Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

महुवनमा शान्ति र लैगिंक वातावरण सभा

spot_img
spot_img

पाेखरिया । पर्साको सखुवा प्रसौनि गाउँपालिका वडा न. ५ महुवनमा बुधबार शान्ति र लैगिंक वातावरण सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनले मानव र वातावरणबिचको सम्बन्ध सन्तुलन भए मात्रै मानव जिवनले सार्थकता पाउने वताइन ।

खातुनले अँझै पनि समाजमा लैंगिक हिंसा तथा बिभेदीकरण जस्ता कुरीतीहरु जिवितै रहेकोमा दुखेसो पोख्दै यसको अन्त्यका लागि शिक्षामा शसक्तिकरण भएर लाग्नुपर्नेमा जोड दिइन ।

कार्यक्रमकी बिशिष्ट अतिथि पटेर्वासुगौलि गाउँपालिकाकी उपप्रमुख ममता महतो थारुले बिभेद विरुद्धको अभियान सबैलै आ आफ्नो घरबाट शुरु गर्नेपर्ने वताइन । घरमै छोरा र छोरी बिचको बिभेदको अन्तय नभए सम्म समाजमा बिभेद रही रहने बताउँदै महताेले छोरा वा छोरीको जन्म हुने बित्तिकै एउटा बिरुवा रोप्नुपर्ने धारणा राखिन ।

sabha_kalikatimesपिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज रामको सभापतित्वमा भएको कार्यक्रममा वडा न. ५ का अध्यक्ष रुपलाल यादब, स्थानिय दलित अगुवा गणेश महरा, स्माइल फर मिलियन्सका अध्यक्ष दिपक कुमार, युवा राजदुुत अभिषेक कपुर, सामाजिक मिडिया प्रचारक त्रिलोचन भल्ला, यात्राद्वारा महिला शसक्तिकरण नेपालकी अध्यक्ष सजना भडेल, सदस्यद्वय मनिषा धिताल, उदय खड्का, बालअधिकारकर्मी ज्योति साह, अशोक राम, ज्योति कलवार, गाउँपालिका बाल क्लब संजालका अध्यक्ष अर्जुन साह लगायतलकाे सहभागिता रहेकाे  थियाे ।

दलित समुदायको बिकासका लागि पिस फर दलित फाउण्डेशन र यु आर आई को सहकार्यमा स्माइल फर मिलियन्स नामक संस्थाले सम्मेलनको आयोजना गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...