आयाेजक संस्था बैचारिक युवा समाजका दिलिप हजाराले वताए ।

बैचारिक युवा समाज र अमेरीकी दुतावास नेपालको सहकार्यमा प्रदेश न. २ मै पहिलो पटक यस्तो कार्यक्रम हुन लागेको आयोजकको दाबी छ । वीरगञ्ज पब्लिक कलेजको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा आयोजकले जानकारी गराएको हो ।

संयुक्त राष्ट्रसंघका गतिबिधि र आगामी दिनमा गर्ने क्रियाकलापका साथै बिकास निर्माण, वातावरणको संरक्षण र महिला हिंसा लगायतका बिषयमा छलफल र बिचारको आदान प्रदान गर्न पनि यस कार्यक्रमले सहयोग पुग्ने बिश्वास आयाेजककाे छ ।

सो कार्यक्रममा प्रदेश न. २ का ८ वटै जिल्लाबाट बिभिन्न क्षेत्रका ६० जना युवाहरुको सहभागिता रहने छ । यसैगरी ७ वटै प्रदेशमा कार्यक्रम समापन भइसकेपछि त्यसमध्येबाट छनौट भएकाहरुलाई काठमाण्डौमा हुने अन्तराष्ट्रिय सम्मेलनमा पनि सहभागि गराइने संस्थाका निमेश बाबु ओलिले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...