Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

सरकारकाे अनुमति विना संचालनमा आएकाे वयाेधा अस्पतालकाे एक पछि अर्को रहस्य खुल्दै

spot_img
spot_img

वीरगंज । सरकारको इजाजत विनै अवैध रुपमा वीरगंजको गण्डकमा बयोधा अस्पताल सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागबाट स्वीकृति लिएर मात्र अस्पताल सञ्चालनमा आउनु पर्नेमा बयोधा अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएको बुझिएकाे छ ।

सो अस्पतालले सय बेड क्षमताको अस्पतालको रुपमा स्वीकृतिका लागि मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रालयले इजाजत नदिएपछि मन्त्रालयकाे ऐन कानुनलाई अवहेलना गर्दै स्वेच्छाले आफु खुसी सञ्चालकहरुले अस्पताल संचालन गरेका छन् । अस्पतालले स्वीकृति नपाउँदा अस्पताल संचालकका स्थानिय साझेदारहरुकाे बलमा स्थानिय तहको स्वीकृतिको भरमा अस्पताल चलेको छ ।

स्थानिय तहबाट स्विकृति लिई संचालनमा आएका अस्पतालहरुले विशिष्ट किसिमका राेगकाे परिक्षण र सल्यक्रिया गर्न नपाउने कानुनी बाध्यता हुदाहुदै पनि उक्त बाध्यताहरुलाई दरकिनार गर्दै सबै किसिमका सेवा प्रदान गरी सिंगाे नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयलाई अस्पतालका संचालकहरुले चुनाैति दिइरहे पनि सम्बन्धित निकाय चुपी साध्नु बुझि नसक्ने भएकाे छ ।

अस्पताल संचालकहरुले दुई तह गरी ओपनिङ्ग र ग्रेन्ड ओपनिङ्ग गरी वीरगंजका विभिन्न ख्याती प्राप्त अस्पतालहरु भन्दा सहज र सुलभ ढंगले उपचार गर्ने बताइए पनि उक्त अस्पतालमा नगन्य मात्रामा पुग्ने विरामीहरुबाट नेपाल सरकार स्वास्थ्य विभाग र मेडिकल ल्याब एशाेसियसन अफ नेपाल (मेलान) काे दर रेट विपरित चक्राे शुल्क अशुल्दै आएकाे एक पिडित बिरामीका कुरुवाले वताए ।

भडकिलाे भाैतिक संरचना र गुणस्तरहिन सेवा सुविधा दिएर अस्पतालले बारा, पर्सा तथा यस क्षेत्रका गरिव जनताकाे ढाड सेक्नुकाे साथै अस्पतालकाे नाममा स्थानिय मुख्य संचालक अशाेक बैधकाे गाेरख धान्दालाई अस्पताल मार्फत संरक्षण गर्ने मुख्य याेजना रहेकाे समाचार स्राेतले जनाएकाे छ ।

भारतबाट बसाई सरि सप्तरीबाट नेपाली नागरिक्ता लिएका गैर नागरिक किष्णा रुंगटा अस्पतालका मेन्टिनेश अफिसरकाे रुपमा रहनु भन्दा पनि वीरगंज अवस्थित विभिन्न एमबुलेन्स चालक देखी लिएर दलाल चिकित्सकहरुलाई कमिशनकाे प्रलाेभन देखाई विरामीहरुलाई बयाेधा अस्पतालमा भित्र्याउने अभियानमा सक्रिय रहेकाे अस्पतालका एक कर्मचारीले नाम नउलेख गर्ने शर्तमा वताएका छन् ।

यस बिषयमा अस्पतालका विभिन्न जिम्मेवार व्यक्त्तिहरु संग फाेन सम्पर्कमा बुझ्न पटक पटक प्रयास गर्दा पनि कसैले केही बताउन चाहेनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...