Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीकाे सामुदायिक वनमा बाघ मृत फेला

spot_img
spot_img

वीरगंज । चितवन राष्ट्रिय निकुञ्ज भित्र एउटा बाघ मृत फेला परेको छ । राष्ट्रिय निकुञ्ज अन्तरगत ठोरी -३ मा पर्ने वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने जङ्गलमा वयस्क बाघ मृत फेला परेको हो ।

बुधबार सामुदायिक वन क्षेत्रमा घाँसदाउरा लिन गएका स्थानीयले करीब १० बजेतिर गाउँबाट करिब १ किलाेमिटर भित्र जङ्गलमा मृत अवस्थामा रहेको बाघ फेला पारेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए ।

उनले उक्त बाघ बङ्गाल टाइगर प्रजातिको भएको बताउँदै मृत्यु हुनुको कारण अनुसन्धान पछि मात्र खुल्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराबाट पशु चिकित्सक सहितको विज्ञ टोलि घटनास्थलमा आउँदै गरेको समेत अध्यक्ष बस्नेतले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले निकुन्जका अनुसन्धान टोली घटनास्थल स् पुगेका बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...