Date
शनि, कार्तिक २१, २०८३
Sat, November 7, 2026

प्रशासनकाे मिलाेमताेमा कराेडाैं राजस्व चुहावट गर्दै खण्डेवाल दाजुभाई

spot_img
spot_img

वीरगन्ज । वीरगन्जका नामुद सुपारी तथा मरिच तस्कर पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवाल करोडौं राजस्व चुहावट गरि उम्कदै आएका छन् ।

वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी तिनैजना खण्डेलवाल दाजुभाई हुन् । तिनै जनाको नाममा संचालित ग्लोबल ट्रेड एग्जिम प्रा.लि., ब्राइट फर्चुन प्रा.लि., आर.एस.पी. ट्रेडिङ्ग प्रा.लि., आदित्य इन्टरनेशनल प्रा.लि., राजेश मेडिट्रेड प्रा.लि. तथा विमक्रिस इन्टरनेशनल प्रा.लि. फर्म वीरगन्जमा संचालनमा रहेको छ ।

यि ६ वटा फर्म उदाहारणका पात्र मात्रै हुन्, यि तिनैजना दाजुभाईको नाममा यस्ता दर्जनौं फर्महरु संचालनमा रहेको छ । फर्महरुको नाममा वैध तथा अवैध कारोबार गर्नुको साथै सुपारी तथा मरिचको तस्करी गर्दै आएका खण्डेलवाल दाजुभाईहरु नेपालको राजस्व चुहावट गरि राजस्व अनुसन्धान कार्यालयका केही कर्मचारीहरुको मिलोमतोमा उम्कदै आएका छन् ।

दर्जनौं फर्म संचालन गर्दै आएका खण्डेलवाल दाजुभाईले अवैध कारोबार गरि नेपाल सरकारको राजस्व छलि गरेको भन्दै छानविनका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा लिखित उजुरी पर्दा समेत राजस्व अनुसन्धान कार्यालयले छानविन प्रक्रियालाई अगाडि बढाएको छैन ।

खण्डेलवाल वीरगन्जका व्यापारी भएकै कारण र प्रशासन समक्ष राम्रो पहुँच भएकोले राजस्व अनुसन्धान कार्यालयका केही कर्मचारीहरुलाई प्रलोभनमा पारी आफु विरुद्ध परेको उजुरीको फाइललाई कार्यालयमै थन्काउन लगाएका छन् ।

यसरी नेपाल सरकारले राजस्व चुहावट गर्नेहरुलाई धमाधम पक्राउ गरि कानुनी दायरामा ल्याई रहेको अवस्थामा तिनैजना दाजुभाई पैसाको दम्भमा उम्किन सफल भएका छन् । खण्डेलवालले राजस्व छलि गरि रहेको भन्दै ४ महिना अघि नै राजस्व अनुसन्धान कार्यालय पथलैयामा लिखित उजुरी परेको छ तर खण्डेलवालको पहुँचले गर्दा त्यो उजुरी फाइललाई कार्यालयमा थन्काइएको बताइएको छ ।

तिनै जना दाजुभाई वीरगन्जमा सुपारी तथा मरिच तस्करी गरि कराडौं अकुत सम्पत्ति आर्जन गरेका छन् र ति सम्पत्तिलाई नेपालको विभिन्न भागमा जग्गा घड़ेरीमा लगानी गरेका छन् । नेपालमा थुपार्न नसकेर भारतमा समेत आफ्नों नाम अथवा श्रीमतीको नाममा सम्पत्ति आर्जन गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

तिहारको रौनकसँगै नेशनल मेडिकल कलेजमा रंगोली प्रतियोगिता

वीरगंज । तिहार २०८३ को अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम भएको छ । कलेजको...

सुन्तलाको भन्सार कागजातमा प्रतिबन्धित केरा ढुवानी, वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न

वीरगञ्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र बनाएर प्रतिबन्धित केरा नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न...

वीरगञ्ज बाल सुधार गृहमा बालकमाथि हिंसा, औँला काटिएको परिवारको दाबी

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा एक बालकको औँला काटिएको घटना सार्वजनिक भएको छ। घटनामा प्रहरी र सुधार गृहमा रहेका अन्य बालकको संलग्नता...