Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

छिपहरमाईमा टि २० क्रिकेट प्रतियाेगिता सुरु, पहिलाे खेलमा मुडली विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ चारगाँहामा ८ दिने टि २० क्रिकेट प्रतियाेगिता सुरु भएकाे छ ।  न्यू टाईगर युवा क्लबले आयाेजना गरेकाे प्रतियाेगिताकाे आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका युवा नेता मनिकान्त गुप्ताले उदघाटन गरेका छन् ।

आयाेजक क्लबका अध्यक्षका अध्यक्ष राजकिशाेर यादवकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा तरुण दल पर्साका काेषाध्यक्ष बलिष्टर साह,  नेपाली कांग्रेसका वाेथ सभापति इसरायल मियाँ, नेता बिश्वनाथ साह कानु, राजदेव यादव, बैजु यादव, उमेश यादव, प्रदिप गुप्ता लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

प्रतियाेगिताकाे आज भएकाे पहिलाे खेलमा मुडली क्रिकेट टिम विजयी भएकाे छ । भारत पश्चिमी चम्पारण मैनाटाड क्रिकेट टिमलाईलाई ५ विकेटले हराउदै पर्साकाे कालिकामाई गाउँपालिका १ मुडलीकाे क्रिकेट टिम विजयी भएकाे हाे ।

टस जितेर बैटिङ्ग गरेकाे मैनाटाडले मुडलीलाई ६८ रनकाे टार्जेट दिएकाे थियाे । जवाफी वैटीङ्गमा उत्रेकाे मुडलीले १३.२ ओेभर खेल्दै लक्ष्य प्राप्ती गरी विजयी भएकाे थियाे । ८ दिन सम्म चल्ने प्रतियाेगितामा नेपाल र भारतका गरी ८ टिमकाे सहभागिता रहने आयाेजक क्लबले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...