Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

जाडोबाट बाच्न बालिएको आगोले जलेर एक महिलाकाे मृत्यु

spot_img
spot_img

सर्लाही । सर्लाहीमा एक महिलाको जाडोबाट बच्नका लागि बालिएको आगोले जलेर मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

सर्लाहीको बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जाडोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन्। घाइते साहको उपचारका क्रममा गए राति प्रादेशीक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै चिसोबाट बच्न घर अगाडि बालिएको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन्। गए राति ९ बजे आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती गम्भीर घाइते भएकी हुन् । आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ।

उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...