Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

दीपिकाको खुलासा–‘छपाक’को छायांकनका क्रममा म फेरि डिप्रेशनमा थिएँ’

spot_img
spot_img

नायिका दीपिका पादुकोणले आफ्नो जीवनमा नदेखिएको पाटोलाई पनि मिडियामाफर्त सार्वजनिक गरिरहेकी छिन् । दीपिकाले सन् २००४ देखि नै आफू डिप्रेशनमा रहेको कुरा सार्वजनिक गरिसकेकी छिन् ।

उनै, दीपिकाले फेरि एकपटक आफ्नो जिन्दगीको बिषयमा नयाँ खुलासा गरेकी छिन् । दीपिकाले भनेकी छिन्–‘चलचित्र ‘छपाक’को छायांकनका क्रममा म फेरि एकपटक डिप्रेशनमा पुगेकी थिएँ । मलाई चलचित्रको छायांकन सेटमा काउन्सिलरको आवश्यकता थियो ।’

उनले भनिन्–‘म निकै नै थाकेको महशुश गरिरहेकी थिएँ । लामो समयसम्म काम गर्ने गरेकाले मलाई यस्तो भएको हो कि भन्ने पनि लाग्थ्यो । तर, मैले आफूमा ‘क्लस्ट्रोफोबिक’ भएको महुशश गर्न थाले ।’

दीपिकाका अनुसार, ‘क्लस्ट्रोफोबिक एउटा यस्तो डर हो, जहाँ मान्छे आफूलाई सानो कोठामा बन्द भएको महशुश गर्छ । दीपिकाले यो भूमिका आफ्ना लागि भावानात्मक रुपमा पनि कठिन भएको बताइन् । एसिड पीडित एक किशोरीको बारेमा सोच्नु र उनको स्थानमा आफूलाई राख्नु सजिलो काम नभएको दीपिकाले बताइन् ।

दीपिकाले सन् २०१८ मा चलचित्र ‘छपाक’को काम सुरु गरेकीथिइन् । यो समयमा उनी र नायक रणवीर सिंहको बिहेको काम पनि चलिरहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...