Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1052

वालविवाह तथा दाइजोप्रथा सम्बन्धी विद्यालय स्तरिय कार्यक्रम सम्पन्न

वीरगंज, २५ माघ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५, महुवनमा सांस्कृतिक तथा नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । वालविवाह तथा दाइजोप्रथा सम्बन्धी विद्यालय स्तरिय कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका ४ वटा माध्यमिक विद्यालयका छात्र/छात्राहरुले गित, नृत्य तथा चेतना मूलक नाटक प्रस्तुत गरेका थिए ।

श्री ने.रा.मा.वि. महुवनमा भएको कार्यक्रममा विद्यार्थीहरुले समाजमा विद्यमान रहेको सामाजिक कुरीती वालविवाह तथा दाईजोप्रथा सम्बन्धि नाटक प्रस्तुत गर्दै वालविवाह गर्नु हुन्न र दाइजो लिनु हुन्न भने संदेश दिएका थिए । सखुवा प्रसौनी गाउँपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा कार्यक्रम भएको थियो ।

आयोजक संस्थाका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष जयसवालले गाउँपालिकालाई वालविवाह तथा दाइजोमुक्त वनाउनु पर्नेमा जोड दिए । वालविवाह तथा दाइजोप्रथाले हाम्रो समाज पछाडी परेको वताउदै उनले यसको अन्त्य भए मात्र हामी अगाडी बढन सक्ने धारणा राखे ।

natak-kalikatimesवालवालिकाहरुको पढाईको साथ साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनु पर्ने उनको भनाई थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरी, प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव, वडा अध्यक्ष लालबाबु यादव, जमोदिन मियाँ, सलिम मियाँ, रामबालक राम, विश्वनाथ पटवारी, दलित अधारभुत विद्यालय महुवनका प्रअ जदु साह लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन आयोजक संस्थाका कार्यक्रम संयोजक शम्भु कुमार सुमनले गरेका थिए भने स्वागत भाषण श्री ने.रा.मा.वि. महुवनका प्रअ रामदेव प्रसाद कुर्मीले गरेका थिए । कार्यक्रममा गायक अजमत अलीको पनि प्रस्तुती रहेको थियो भने कार्यक्रमका सहभागिहरुलाई प्रमाण पत्र र पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा श्री दिनारायण आदर्श मा.वि औंराहा पाचगावा, श्री ने.रा.मा.वि सियरही सथवल, श्री ने.रा.मा.वि. देउरवाना र श्री ने.रा.मा.वि महुवनका छात्र/छात्राहरुले प्रस्तुती राखेका थिए ।

यस अघि वालविवाह तथा विद्यालय स्तरिय कार्यक्रम अन्तर्गत नै वक्तृत्वकला प्रतियोगिता भएको थियो । सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १, सियरही सथवलमा भएको कार्यक्र गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयका छात्र/छात्राहरुले भाग लिएका थिए ।

baktritawakala-kalikatimes

महायज्ञ सफल बनाउन प्रचार प्रसार तिब्र

वीरगंज २४माघ ।
वीरगंज स्थित आदर्शनगर रगंशालामा हुन लागेको अश्वमेध गायत्री महायज्ञलाई सफल र्पान महानगरको वार्डा तथा टोल टोलमा प्रचार प्रसार कार्यलाई तिव्र बनाईएको छ ।
अखिल विश्व गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगंजले महानगरको छपैयाक, रानीघाट र व्रहमचोकमा दिप ज्ञप, प्रभात फेरी र गोष्ठीको आयोजना गरिएको छ ।
शक्ति पीठका वरिष्ठ कार्यकर्ता धमेन्द्र गुप्ताको नेतृत्वमा रहेको गायत्री परिवारको टोलीले वीरगंज २ छपकैयामा प्रभातफेरी निकालेको छ । अश्वमेध गायत्री महायज्ञको उदेश्य बारे स्थानियलाई जानकारी गराउदै महायज्ञमा सहभागिता जनाउन निमन्त्रण परिवार जनले बाडेको छ । प्रभातफेरीमा वडा अध्यक्ष्ँ शेख अब्बास लगायत स्थानियको पनि उल्लेखनिय सहभागिता रहेको थियो । यसैविच देव संस्कृति विश्व विद्यालयबाट आएका टोली ब्रहमवादणी भिस्वा स्थित ब्रहमस्थानमा दिप यज्ञ गरी महायज्ञको बारेमा प्रचार प्रसार गरेका छन् ।
टोलीले रानीघाट स्थित रहेको जानकी मन्दिरमा दिप यज्ञको आयोजना गरिएको थियो । दिप यज्ञमा १०१ दिप प्रज्वलीत गरिएको थियो । दिप यज्ञ मार्फत अश्वमेध गायत्री महायज्ञको विशेषता बारे जानकारी गराईएको ब्रंहमवादणी दिदी संध्याले जानकारी दिनु भयो । फाल्गुन १९ गते देखि ४ दिने हुने नेपालमा पहिलो पटक महायज्ञले मुलुकको समृद्धि, देववासीमा साहस एव बल बृद्धि गर्नुका साथै राष्ट्रलाई समर्थ बनाउनु अश्वमेधको उदेश्य रहेको र सफल बनाउन सवैलाई आग्रह समेत गरेका थिए । नेपाल भूमिको ईतिहासमा अश्वमेध महायज्ञ प्रथम आयोजना रहेको गुप्ताले भने, कुनै न कुनै रुपमा समावेश हुन पाउनु एक दुलर्भ अवसर मानिने भएकोले यसमा भाग लिनुपर्छ ।

उद्घाटन खेलमा लालबन्दी ११ सर्लाही बिजयी

वीरगन्ज २४ माघ
दोस्रो पर्सागढी गोल्डकपको उद्घाटन खेलमा लालबन्दी ११ सर्लाही बिजयी भएको छ ।
पर्सा जिल्लाको बढनिहारमा आमोदेवी स्पोर्टस क्लबको आयोजनामा सुरु भएको दोस्रो पर्सागढी गोल्डकपमा हेटौँडा फुटबल एकेडेमीलाई टाईब्रेकरमा ४–१ ले गोलअन्तरले हराउँदै सर्ला्हि अघिल्लो चरणमा प्रबेश गरेको छ ।
विहिवार देखि सुरु भएको खेलमा निकै रोमाञ्चक देखीएको खेलको निर्धा्रित समयमा दुबै पक्षले गोल रहित बराबरी खेलेपछी खेल टाईब्रेकरमा धकेलिएको थियो ।
खेलको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले उद्घाटन गर्दै खेलकुदको बिकासका लागी सधैँ हातेमालो गरेर अघि बढ्न आफु तयार रहेको बताए । खेलकुदको क्षेत्रमा पर्सागढी बिगतदेखीनै अगाडी रहेको भन्दै आफुले पनी बिगतदेखीनै यसको प्रबद्र्धनका लागी सहयोग गर्दै आएको तथा यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
खेलको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य राजेश्वर साहले पर्सागढीमा राष्ट्रिय स्तरको खेल मैदान अति आवश्यक रहेको र यसका लागी प्रदेशसभामा पहल गर्ने प्रतिबद्धता जानकारी दिए ।
खेलको उद्घाटनको क्रममै पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले प्रतियोगिता भाइ रहेको मैदान पर्सा गढी कै गहना भएको र यसको स्तरोन्नतीका निमतीमा नगरपालिका गम्भिर रुपमा लाग्ने बताएका छन् । आगामी बर्षको प्रतियोगीता सञ्चालन हुनेबेला सम्म मैदानमा खानेपानी लगायतका अत्यावसेक पूर्वाधार बिकास गरिने यादवले बताए ।
आयोजक क्लबका अध्यक्ष मन्जु दास थारुको सभापतित्वमा सम्पन्न खेल उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्यद्वय ओमप्रकास शर्मा, बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साह, पर्सागढी नगरपालिकाका उपमेयर अर्चना चौधरी, तत्कालिन बिरुवागुढी गाबिसका पुर्व अध्यक्ष गोकर्ण पाठक पर्सागढीनगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम लगायतको उपस्थिती रहेको थियो ।

हुलाकी राजमार्ग : कालिका बानियाँ जे भि को काम तिब्र गतीमा, पप्पु सुस्त

मेघराज राय /जिराभवानी, माघ २४ ।

भारतको सहयोगमा निर्माण भइरहेको हुलाकी राजमार्गको काम पर्सामा कालिका बानिया जेभीको काम तिब्र गतिमा भईरहेको छ । हुलाकी राजमार्गको निर्माण पूर्वदेखि पश्चिमसम्म १ हजार सात सय ९२ किलोमिटर लामो हुलाकी सडक बनाउने योजना छ ।

यस्तै कालिका बानिया जेभीले जिराभवानी गाउँपालिकाको चमरीटोल देखी ठोरी गाउँपालिकाको चौतारी सम्मको ३० किलोमिटरको ठेक्का कबोल गरेका छन । पर्सा जिल्लामै ठेक्का कबोल रहेका पपु कन्सट्रक्सनका काम कालोपत्रे गर्ने कुरा त परै जाओस्, माटो हाल्ने काम पनि हुन सकिरहेको छैन ।

नेपाल सरकारले यसतर्फ कुनै किसिमको ध्यान नदिँदा ठेकेदार पपु निर्माण कम्पनीले मनोमानी तरिकाले काम गरिरहेका छन् । स्थानीयबासीहरुका अनुसार ठेकेदार कम्पनीले काम गरेको ठाउँमा पनि कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग गरिरहेका छन् ।

अहिले पनि पपु निर्माण कम्पनीको कल्भर्ट र कैयो स्थानमा पुल निर्माणको काम अधुरै छ । लामो समयदेखि चर्चामा रहेको हुलाकी सडक अन्तर्गत पर्साको सदरमुकाम बिरगंज देखी चितवनको माडी हुँदै नवलपरासी जिल्ला सदरमुकाम सम्म जोड्ने हुलाकी मार्गमा चार पाङ्ग्रे सवारी साधन चलाउन सकिने अवस्था धेरैनै नाजुक छन ।

पर्सामा पुल निर्माणको काम ४५प्रति शत भईसकेको भएपनि पपु निर्माणको सडक बनाउने काम भने सुसत गतीमा भईरको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्सामा कालिका बानिया जेभी र पपु कन्सट्रक्सनले ३०/३०किलोमिटर को टेन्डर साकार गरेका छन ।

पर्सामा ६० किलोमिटिर हुलाकी सडक छन । यो बषॅ बानियाँ निर्माण कम्पनीले पुल र कल्भर्ट पुर्ण रूपमा सकाएर लेआउट गरी आर्थिक वर्ष २०७६ बैशाख देखी पहिला १०किलो मिटर कालोपत्रे गरने योजना रहेको कालिका बानिया जेभीका प्रोजेक्ट मेनेजर उधब सापकोटाले जानकारी दिनुभो ।

हुलाकी राजमार्गको अन्य आयोजना जसमा हुलाकी राजमार्ग अन्तर्गत पर्सामा अहिले २ करोडदेखि माथिका साना ठूला गरी ४ वटा पुलको निर्माण भइरहेको छ । पुल निर्माण बाहेक माटो पुर्ने काम भइरहेको छ । यसबाहेक हुलाकी राजमार्गको अन्य प्रगतियोग्य काम हुन सकेको छैन ।

चर्मरोग (छाला) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन

वीरगंज, २४ माघ ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ५, बिरन्चीबर्वामा विहिबार चर्मरोग (छाला) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ । कालिकामाई गाउँ कार्यपालिका कार्यालय, स्वस्थ्य शाखाको आयोजनामा भएको शिविरमा १५२ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य अधिकृत महेन्द्र चौरसियाले जानकारी गराए ।

शिविरमा चर्मरोग बिशेज्ञय आरपी जयसवाल नेतृत्वको चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा चेकजांच गारउने मध्ये कसैमा कुष्टरोगी नभेटेको कालिकामाई गाउँपालिकाका स्वस्थ्य संयोजक योगेन्द्र चौरसियाले बताए ।

सुरू भयाे ठोरीमा पनि हात्ती सफारी

ठाेरी, २४ माघ/
पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधवारदेखि पर्साको ठोरीमा हात्ती सफारी शुरू भएको छ । ठोरी गाउँपालिका–५ सुवर्णपुरका वडा अध्यक्ष रामबहादुर पाख्रीनले सुवर्णपुरचोकबाट हात्ती चढेर हात्ती सफारीको शुरुआत गरेका हुन् ।
पर्सा राष्ट्रिय निकुञ्जले पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रमणीय पर्यटकीय स्थल घुम्नका लागि दुईओटा हात्ती उपलब्ध गराएसँगै जिल्लाको ग्रामीण क्षेत्रमा पहिलोपटक हात्ती सफारीको शुरूवात भएको हो । ३/३ जनागरी ६ जनाले दुईओटा हात्तीमा चढेर पर्सा राष्ट्रिय निकुञ्जको रमणीय स्थलहरूको आनन्द लिन सक्ने व्यवस्था भएको   सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिए ।
वडा अध्यक्ष पाख्रीनले शुरूआत गरेको हात्ती सफारीको पहिलो दिन स्थानीय र काठमाडौंका समेत छजना युवाले हात्ती चढेर निकुञ्ज घुमेका छन् ।   पहिलो दिन हात्ती सफारी गर्नेमा विमल प्रधान, कमला पौडेल, विकास मोक्तान, तेज लामालगायत रहेको उपभोक्ता समितिका सचिव जीवन श्रेष्ठले बताए ।
अध्यक्ष दाहालले भने–“हात्ती सफारीको माध्यमबाट यस क्षेत्रको पर्यापर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौ । प्रशस्तै पर्यटकीय स्थलहरू छन् । तर पर्यटकलाई घुमाउने साधन थिएन । राष्ट्रिय निकुञ्जलाई हात्ती उपलब्ध गराउन आग्रह गरेका थियौं । सोही आग्रह बमोजिम निकुञ्जले दुईवटा हात्ती व्यवस्था गरेको हो ।
हात्ती चढेर राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको रमणीय स्थलको अवलोकन गर्न सकिने दाहालले बताए । सुवर्णपुर चोकदेखि हात्ती चढेर गडवाल पोस्ट, राभौरीभाटामा रहेको घाँसे मैदान अवलोकन गर्न सकिने उनले बताए । हात्ती सफारीको माध्यमबाट रातोमाटे देउराली, सिर्जना, पञ्चमुखी लगायत मध्यवर्ती सामुदायिक वनको समेत अवलोनक गर्न सकिने उनले बताए । पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गइरहेको ठोरीलाई केन्द्रमा राखेर हात्ती सफारी शुरूआत भएकोले पर्सा राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्या वृद्धि हुने दाहालले विश्वास व्यक्त गरे ।
हात्ती सफारीका लागि सुनाखरी मध्यवर्ती उपभोक्ता समितिले समन्वय गरेको छ । बाराको अमलेखगंजबाट हात्ती सफारीको व्यवस्था गर्दै आएको निकुञ्जले ठोरीको तामाङ समुदायले सञ्चालन गरेको होमस्टे क्षेत्रबाट पनि सफारीको शुरूआत गरेको हो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले भने–“पर्यटकीय सम्भावना र पूर्वाधार तथा दुर्लभ वन्यजन्तुको बढोत्तरी यहाँ पर्यटक भिœयाउने स्रोत हुन् ।”
निकुञ्जको उत्तर पश्चिमी भाग घुम्नका लागि गडवाल पोस्टबाट हात्ती सफारीको व्यवास्था मिलाइएको उनले बताए । हात्ती सफारी गर्नुपरेमा सीधै गडवाल पोस्टमा सम्पर्क गर्न सकिने भन्दै महर्जनले भने–“यो सफारीको मुख्य उद्देश्य भनेको पर्यटन प्रवद्र्धन नै हो ।”
बारा, पर्सा र मकवानपुर गरी ६२७ वर्ग किलोमिटर क्षेत्रफलमा पर्सा राष्ट्रिय निकुञ्ज फैलिएको छ । जङ्गली हात्तीको बथान, बाघ, एकसिंगे गैंडा, गौरी गाई, घोडगदहा यहाँका मुख्य आकर्षण हुन् । निकुञ्जमा १ सय ५ को हाराहारीमा गौरी गाई रहेको निकुञ्जको तथ्याङ्कले देखाउँछ । गौरीगाई एकैपटक ८० वटाको समूहमा देख्न सकिन्छ ।
जङ्गली जनावरलगायत प्राकृतिक मनोरम दृश्यसहित यस निकुञ्जसँग धार्मिक तथा सांस्कृतिक धरोहर पनि जोड्न सकिने नेकपा बाराका युवा नेता राजन पौडेल बताउँछन् । युवा नेता पौडेल भन्छन्–“निकुञ्ज घुम्न आउने पर्यटकलाई गढीमाई, बाराको सिम्रौनगढ, पर्साको कोइलाभार, रामभौरीभाठा,
सुवर्णपुरको बाघमोर्चा, ठोरीको वनशक्तिलगायत धार्मिक तथा ऐतिहासिक क्षेत्रसँग जोड्न सकिन्छ । प्रदेश २ को राजधानी जनकपुर, काठमाडौंसँगको छोटो सडक तथा हवाइमार्ग, सहज यातायात, निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्र्याकले पनि पर्सा निकुञ्जको महŒव अरू बढाएको उनले बताए ।
ठोरीको ग्रामीण बस्तीहरूमा खुलेका होमस्टे, सिमरा, निजगढमा खुलेका सुविधा सम्पन्न होटलका कारण पनि निकुञ्जमा पर्यटक प्रवद्र्धन हुने अपेक्षा पौडेलेको छ ।

बहुदरमाईमा एक महिने सिलाई कटाई तालिम सुरु

वीरगंज, २३ माघ ।
पर्साको बहुदमाई नगरपालिकाको वडा नं. ३, नगरदाहामा बुधबार देखी एक महिने सिलाई कटाई तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा सुरु भएको तालिमको एक कार्यक्रमका विच नगर प्रमुख नितेन्द्र साहले उदघाटन गरे ।

तालिमको उदघाटन गर्दै नगर प्रमुख साहले सिलाई कटाई तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न सहयोग पुग्ने वताए । तालिमबाट सिखेका सिपलाई महिलाहरुले घरमा सिमित नराखी व्यवसायको रुपमा लग्नु पर्नेमा नगर प्रमुख साहको जोड थियो ।

वडा अध्यक्ष दिनेश प्रसाद यादवको अध्यक्षता भएको उदघाटन समाहरोहमा वडा नं. २ का वडा अध्यक्ष जितेन्द्र पटेल, वडा सचिव प्रमोद यादव, श्री महाबिर साह माविका प्रअ सुरेन्द्र साह, वडा सदस्यहरु पनालाल साह, कृष्ण ठाकुर, बविता देवी, सम्सा खातुन लगायतकाको सहभागिता रहेको थियो ।

तालिम वडा नं. ३ को वडा कार्यालयको आयोजनामा सुरु भएको नगरपालिका कार्यालयको समाजिक विकास शाखाका रामबाबु पटेलले जानकारी गराए ।

महिला शसक्तिकरण सम्बन्धि तालिम सप्पन्न

वीरगंज : पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा महिला सशक्तीकरण सम्बन्धी २ दिने तालिम सम्पन भएको छ ।

कालिकामाई गाउँ कार्यपालिका कार्यालय, मुडलीको आयोजनामा भएको तालिम मंगलबार सम्पन्न भएको वडा सचिव कमलेश सहनीले वताए । वडा कार्यालयमा भएको तालिममा एक सय जनाको सहभागिता रहेको उनलले जानकारी गराए ।

तालिममा महिला विकासकी गंगा सापकोटा, समाजिक परिचालक बिक्रम प्रसाद र वडा सचिव सहनिले प्रशिक्षण दिएका थिए । तालिमको समाप्न समाहरोह वडा अध्यक्ष सोनाला चौरसियाको अध्यक्षतामा भएको थियो ।

पर्साको स्थानिय तहमा रु १ अर्ब ५५ लाख बेरूजु

वीरगंज, २२ माघ/
प्रदेश नं २ अन्तर्गतका स्थानीय तहमा रु ३ अर्ब ५६ करोड ६५ लाख ८ हजार बेरूजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले देशभरको स्थानीय तहको लेखा परीक्षण रिपोर्ट–०७४ सार्वजनिक गर्दै सो कुरा जनाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पर्सा जिल्लामा मात्र रु १ अर्ब ५५ लाख ८८ हजार बेरूजु रहेको जनाएको छ ।
२०७४ सालमा प्रदेश नं २ मा सरकारले दिएको बजेटमध्ये रु २६ अर्ब ५८ करोड ६२ लाख ९९ हजारको परीक्षण गर्दा रु ३ अर्ब ५६ करोड ६५ लाख ८ हजार बेरूजु देखिएको बताइएको छ । यो बेरूजुमध्ये पर्सामा मात्र रु १ अर्ब ५५ लाख देखाइएको छ । वीरगंज महानगरपालिकामा रु ५१ करोड २२ लाख, पोखरिया नपामा रु २ करोड ९१ लाख, बहुदरमाई नपामा रु ५ करोड ५२ लाख, पर्सागढी नपामा रु ५ करोड ८ लाख, गापाहरू–ठोरीमा रु ४ करोड ५० लाख, जगरनाथपुरमा रु ३ करोड ५८ लाख, धोबिनीमा रु ४ करोड ७ लाख, छिपहरमाइमा रु ५ करोड १३ लाख, पकहामैनपुरमा रु ४ करोड ४५ लाख, बिन्दवासिनीमा रु ४ करोड ५९ लाख, सखुवापरसौनीमा रु ४ करोड ६१ लाख, पटेर्वासुगौलीमा रु ५ करोड ९ लाख बेरूजु देखाएको छ ।
यसमा हाल वीरगंज महानगरपालिकामा गाभिएको तत्कालीन बेल्वामा रु ४ करोड ६७ लाख देखाएको छ ।
यसैगरी ०७३ सालमा गापा बनि नसकेको कारण कालिकामाई र जीराभवानी गापाको बेरूजु देखाइएको छैन । प्रदेश नं २ मा एक महानगर, ३ उपमहानगर र ५१ वटा नगरपालिका तथा ७२ वटा गापाको मात्र लेखापरीक्षण भएको र सोही अनुरूपको विवरण सार्वजनिक गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
सो कार्यालयले सार्वजनिक गरेको ०७३ सालको लेखापरीक्षण रिपोर्ट–०७४ मा स्थानीय तहले सम्पत्ति हस्तान्तरण नगरेको, बेरूजु रकम फर्छोट गर्न नसकेको, बिलभन्दा बढी रकम भुक्तानी गरिएको, भुक्तानी दिंदा बिल भपाई नराखेको, नगरसभा र गाउँसभाको निर्णयबेगर योजना सञ्चालन गरेको र त्यस्तो योजनाहरूमा बढी रकम खर्चेको, नक्कली उपभोक्ता समिति गठन गरेर ठेकेदारमार्फत काम गराएको, अनुगमन मूल्याङ्कन कमजोर रहेको, सेवा प्रवाह भएपनि प्रतिफल प्रभावकारी नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेको, लक्षित समूहको कार्यक्रम सम्पन्न नगरी रकम रकमान्तर गरिएको तथा फ्रिज गर्नुपर्ने बजेट फ्रिज नगरिएकोजस्ता त्रुटिहरू देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

नेपाली चलचित्र ‘ब्वाइफ्रेन्ड’ फागुन १० देखि प्रदर्शनमा

काठमाडौं । बुढाथोकी फिल्मस प्रोडक्सन प्रालिको ब्यानरमा बनेको चलचित्र ‘ब्वाइफ्रेन्ड’ फागुन १० देखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको हालै पोस्टर, गीत र प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

चलचित्र निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गरी फागुन १० गतेबाट ‘ब्वाइफ्रेन्ड’ देशभर एक साथ प्रदर्शनमा आउने जानकारी दिएको हो । सामाजिक विषयमा चलचित्र बनेको प्रस्तुतकर्ता सूर्य बुढाथोकीले बताए ।

कृष्ण खनाल निर्माता रहेको चलचित्रमा अभिनेता सरोज खनाल, मञ्जु श्रेष्ठ, मोहन निरौला, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी. लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक मदन घिमिरे, सहनिर्देशक जीवन गौतमले गरेका छन् । शंकर महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत रहेको यस चलचित्रमा पुनम राईको नृत्य निर्देश्न रहेको छ । त्यस्तै चलचित्रमा निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामारा कृष्ण श्रेष्ठको रहेको छ ।