Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1053

ठोरी नाकाबाट तस्करी हुँदै गरेको साढे ३० लाख बाराबरको अबैध कपडा बरामद

मेघराज राय/जिराभवानिपुर, २१ माघ ।

पर्साको ठोरीबाट प्रहरीले ३० लाख ५५ हजार पाँचसय रुपैयाँको कपडा बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याइ चितवनको माडीतर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा बरामद भएको हो पर्साको ठोरी गाउँपालिका-२ बाट १०५ बोरा धान लोड भएको लु१ख ३३१० नम्बरको ट्रकमा अबैध रूपमा भन्सार छली चोरी पैठारी गरी कपडा लैजाँदै गर्दा विशेष सूचनाको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा ट्रकबाट थान कपडा १९ पोका, कूर्ता सुरुवाल ३०४ पिस, सर्टिङ्ग ३ हजार २ सय ८० मिटर र सुर्टिङ्गका कपडा ६०० मिटर, कूर्ता कपडा २ हजार ६० मिटर र साडी ८८ पिस बरामद गरेको थियो ।जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन आयोजना गरेर हिजो साँझ बरामद भएको समान र पक्राउ परेका मानिसहरुको बारेमा सोमबार बिहान जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले ट्रक मालिकसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।चितवनको माडी नगरपालिका-२ बस्ने ट्रक धनी ४४ वर्षीय ऋषि सुवेदी, सोही ठाउँ बस्ने ट्रक चालक २६ वर्षीय प्रकाश दराई र सह चालक १९ वर्षीय सुजन दराइ पक्राउ परेका हुन् ।

तस्करीको लाइन दिएर प्रहरी, सशस्त्र प्रहरी र भन्सारसँगकै मिलेमतोमा तस्करी हुने गरेको आरोप लाग्ने गरेको भएपनि पछिल्लो समयमा प्रहरी र सशस्त्र प्रहरीले धमाधम अवैध ओसार प्रसारलाई नियन्त्रण गरिरहेको छ ।

यसअघि गत माघ १३ गते सशस्त्र प्रहरीले धान लोड भएको ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको ६० लाख मुल्य बराबरको अवैध कपडा बरामद गरेको थियो ।

हतियारसहित पटेर्वासुगौलीका राउत पक्राउ

वीरगंज, २० माघ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका-४ बाट ३७ वर्षीय अर्जुन राउतलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । उनको साथबाट एयरगन बन्दुक र सोही बन्दुकमा लाग्ने छर्रा १७ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ उनलाई नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध हातहतियार तथा खरखजना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिक विभिन्न स्थानहरुबाट ५४ किलो पापड, साडी ५४ पिस, ११ पिस लेहंगा, ३ पिस कुर्ता सुरुवाल, ३१० पिस सेन्डो गन्जी, २७० पिस अन्डरवियर, सर्टको कपडा ८ रोल गरी अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रंगपुर रेन्जपोष्टमा एक हजार क्युफिट काठ कुहिने अवस्थामा

वीरगंज, २० माघ ।
ईलाका वन कार्यालय रंगपुर रेन्जपोष्ट, पर्सामा १ हजार क्युफिट काठ कुहिने अवस्थामा पुगेको छ । विभिन्न समयमा पक्राउ गरिएका वा बरामद भएका काठ कुहिने अवस्थामा पुग्दा पनि सम्बन्धीत निकाय मौन रहेको उपभोग्ताहरुले आरोप लगाएका छन । ६ महिना देखी पक्राउ गरिएको काठ र चाटा लगाई राखिएको काठको ब्यवस्थापन नहुदा कुहिने अवस्थामा पुगेको गाद्दीमाई साभेदारी वन उपभोग्ता समितिका सदस्य पुरन यादवले बताए ।

रंगपुर रेन्जपोष्टका कर्मचारीहरु रातभरी जाग्रम वसी पक्राउ गरेको काठ अब नोक्सान हुने अवस्थामा रहेकोले व्यवस्थापन गर्नु पर्ने वन कार्यालयका वनरक्षक दिलबहादुर नेपालीले बताए । २ सय क्युफिट पक्राउ गरिएको काठ र ८ सय फिट चाटा लगाई राखिएको काठ नोक्सान हुन नदिन वनसाझेदारी समिती सित वनका कर्मचारी रामानन्द न्यौपानेले जानकारी गराएका छन ।

न्यौपानेका अनुसार पक्राउ गरिएका काठ, चाटा लगाई राखिएका काठ, सुकेको काठ, लडेको काठलाई उपभोग्ता मार्फत तथा अन्य कुनै उपाय मार्फत व्यवस्थापन गरियो भने चोरी कम हुने, नेपाल सरकारको राजस्वमा बृद्धि हुने, सर्वसाधारण काठ, दाउराको उपभोग्य गर्न पाउने भएकाले अबिलब ब्यवस्थापन गर्नु पर्ने देखिएको छ ।

गाद्दी वन साझेदारी वन ब्यवस्थापन समिती अन्तर्गत भथौडा, बसनपुर, रंगपुर र हरैया रेन्जपोष्टमा लगभग ३ हजार क्युफिट काठ अन्दाजी मूल्य एक करोडको सम्मपति नोक्सान भईरहेको अवस्थामा ब्यवस्थापन गर्न क्रममा आफुहरु रहेको गाद्दीमाई वन साझेदारी समितिका संयोजक कृष्णमोहन यादवले बताए । संयोजक यादवका अनुसार वनलाई जोगाउन र ब्यवस्थापन गर्न काम, कर्तव्य समितिको रहेकोले बिभिन्न उपसमितीहरु बनाई सक्रिय रुपमा काम गर्न शुरु गरिसकेको बताए ।

लागु औषध चरेश र ट्याब्लेट सहित ३ जना पक्राउ

वीरगंज, २० माघ ।
प्रदेश–२ को पर्सामा लागु औषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. ११, रानिघाट निवासी बर्ष ५५ का रामबालक प्रसाद विन, वडा नं. १२, मुर्ली निवासी बर्ष ४५ का शम्भुलाल मियाँ र हेटौडा उपमहानगरपालिका वडा नं. १, भैराडाँडा निवासी बर्ष १८ का इर्शाक ढुंगाना रहेका छन । पर्सा प्रहरीले विनलाई लागु औषध चरेश सहित, मियाँ र ढुंगानालाई लागु औषध ट्याब्लेट सहित पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले रानिघाट निवासी विनलाई ११ किलो लागु औषध चरेश सहित निजको घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक(डि.एस.पी.) अनन्त शर्माले वताए । विशेष सुचनाको आधारमा शनिबार राति ९ः३० बजे निजको घर खनतलासी गर्दा घरको आगनबाट बासले छोपी लुकाई छिपाई राखिएको लागु औषध चरेश फेला परे पछि नियन्त्रमा लिइएको पर्सा प्रहरीका प्रवक्ता समेत रहेका डि.ए.सी. शर्माले वताए ।

यस्तै लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले वीरगंज १६, रजतजयन्ती चोक स्थितबाट भारत रक्सौलबाट वीरगंज तर्फ आइरहेका मुर्ली निवासी मियाँलाई लागु औषध ट्याब्लेट सहित पक्राउ गरिएको उनले वताए । डि.एस.पी. शर्माका अनुसार शनिबार राती ७ बजेको करिबमा चेकजां गर्ने क्रममा निजको साथबाट नाइट्रोभेट ट्याब्लेट ३४५ पिस, डाइजेपाम ३ पिस, फेनारगन ३ पिस र नुर्फिन ३ पिस फेला परेकोले नियन्त्रणमा लिई अनुसन्धा अगाडी बढाइएको हो ।

यस्तै शनिबार दिउसो प्रहरी चौकी बसपार्क वीरगंजबाट खटिएको प्रहरी टोलीले वीरगन्ज १५, बाईपास स्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुलाई समेत चेकजांच गर्ने क्रममा भारतको रक्सौलबाट उत्तर बीरगंज तर्फ पैदल हिडी आइरहेका ढुंगानालाई लागु औषध ट्याब्लेट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजको साथबाट नाइट्रोभेट ट्याब्लेट १० पत्ता (१५०) पिस फेला परेको डि.एस.पी. शर्माले जानकारी गराए ।

पर्सा ट्राफिक प्रहरी अाधुनिकता तर्फ, ट्राफिक आइल्याण्ड राख्ने काम सुरु

वीरगंज : अहिले बजारको मुख्य चोक घण्टाघरमा प्रयोगस्वरुप स्मार्ट ट्राफिक आइल्यान्ड राखिएको छ । छिट्टैनै बसपार्क लगायत क्षेत्रमा पनि यस्तो आइल्याण्ड राखिने ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । निजी क्षेत्रकाे सहयाेगमा यस्ताे आइल्याण्ड राखिएको हाे ।

यो सँगै प्रहरीले जथाभावी पार्किङ गर्न रोक लगाउँदै पार्किङका लागि निश्चित ठाउँ तोकेको छ । जथाभावी पार्किङ गर्नेलाई कारवाही अभियान चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो ।

यस्तै सवारी दुर्घटना न्यूनिकरण गर्न विभिन्न उपाय अपनाइएको उहाँले बताउनुभयो । ट्राफिक प्रहरी कार्यालयले यसका लागि सवारी साधनको पछाडिको भागमा रातमा टल्किने (रिफ्लेक्टीभ) स्टीकर टास्ने कामलाई निरन्तरता दिएको छ ।

ट्याक्टर, रिक्सा, तथा ठूला सवारीमा पनि यस्तो टाँस गर्ने काम भएको ट्राफिक प्रमुख सिंहले बताउनुभयो ।

रिक्सा, टेम्पो, टाँगा जस्ता सवारीका कारण सबैभन्दा बढी ट्राफिक व्यवस्थापनमा चुनौति रहेको भन्दै उहाँले त्यसका लागि छुट्टाछुट्टै रुटको व्यवस्था गरेर अघि बढीएको बताउनुभयो ।

साँघुरो सडक र साना सवारी साधनको चापले बढी समस्या निम्तिएकाले त्यसलाई व्यवस्थापन गर्न सामुदायमा आधारित रहेर विभिन्न अभियान पनि चलाइएको ट्राफिक प्रमुख सिंहले बताउनुभयो ।

पछिल्लो समयमा हर्न निषेध भएपछि सँधै सवारी साधनका चर्को आवाजले कोलाहल हुने वीरगञ्ज केही मात्रै शान्त बन्न लागेको स्थानीय अफरोज आलम बताउनुहुन्छ ।

अझै बनेन जनता आवास : ३ बर्षमा ३ हजार मध्ये ८९ घर मात्र निर्माण

वीरगंज । प्रदेश–२ को पर्सा, बारा र रौतहटमा अझै पनि जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने घरहरू अझै बन्न सकेको छैन । कार्यक्रमअन्तर्गत तीनवटै जिल्लामा निर्माण गर्नु पर्ने ३ हजार घर मध्ये ८९ वटा मात्र घर निर्माण भएको छ ।

शहरी विकास तथा भवन कार्यालय, वीरगंजले उपलब्ध गराएको तथ्यांक अनुसार पर्सामा सवैभन्दा बढी ६५ वटा, बारामा सवैभन्दा कम ९ वटा र रौतहटमा १५ वटा घर निर्माण भएका छन । आर्थिक बर्ष २०७३-०७४ को जनता आवास कार्यक्रम अन्तर्गत तिनवटै जिल्लामा एक-एक हजार घर निर्माण गर्नु पर्ने छ । गरिब, दलित र विपन्न परिवारको लागि निर्माण गर्नु पर्ने घरहरू ३ बर्षमा पनि निर्माण हुन नसकेको हो ।

वीरगंज महानगरपालिका–१९, विन्वासिनी रामटोलका हरिकिशुन महराको घर निर्माण कार्य सम्पन्न नहुँदा त्रिपाल टाँगेर बस्नु परेको छ । महराका अनुसार गत बर्षको कात्तिक महिना बस्दै गरेको घर भत्काईयो सरकारले घर बनाइदिने आसमा, तर हालसम्म नबन्दा कठिनाई भएको छ । महराले दुई कोठाको घर बनाउन आफुले कमाएको एक लाख पनि खर्च गसिकेका छन् । त्उत गर्दा पनि निर्माण कार्य सम्पन्न नहुदा बस्न कठिनाई भएको बताउँछन ।

घरको निर्माणको लागि भवन कार्यालयले चौथो किस्ता उपलब्ध नगराएका कारण अन्तिम चरणमा रहेको घरको छानो राख्न नसकिएको उनि बताउँछन । घर निर्माणको सुरुमा त पहिला भवन कार्यालयले नै सब समान किनेर दिन्थ्यो । तर इन्टा दुई नम्बर पठाए पछि हामीले विरोध गरेका थिए । त्यस पछि घर निर्माणको लागि किस्ता अनुसारको रकम खातामा पठाएको उनले वताए ।

यस्तै अर्का पडोसी माया देवीको पनि जनता आवस कार्यक्रम अन्तर्गत बन्नु पर्ने घर हाल सम्म बन्न सकेको छैन । घर निर्माण कार्य छानो हाल्नसम्म पुगे पनि चौथो किस्ता निकासा नहुदा सम्पन्न हुन नसकेको उनी बताइन । उनका परिवारमा ३ जना छोरा-छोरी सहित ७ जना छन । सबै जना एउटा सानो छाप्रो मुनि बस्छन । उनले पनि घर निर्माणको लागि गत बर्ष नै घर भत्काएको बताइन । घर निर्माण नहुदा एउटा छाप्रो मुनि खाना पकाउन देखि लिएर खाने, बस्नेसम्मको बाध्यता छ ।

यस्तै अर्का छिमेकी उमरावती देवीले पनि घर निर्माण कार्य सम्पन्न नभएको वताउँछिन । सरकारले घर पक्की घर बनाइदिने लोभमा घर त भत्काइयो तर चाँडै नबन्दा बस्न, खान समस्या भएको वताइन । हाल घर नभएका कारण खुल्ला अकाश मुनि खाना बनाउने गरेकी उनी बर्षाको समयमा खाना पकाउन पनि समस्या हुने गरेको वताउछिन् ।

संघ सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत २०७३ सालमा कार्यक्रम संचालन गरिए पनि हाल प्रदेश सरकारको भौतिक पूर्वधार विकास मनत्रालय अन्तर्गत शहरी विकास तथा भवन कार्यालयलाई राखिएको छ । संघबाट प्रदेश सरकारलाई कार्यालय हस्तान्तरण गरेका कारण पनि कार्यक्रम सम्पन्न गर्न ढिलाई भएको भवन कार्यालय, वीरगंजका प्रमुख सरोज कुमार गोइतले वताए ।

गोइतसंग जनता अवास कार्यक्रमको प्रगतिको बारे बुझ्दा आव २०७४-०७५ को असार मसान्तसम्म भए गरेको प्रगति नै हालसम्म रहेको वताए । समयमै किस्ता निकासा नभएका कारण पनि निर्माण कार्यमा ढिलाई त भएको होइन नि भनेर सोध्दा उनले भने ‘संघबाट प्रदेशलाई कार्यालय हस्तान्तरण गर्न समय लागेका कारण भएको हुन सक्छ ।’ नयाँ कार्यालय प्रदेश अन्तर्गत कात्तिक १५ गते देखी मात्र राखिएको र कर्मचारी अभाव, नयाँ कार्य नितिका कारण पनि ढिलाई भएको उनले वताए ।

जनता आवास कार्यक्रम अन्तर्गत सरकारले एक जनाको घर निर्माणको लागि ४ किस्तामा २ लाख १४ हजार ७ सय उपलब्ध गराउने गरेको छ । कुल रकमको पहिलो किस्ता २५ प्रतिशत घरको जग्ग खनि सके पछि, दोस्रो किस्ता ३० प्रतिशत कुर्सीको बनाउने समयमा त्यसपछि तेस्रो किस्ता ३५ प्रतिशत र अन्तिम चौथो किस्ता १० प्रतिश उपलब्ध गराउने व्यवस्था छ ।

कही कही १० देखि १५ जनाको समुह बनाएर समुह मार्फत पनि काम हुने गरेको छ भने कही कसैले व्यक्तिगतरूपमा भवन कार्यालयसंग सिधै समझौता गरी कार्यक्रम संचालन गरेको इन्जिनियर संजिव साहले वताए । आव २०७५÷०७६ को असार मसान्तसम्म निर्माण गर्नु पर्ने सम्पूर्ण घरहरूको निर्माण कार्य सम्पन्न हुने पनि उनले वताए ।

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ ।

भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले जनाएको छ ।

गएको पुस १८ गते निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले घटाएको थियो । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँमा झरेको थियो भने यस्तै डिजल र मट्टितेलको भाउ ९५ रुपैयाँ प्रतिलिटरमा झरेको थियो ।

मालपोत कार्यालयका नासु कार्की १० हजार घुससहित पक्राउ

महाेत्तरी, १९ माघ ।

मालपोत कर्यालय जलेश्वर महोत्तरीका मुद्दा फाँटका नासु ढकबहादुर कार्की १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनसन्धान आयोग बर्दिवासको टोलीले महोत्तरीको गौशाला नगरपालिका १ रामनगरबाट उनलाई पक्राउ गरेको हो।

कार्की उदयपर त्रियुगा नगरपालिका १७ बोक्सेका बासिन्दा हुन्। उनी ज ९ प ४९८६ नम्बरको मोटरसाइकल चढेर सेवाग्राहीसँग घुस लिन पुगेको अख्तियार स्रोतले जनाएको छ।

आमाको नाउँमा रहेको जग्गा आमाको मृत्युपछि छोरीहरूलाई नामसारी गर्ने क्रममा सर्जमिन मुचुलुका बनाउन उनले घुस मागेका उजुरीकर्ताहरूले बताएका छन्। सेवाग्राहीले अख्तियारमा गोप्य सूचना दिएपछि उनलाई अख्तियारको टोलीले समातेको हो।

उनी डेढ वर्षअघिमात्र सिन्धुली मालपोतबाट सरुवा भएर महोत्तरी आएका थिए।

बाघमोर्चामा बृहत तामाङ सास्कृतिक कार्यक्रम, प्रदेश २ का मुख्य मन्त्रीले गरे उद्घाटन

सोनाम ल्होछारमा प्रदेश २ मा विदा दिने मुख्य मन्त्रीको घोषणा

मेघराज राय/जिराभवानी, माघ १९\

२८५५ औ सोनाम ल्होछारको अवसरमा प्रदेश न २ मा सार्वजनिक विदा हुने भएको छ।यस बर्षदेखि संघीय सरकारले सोनाम ल्होछारको विदा कटौती गर्दै समबन्धित तामाङ जातीलाई मात्र बिदा दिने निर्णय गरेको थियो । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले संघीय सरकारले कटौती गरेको ल्होछारको बिदालाई प्रदेश २ मा दिने घोषणा गरेका छन् ।

उनले पर्साको ठोरी गाउँपालिका को ५ ठूलो बाघमोर्चामा सोनाम ल्होछारको अवसरमा आयोजित बृहत सास्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सार्वजनिक विदाको घोषणा गरेका हुन् ।सो अवसरमा मुख्य मन्त्री राउतले नेपाल बहुजातीय,बहुधार्मिक र बहु सास्कृतिक मुलुक भएकाले प्रदेश २ ले सवैलाई सम्मान गर्ने उद्घोष गरे।उनले आफू ल्होछारको कार्यक्रममा उपस्थित हुन पाउँदा आफ्नो प्रदेशमा रहेका करीब १ लाख १५ हजार तामाङको सम्मान गरेको अनुभुती भएको जिकिर गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले ठोरीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।अर्को फरक प्रसङ्गमा मुख्यमन्त्री राउतले प्रदेश २ मा यहि माघदेखि जन्मिने हरेक बालिकाहरुको रु १ लाखको बिमा गरिने समेत बताए ।

सोही कार्यक्रममा मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपानेले जिल्ला समन्वय समिती कार्यकारी निकाय नभएकाले आफुले संघ र प्रदेशसंग समन्वय मात्र गर्न सक्ने बताए।त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरीमा पर्यटन प्रवर्द्धनको धेरै नै सम्भावना भएकाले आफ्नो कार्यकालमा नयाँ ठोरी बन्ने विश्वास व्यक्त गरे।उनले त्यसका लागी प्रदेश २ सरकारलाई पनि सहयोग गर्न समेत आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले मुख्यमन्त्रीको पनि गृह जिल्ला भएकाले आफुले अवश्य पनि प्रदेशको साथ पाउने विश्वास व्यक्त गरे।कार्यक्रममा ठोरीका उपाध्यक्ष शान्तिमाया थिङ,साविक सुवर्णपुर गाविसका अध्यक्ष जरी लामा,साबिक निर्मलवस्तिका अध्यक्ष लाल बहादुर श्रेष्ठ जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया,वडाध्यक्षहरु किशोर तामाङ,बई बहादुर पाख्रीन लगायतले शुभकामना सन्देश व्यक्त गरेका थिए ।

सो कार्यक्रमको सभापतित्व तेउरे पाख्रीनको अध्यक्षता सम्पन्न भएको थियो । मुख्यमन्त्रीलाई ठूलो बाघमोर्चामा रहेका विभिन्न समस्या समाधानमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र समेत बुझाइएको आयोजक समितिका अष्ट बहादुर लोप्चनले जानकारी दिए ।

त्यसैगरी सोही कार्यक्रममा कामदा मिलन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका पत्रकार प्रेम लामालाई पनि सम्मान गरिएको थियो।ठूलो बाघमोर्चाको खेल मैदानमा आयोजित कार्यक्रममा चर्चित गायक/गायिकाहरु प्रेम लोप्चन, इन्दिरा गोले, मेलिना राई लगायतले आफ्नो प्रस्तुति गरेका थिए ।

निरहुवा चलल लंदन १५ फेवरी अर्थात फागुन ३ गते रिलिज हुने

वीरगंज, १९ माघ ।
भोजपुरी फिल्म निरहुवा चलल लंदनको रिलीज १५ फेवरी अर्थात फागुन ३ गते हुने भएको छ । हाल सम्मको सब भन्दा बढी लगानीमा निर्माण भएको यो फिल्मको रिलिज २५ जनवरी गर्न भनिए पनि हुन सकेको थिएन ।

भारतको विहार, झारखण्ड र नेपालमा त्यो समयमा बढी चिसो मौसम भएका कारण रिलिजको समय बढाईएको जनाईएको छ । जुबलीस्टार दिनेश लाल यादव निरहुवा र अम्रपाली दूवेको मुख्य अभिनय रहेको फिल्मले दर्शकलाई फुल इंटरटेनमेंट गराउने दावी गरिएको छ ।

फिल्मको सूटिंग भारतको मुंबई, नेपाल र लंदन लगायतका ४ वटा देशमा गरिएको छ । निरहुवा र अम्रपालीको यो फिल्म लोकेशनहरु धेरै राम्रो रहेको छ भने फिल्मको दर्शक माझ लोम प्रतिक्षा रहेको छ ।