Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

ठोरीकाे सामुदायिक वनमा बाघ मृत फेला

spot_img
spot_img

वीरगंज । चितवन राष्ट्रिय निकुञ्ज भित्र एउटा बाघ मृत फेला परेको छ । राष्ट्रिय निकुञ्ज अन्तरगत ठोरी -३ मा पर्ने वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने जङ्गलमा वयस्क बाघ मृत फेला परेको हो ।

बुधबार सामुदायिक वन क्षेत्रमा घाँसदाउरा लिन गएका स्थानीयले करीब १० बजेतिर गाउँबाट करिब १ किलाेमिटर भित्र जङ्गलमा मृत अवस्थामा रहेको बाघ फेला पारेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए ।

उनले उक्त बाघ बङ्गाल टाइगर प्रजातिको भएको बताउँदै मृत्यु हुनुको कारण अनुसन्धान पछि मात्र खुल्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराबाट पशु चिकित्सक सहितको विज्ञ टोलि घटनास्थलमा आउँदै गरेको समेत अध्यक्ष बस्नेतले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले निकुन्जका अनुसन्धान टोली घटनास्थल स् पुगेका बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...