Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1051

विद्यालय व्यवस्थापन समिति नभएका विद्यालयहरुको अनुदान काटियो

वीरगंज, १ फाल्गुन ।
पर्साको १५ वटा बिधालयहरुमा रु २ लाखको दरले अनुदान जाने भएको छ । भिस्वा होटल, वीरगंजमा बुधबार बसेको जिल्ला शिक्षा समन्वय ईकाई समिती पर्साको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला शिक्षा समन्वय ईकाई समिती पर्साका अध्यक्ष कृष्ण सिग्देलको अध्यक्षतामा बसेको बैठकले धोबिनी गाउँपालिकाका ५ वटा र बिन्दवासिनी गाउँपालिकाको ३ वटा बिधालयलाको भागमा परेको २ लाखको दरले जाने रकम कटौती गर्ने पनि निर्णय गरेको छ ।

धोबिनी र बिन्दवासिनी गाउँपालिका गरी ८ वटा बिधालयमा बिधालय ब्यवस्थापन समिती गठन नरहेको र गठन गर्न परिपत्र गर्दा पनि गठन गर्न नसकेकोले अनुदान रकम कटा गरीएको समितीका सदस्य तथा अभिभावक संघका अध्यक्ष अमर गौतमले बताए ।

बैठकले बिरगंज महानगरपालिका अन्तर्गतका २ वटा बिधालय श्री नेपाल रेल्बे माध्यमिक बिधालय बिरगंज र श्री पंडीत रामधनी तिवारी निम्न माध्यमिक बिधालय छपकैया, पकहामैनपुर गाउँपालिकाको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय गदियानी पोखरीया, श्री हरिहरराज उपाध्याय प्राथमिक बिधालय खेस्राहा, छिपहरमाई गाउँपालिकामा श्री रामअज्ञा साह प्राथमिक बिधालय, श्री नवगावा माध्यमिक बिधालय चेरगाहा, पर्सागढी नगरपालिकामा श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय बगवाना, ठोरी गाउँपालिकामा श्री नेपाल राष्ट्रिय ब्रम्हपुरी निम्न माध्यमिक बिधालय ठोरी, पटेर्वासुगौली गाउँपालिकामा श्री नेपाल राट्रिय प्राथमिक बिधालय देउरिया, पोखरीया नगरपालिकामा श्री नेपाल राट्रिय प्राथमिक बिधालय जगतपुर, जगरनाथपुर गाउँपालिकामा श्री नेपाल राट्रिय प्राथमिक बिधालय पिडारीगुठी, जिराभवानी गाउँपालिकामा बितो महतो जनता माध्यमिक बिधालय नयकाटोला जीतपुर, सखुवाप्रसौनी गाउँपालिकामा श्री नेपाल राट्रिय माध्यमिक बिधालय देउरबाना, कालिकामाई गाउँपालिकामा श्री शशीधर तिवारी प्राथमिक बिधालय बिरन्चीवर्वाका लागी अनुदान रकम छुटयाएको हो ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत पर्साका १ सय १५ बिधालयमा २ लाखको दरले रकम जाने भएकोले बाकी बिधालयका लागी आज निर्णय गरिएको स्रोत ब्यक्ति भरत सहनीले बताए ।

महानगरपालिकाद्धारा खेलाडीहरुलाई पोशाक बितरण

वीरगंज, २९ माघ ।
वीरगंज महानगरपालिकाको वडा नम्बर १३ करबोला स्थित रहेको कुस्ती खेल आखगाामा पुगी पोशाक वितरणगरेका छन् । कुस्तीखेलको विकास तथा खेलाडीहरुको मनाबललाई प्रोतसाहित गर्न उदेश्यले महानगरपालिकाबाट कुस्ती खेलाडिहरुलाई पोशाक प्रदान गरीएको हो ।
महानगरपालिकाको वडा नम्बर १३ स्थित करबोलामा रहेको कुस्ती खेल आखगाामा मगंलबार बिहान एक कार्यक्रमको विच मेयर विजय कुमार सरावगी तथा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भूसालले खेलाडिहरुलाई पोशाक बितरण गरेका थिए । पोशाक बितरण क्रममा बोल्दै मेयर बिजय कुमार सरावगीले युवाहरुको शारिरिक विकासको लागी सबै खेलहरुको चौतर्फि बिकास गर्ने बताउदै कुस्ती खेलको प्रशिक्षणलाई लगातार संचालन गर्न करबोलामा कूस्ती खेलको सेड छिटै निर्माण गर्ने घोषणा गर्नुभयो ।उहाले महानगरपालिका नगरवासिको चाहनालाई सकार पार्न आभु हरेक क्षेत्रको विकासको लागी लागी रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कुस्ती खेल आखगां(आखडा ) मा प्रशिक्षण गरिरहेका २०जना खेलाडिहरुलाई ३२ हजार २०० मुल्य बराबरको पोशाक बितरण गरिएको हो ।कुस्ती खेलका प्रशिक्षक एवम राष्ट्रिय खेलाडि मदन प्रसाद यादवको उपस्थितीमा कुस्ती खेलाडि रामधारी प्रसाद यादव,सागर प्रसाद यादव,भागवत साह,कम्रुदिन मिया,छोटेलाल राउत र अनिल यादव लगायत २०जना कुस्ती खेलाडीहरुलाई पोशक बितरण गरिएको जनाइएको छ ।

महायज्ञ सफल बनाउन तयारी तिव्र, जनप्रतिनिधिको भेला सम्पन्न

वीरगंज, २९ माघ  ।
वीरगंज महानगरमा नेपालकै पहिलो अश्वमेध गायत्री महायज्ञ सफल बनाउन तिव्ररुपमा तयारी भईरहेको छ । फाल्गुन १९ गते देखि २२ गते सम्म तिन दिने हुने महायज्ञको तयारीमा महानगरवासीनै तन, मन र धनले लागि परेका छन ।
वीरगज महानगरपलिकाको आदर्शनगर रगंशालामा हुन लागेको महायज्ञ सफल बनाउन स्थानियले समय दान, अंश दान र साधना दानको माध्यमले लागि परेको आयोजक समितीले जनाएको छ । वीरगंजमा निकालीएको कलश यात्रा भव्य रुपमा स्थानिय जनप्रतिनिधि समेत लागि परेका छन ।
कलश यात्रा गर्न गठित व्यवस्थापन समितिले मंगलबार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको जनप्रतिनिधिको भेलामा वडा अध्यक्षहरुले महायज्ञ सफल बनाउन आफनो स्तरबाट कुनै कसर बाकी नराख्ने जानकारी दिएका छन् ।
भेलामा वडा नम्बर ५ का वडा अध्यक्ष जगत साह कानुले महायज्ञले जिल्लाको मात्र नभई समग्र मुलुकै समृद्धिको लागि भएकोले यसलाई सफल बनाउन प्रतिबद्धता गदै महानगरमा पाल्नु हुने सम्पूर्ण भक्तजानहरुको लागि ठाउँ—ठाउँ पानी पिउने व्यवस्था समिती कलश यात्रामा बढी भन्दा बढी महिला, युवतीलाई सहभागिता गराउने बताए ।
भेलामा वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप चौरसियाले महायज्ञ सफल बनाउन आफनो वडामा रहेका विभिन्न संघ सस्थाको सहकार्यमा व्यापार प्रचार प्रसार गरी जागरुकता फैलाउने तथा आफनो श्रोत र साधनको सदुपयोग गरी महायज्ञमा वडा वडाबाट उल्लेखनिय झक्तजनको सहभगिता गराउने बताएका छन् ।
वडा नम्बर २, ३, १३, १४ लगायत ३२ वडाका वडाअध्यक्षहरु क्रमश शेख अब्बास, बैजु स्वर्णकार, तुफान अंसार, भरत महतो लगायतकाले महायज्ञ सफल बनाउन आपनै श्रोतबाट स्थानियहरुलाई व्यापक रुपमा कलश यात्रामा सहभागिता गराउने जनाएका हुन । कार्यक्रममा समितिका संयोजक भोला प्रसाद कलवारले महायज्ञ शुरु हुने दिन विहान ८ बजेदेखि वीरगंजको घण्टाघर चोकबाट कलश यात्रा निकालिने र करिब ६ हजारको सहभागितामा निकालिने कलश यात्रा माईस्थान, आर्दशनगर, अलखिया मठ, कैलाश चौक हुदै आर्दशनगर रगंशालामा आयोजना हुने महायज्ञ स्थलमा पुगि कलश स्थापना गरिने बताए ।
कलश यात्रालाई भव्य र सभ्य बनाउन समिति लागि परेको बताउदै संयोजक कलवारले हरेक वडाबाट कति जना सहभागिता जनाउने छन त्यसको विवरण एक साता भित्र उपलब्ध गराउन वडा अध्यक्षहरु संग आग्रह गदै हरेक वडाको मठ मन्दिरमा स्थापित गरिने नरिवल, जव र स्याउ राखिएको कशललाई विधिवत रुपमा पुजापाठ गरी निकालिने भएकोले यसको तयारीमा एक जुट हुन बताए ।भेलाका वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महायज्ञमा नेपाल गरी विभिन्न २० भन्दा बढी देशबाट आउने श्रद्धालुहरुको व्यवस्थापनको तयारी तिव्र रुपमा गरीरहेको जानकारी गराए ।
उहाले वास वस्न ठाकुराम क्याम्पसका गर्ल होस्टल, व्वायज होस्टलमा र घण्टाघर नजिकै रहेको खाली जग्गा गरी ४ लाख ५० हजार स्क्वायर फिटको टेन्ड बनाउने काम भईरहेको बताए । सुरक्षाको दृष्टीकोणले पर्साको सुरक्षा सहित थप १ हजार सुरक्षार्कीहरुलाई बाहिरबाट झिकाउने काम भईरहेको छ, त्यसैगरी टाउनहल नजिकै रहेको बालमन्दिरमा पनि दैनिक ५० हजार श्रद्धालुहरुको लागि खाना खाने व्यवस्था मिलाईएको छ भने अन्य नगरको विभिन्न १० ठाउँमा थप भण्डारा संचालन गरिने छ, १५० भन्दा बढी शौचालय पनि निर्माण भईरहेको छ, महानगरको सरसफाईलाई पनि ध्यानमा राखी महानगरको सफाई कर्मचारी सहित निजि सस्थालाई पनि सरसफाईमा जुट्न पहल गरिने मेयर सरावगीले बताए । त्यसैगरी २१ गते महायज्ञ स्थलमा २४ हजार दिप बाल्ने जनाउने मेयर सरावगीले हरेक घर घरमा कम्तिमा ५ वटा दिप बाल्न नगरवासीमा अपिल समेत गरे
भेलामा शक्ति पिठ नेपालका प्रभारी वोयेन्द्र सिंहले वीरगन्जमा वैज्ञानिक ढंगले हुन गईरहेको महायज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुने बताए । मनुष्यमा हुने शारिरीक, मानसिक रोगव्याधिको उपचार गर्न सक्ने प्रभावकारी माध्यमपनि हो उनले भने, यज्ञबाट एउटा सात्विक वातावरण तयार हुन्छ, यसले गर्दा मानिसको आध्यात्मिक विकासमा अत्यन्त लाभदायि हुने छ ।
ब्रहमावादणी टोलीका श्यामा राठोरले एउटै विचार र लक्ष्य लिएर महिलाहरु संगठीत भई अगाडी बढे महायज्ञ सफल हुने बताए । सामुहिक रुपमा जन जागरण गरेर निदाएर बसेका प्रतिभालाई जगाउन र जागृत प्रतिभालाई सभ्यता संस्कृतिको उत्थानमा नियोजन गर्नका लागि अश्वमेध एउटा सशक्त माध्यम पनि रहेकोले यसलाई सफल बनाउन महिलाहरुलाई उल्लेखनिय सहभागिता जनाउन अपिल समेत उनले गरे । समितिका संयोजक कलवारको अध्यक्षतामा सम्पन्न भेलाममा महानगरका उप मेयर शान्ति कार्की, शक्ति पीठ वीरगंजका कार्यकर्ता, विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्यहरु लगायतको सभागिता रहेको थियो ।

स्वदेशमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ—मेयर सरावगी

वीरगंज, २९ माघ ।
वीरगज स्थित नगरसभा गृहमा दुईदिने शैक्षिक परामर्श मेला शुरु भएको छ । मंगलवार शैक्षिक परामर्श मेलाको वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उदघाटन गदै उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवायुवतीहरुलाई स्वदेशमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ विषयमा जानकारी दिनु भयो । आयोजित शैक्षिक परामर्श मेलामा देशभरका विभिन्न उत्कृष्ट कलेजहरुको स्टल राखिएको छ ।
एजुकेशन डटकमले आयोजना गरेको दुईदिने परामर्श मेलामा पर्सा,बारा र रौतहटका विद्यार्थीहरुको सहभागीता रहेको थियो । उच्च शिक्षा अध्ययन हुने नेपालका उत्कृष्ट कलेजहरुको बारेमा जानकारी लिन सक्ने र स्वदेशमा उच्च शिक्षाका लागि उत्कृष्ट र गुणस्तरीय कलेजहरु भएपनि पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवायुवतीहरुको संख्यमा वृद्धि भईरहेको कारण स्वदेशमै उच्च शिक्षा अध्ययनका लागि कलेजहरु रहेको आयोजक समितिका अध्यक्ष जीवन कुमार लामाले बताउनुभयो । मेलाको उदघाटन सत्रमा विरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डा.दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने लगायतको उपस्थिती रहेको थियो । शैक्षिक परामर्श मेला माघ २९ गते मंगलबार देखी फागुन १ गते बुधवार सम्म संचालनमा रहने छ ।

चरेश सहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज, २८ माघ । प्रहरीले वीरगञ्जबाट लागूऔषध चरेशसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत पश्चिम बंगाल कोलकता-११ नारगेल मेनरोडका ३८ वर्षीय  मोहमद सकिल र २६ वर्षीय मोहमद फरिद पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाटै पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध चरेश १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको प्रहरी चेकजाँचका क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरुले शरीरमा लुकाई लैजाँदै गरेको चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

रक्सौल रेल्वे स्टेशनमा पर्साका २ किशोरीको शव फेला, घटना रहस्मय

वीरगंज, २७ माघ ।
सिमावर्ती सहर भारतको रक्सौल रेल्वे स्टेशनमा पर्साका २ किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारी निवासी राजेश्वर साह कलवारकी छोरी अन्दाजी १६ बर्षिय निभा कुमारी र वडा नं. ३, हरिहरपुर निवासी हरिकिशोर चौरसियकाकी छोरी अन्दाजी १७ बर्षिय किरण चौरसियाको शव फेला परेको हो । रेलले किचिएको अवस्था दुबै जनाको शव फेला परेको भारतिय प्रहरीले जनाएको छ ।

दुबै जना वीरगंजको रानिघाटमा डेरा लिई बस्दै वीरगंज पब्लिक क्लेजको कक्षा ११ मा पढदै आएको मृतकका आफन्तहरुले जनाएका छन । यस बिषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक आन्नत राज शर्मा संग बुझदा घटना बारे बिस्तृत जानकारी लिने काम भइरहेको वताए ।

दुबै जना रेल्वे स्टेश कसरी पु्ग्यो र मृत्यु कसरी भयो भने बारे पनि बुझने कार्य भइरहेको उनले वताए । स्थानियहरुको अनुसार मृतक मध्ये एक जनाको फागुन १ गते बुधबार विवाहको लागि पुजाई हुने वाला थियो । सरस्वती पुजा कै दिन सिमावर्ती सहर रक्सौलको स्टेशनमा दुई जना छात्राको शव फेला पर्नुले घटना रहस्यमय भएको छ ।

आडेश्वरलाई सहयोग गर्न मनोरञ्जनात्मक कार्यक्रम

काठमाडौं : सुख सन्देश काठमाण्डौको आयोजनामा हेल्पिङ ह्यान्डस् चिल्ड्रेन्स होम, आडेश्वरलाई सहयोग गर्ने उद्देश्यले शनिबार काठमाण्डौमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । गोगंबुको ग्रुग रेस्ट्रो, बार एण्ड लंजमा भएको कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्टेन्ड अप कमेडी, कविता वाचन र गित प्रस्तुत गरिएको प्रभाकर साहले बताए ।कार्यक्रममा आशिष गैरे, मोहित जोशी, विष्णु पाठक, आकार जोशी, याङ्जि लामा शेर्पा, सफल क्षेत्री, स्वस्तिक चन्द्र श्रेष्ठ र द अफनोट्स बान्डले प्रस्तुति दिएका थिए । सुख सन्देशकी अध्यक्षले समेत आफ्नो प्रस्तुति दिएकी थिइन्।

कार्यक्रमबाट उठेको रकम अनाथालयको शिक्षा र अन्य सुधारको लागि प्रयोग गरिने आयोजक संस्था सुख सन्देशकी अध्यक्ष सरिना महर्जनले जानकारी गराइन् ।

मेयरकप रनिगं सिल प्रतियोगीता र टि–२०क्रिकेट टुर्नामेन्ट कप छिटै गरिने

वीरगन्ज, २६ माघ ।
वीरगन्ज महानगर खेलकुद विकासको लागी महानगर स्तरीय मेयर कप रनिगं शिल्ड प्रतियोगीता र मेयर कप टि–२०क्रिकेट टुर्नामेन्ट प्रतियोगीता गर्ने भएको छ । खेलकुदको विकासको लागि नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा बसेको खेलकुद विकास समितिले दुबै खेल प्रतियोगीता गराउन शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णको सयोजकत्वमा गठन गरेको दुबै समितिले सक्रियता पुर्वक प्रतियोगीता गराउन विभिन्न कार्यहरु सुरु गरेको छ ।
महानगरपालिकामा रहेका विद्यालयहरुका छात्र तथा छात्राहरुको खेलकुदलाई प्रोत्साहित गर्न मेयर कप रनिगं शिल्ड प्रतियोगीता आयोजन गर्न लागीएको समितिका सचिव प्रकाश शर्माले बताउनु भयो । महानगरपालिकामा रहेका सबै विद्यालयहरुको छात्र छात्राहरुलाई समाहित गराउदै विभिन्न दौड, एथलेटीक्स तथा भलिबल खेलहरुको प्रतियोगीता गराउन थालिएको सचिव शर्माको भनाइ रहेको थियो । शनिबार मेयर कप रनिगं शिल्ड प्रतियोगीता आयोजन समितीको बैठकले प्रतियोगिता व्यवस्थापन, वितिय व्यवस्थापन तथा अनुगम र प्रतिवेद  उपसमिति गठन गरेको छ ।
यसै गरि महानगरपालिकाले छिटै मेयर कप  टि–२०क्रिकेट नक आउट टुर्नामेन्ट खेल प्रतियोगीताको आयोजन गर्नगइरहेको जनाइएको छ । शिक्षा प्रशासन महाशाखाका प्रमुख अरबिन्द लालकर्णको सयोजकत्वमा गठन गरिएको उक्त प्रतियोगीता समितिल आफ्नो कार्यलाई अगाडि बढाएको छ । महानगर पालिकामा रहेको ३२ बटै वडाहरुको टिमबिच क्रिकेट मैच खेलाउनुको साथै बिजयी तथा मैचमा सहभागी उत्कृष्ट खेलाडीहरुको महानगरपालिका स्तरिय क्रिकेट टिम निर्माण गरी युवाहरुलाई  प्रोत्साहित गरिने योजना रहेको शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले बताउनु भयो ।

वीरगंजमा वृहत शैक्षिक मेलाको आयोजना हुने

वीरगंज, २६ माघ ।

वीरगंजमा यहि माघ २९ र फागुन १ गते वृहत शैक्षिक मेलाको आयोजना हुने भएको छ । वीरगंजमा आज पत्रकार सम्मेलन गरी आयोजकले वीरगंजको टाउनहलमा पहिलो पल्ट मेला आयोजना गर्न लागिएको जनाएको छ । पाँचौ नेपाल हाईअर एजुकेशन फेयर नाम दिएको मेला बिहान १० बजे देखि साँझ पाँच सम्म हुने आयोजकले जनाएको छ ।

मेलामा काठमाडौं विश्व बिद्यालय,त्रिभुवन विश्वबिद्यालय, पोखरा बिश्व बिद्यालय,पुर्वाञ्चल विश्व बिद्यालय संग आवद्ध बिभिन्न कलेजहरुले निशुल्क परामर्श दिने आयोजकले जनाएको छ । उच्च शिक्षा हासिल गर्नका लागि बिद्यार्थीहरु बिदेश जाने क्रम बढदै जादा स्वदेशमै उच्च शिक्षा हासिल गर्नको लागि मेला आयोजना गरिएको मेलाका कार्यकारी अधिकृत तारामान रावलले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा शिक्षाविद तथा बिपिसी कलेजका प्रबन्धक डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश दुईका अध्यक्ष दिपेन्द्र चौहान,पत्रकार बिजय कुशावाहा, प्रध्यापक सुवास प्रसाद , संजय श्रेष्ठ लगायतले मेलाको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

कालिकामाई गाउँपालिकाको वडा नं. २ पूर्ण खोप घोषणा

वीरगंज, २६ माघ ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीलाई एक कार्यक्रमका विच पूर्ण खोप वडा घोषणा गरिएको छ । श्री सुकई साह.मा.वि. भेडिहारीमा शनिबार आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल कुमार सिंहले वडालाई पूर्ण खोप घोषणा गरे ।

वडालाई पूर्ण खोप घोषणा गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सिंहले आजको मितिले वडा भित्रका कोई पनि खोपबाट बन्ची हुनु नपर्ने वताए । यो निरन्तर चलिरहने भएकोले घोषणामा मात्र समिति नभई खोपबाट कोही बन्चीत नहोस तर्फ धयान दिनु पर्ने वताए ।

वडा अध्यक्ष सोनालाल चौरसियाको अध्यक्षतामा भएको घोषणा सभामा गाउँपालिकाका स्वास्थ्य संयोजक योगेन्द्र चौरसिया, स्वास्थ्य चौकी भेडिहारीका इन्चार्ज असेशवर महतो, पत्रकार छठु साह लगायतकाले मन्तव्य राखेका थिए ।