Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बलात्कारका आराेपितकाे जन्म मिति किर्ते गरेकाे आराेपमा वडा सचिव पक्राउ

spot_img
spot_img

वीरगंज । बाराकाे पचरौता नगरपालिका वडा नं. ४ र ५ का वडा सचिव प्रभु पडितलाई प्रहरीले पक्राउ गरेकाे छ । सरकारी कागज किर्ते गरेकाे आराेपमा सचिव पिडितलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पचरौता नगरपालिका वडा नं.४ स्थित सडकमा एउटी  केटीलाई साेही नगरपालिका वडा नं.५ बस्ने वर्ष १८ को सोहन भन्ने जितेन्द्र महतो नुनियाले बाटो रोकीछेकी जबरजस्ती नजिकै रहेको बगैचामा लगी जबरजस्ती करणी गरेका आराेपितकाे जन्म मिति किर्ते गरेकाे आराेपमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जबरजस्ती करणी उधोग कसूर गरी फरार रहेका निज अभियुक्त खोजतलाशको क्रममा मिति २०७६/०८/०५ गते पक्राउ परी सम्मानित बारा जिल्ला अदालतको मिति २०७६/०९/०१ गतेको आदेशले हाल मुद्दा पुर्पक्षको सिलसिलामा कारागार कार्यालय बीरगंज थुनामा रहेको घटनामा अभियुक्तलाई फाईदा तथा पिडितलाई हानी, नोक्सानी पुर्‍याउने नियतले किर्ते गरेकाे आराेपमा वडासचिव पण्डितलाई पक्राउ गरिएकाे प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

प्रहरी कार्यालय बाराले जनाए अनुसार वडा सचिव पण्डितले २०५८ सालमा जन्म भएका अभियुक्तलाई २०६० सालमा जन्म भएको भनि किर्ते कागज तयार गरेको भनि पचरौता नगरपालिका वडा नं.५ को कार्यालय बारा तथा पिडित समेतबाट उजुरी प्राप्त पश्चात लिखत सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी निज वडासचिवलाई बुधबार पक्राउ गरी बारा जिल्ला अदालतबाट पहिलो पटक ५ (पाँच) दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...