Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

पर्सामा १ वर्षको अवधिमा बलात्कार संग सम्बन्धित ३७ घटना

spot_img
spot_img

वीरगंज । पर्सामा बितेको १ वर्षको अवधिमा ६० वटा मानवअधिकार संग सम्बन्धित घटनाहरु भएको तथ्यांक अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साले सार्वजनिक गरेको छ ।

वीरगंजमा आयाेजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को बार्षिक पुर्व समिक्षा गोष्ठीमा बलात्कार, बलात्कार प्रयास, हत्या, हत्या प्रयास, परिवारजनबाट हत्या, अपहरण, मानव बेचबिखन लगायतका मानव अधिकार संग सम्बन्धित तथा अपराधिक घटनाहरु ६० वटा दर्ता भएको इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले वताए ।

इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा वि स.२०७५ पौष १८ गतेदेखी २०७६ पौष १० गतेसम्म बलात्कार सँग सम्बन्धित ३७ वटा, परिवाजनबाट हत्या ७, हत्या प्रयास १, एसिड प्रहार १, अपहरण १, प्रहरीको गोलि प्रहार २, मानव वेचबिखन ४, बहुविवाह ६, बिस्फाेट २,  घटनाहरु भएको प्रतिवेदन लामिछानेले प्रस्तुत गर्नु भयाे ।

कार्यक्रममा वाेल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिँह राठौरले समुदायिक प्रहरी कार्यक्रम अन्तर्गत छात्राहरुलाई मुख्य प्राथिमकता दिइएकाे वताए । खुल्ला सिमा भएको कारण सुरक्षा व्यवस्थामा चुनौति भएपनि प्रहरी सक्रीयता बढाएर निरन्तर प्रयास भइरहेको बताए ।

उनले पहिला सहमतीमा बस्नेहरु पनि पछि बलात्कारकाे घटनामा परिणत हुने गरेकाे समेत वताए । महिलाकाे सवालमा मात्र प्रहरी कार्यालयबाट सुचना लुकाउने गरिएकाे उनकाे भनाई थियाे ।

ensec samikxa gosthi_kalikatimes_n

मानव अधिकार निगरानी समाज पर्साका अध्यक्ष तवरेज अहमदको सभापतित्वमा भएको समिक्षा गोष्ठीमा नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, सामाजिक अभियानता प्रकाश थारु, मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव, पत्रकार महासंघ पर्साका सचिव युवारज खडका, काेषाध्यक्ष भुषण यादव, प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोठे मगर, संघिय प्रेस पर्साका अध्यक्ष आरके पटेल, भोलन्टियर वीरगंजका संयाेजक राजन श्रीवास्तव, समग्र उद्योग ट्रेड युनियनकी केन्द्रिय सदस्य गीता भण्डारी, अखिल नेपाल महिला संघ पर्साकी रंजु फुँयाल लगायतको सहभागिता रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...