Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

भारत तर्फ लैजादै गरेकाे कस्मेटीक सामान सहित पिकअप र चालक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.४ तुलसीवर्वाबाट प्रहरीले कस्मेटीक सामान सहितकाे पिकअप र चालकलाई पक्राउ गरेकाे छ ।

ना.१ क २९१८ नं.को पिकअप गाडीमा Clinic Plus Shampoo, Ponds poweder, Dove Shop र Close-up लगायतका रु.१६ लाख बराबरको सामानहरु भारत तर्फ लैजादै गरेकाे अवस्थामा पक्राउ गरिएकाे जिल्ला  प्रहरी कार्यालय पर्साले जनाएकाे छ । बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पिकअप र बीरगंज महानगरपालिका वडा नं.२६ सुगौलीबिर्ता बस्ने पिकप चालक वर्ष ३५ को एजाज देवानलाई नियन्त्रणमा लिएकाे हाे ।

मंगलबार दिउसाे ३ बजेको समयमा छिपहरमाई गापाकाे तुलसीवर्वा हुदै राजश्व छली लगि रहेकाे अवस्थामा पक्राउ गरिएकाे पिकअप र चालक पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकाे सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पथलैयामा बुझाउने कार्य भईरहेको प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...