Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बलात्कारका आराेपितकाे जन्म मिति किर्ते गरेकाे आराेपमा वडा सचिव पक्राउ

spot_img
spot_img

वीरगंज । बाराकाे पचरौता नगरपालिका वडा नं. ४ र ५ का वडा सचिव प्रभु पडितलाई प्रहरीले पक्राउ गरेकाे छ । सरकारी कागज किर्ते गरेकाे आराेपमा सचिव पिडितलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पचरौता नगरपालिका वडा नं.४ स्थित सडकमा एउटी  केटीलाई साेही नगरपालिका वडा नं.५ बस्ने वर्ष १८ को सोहन भन्ने जितेन्द्र महतो नुनियाले बाटो रोकीछेकी जबरजस्ती नजिकै रहेको बगैचामा लगी जबरजस्ती करणी गरेका आराेपितकाे जन्म मिति किर्ते गरेकाे आराेपमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जबरजस्ती करणी उधोग कसूर गरी फरार रहेका निज अभियुक्त खोजतलाशको क्रममा मिति २०७६/०८/०५ गते पक्राउ परी सम्मानित बारा जिल्ला अदालतको मिति २०७६/०९/०१ गतेको आदेशले हाल मुद्दा पुर्पक्षको सिलसिलामा कारागार कार्यालय बीरगंज थुनामा रहेको घटनामा अभियुक्तलाई फाईदा तथा पिडितलाई हानी, नोक्सानी पुर्‍याउने नियतले किर्ते गरेकाे आराेपमा वडासचिव पण्डितलाई पक्राउ गरिएकाे प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

प्रहरी कार्यालय बाराले जनाए अनुसार वडा सचिव पण्डितले २०५८ सालमा जन्म भएका अभियुक्तलाई २०६० सालमा जन्म भएको भनि किर्ते कागज तयार गरेको भनि पचरौता नगरपालिका वडा नं.५ को कार्यालय बारा तथा पिडित समेतबाट उजुरी प्राप्त पश्चात लिखत सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी निज वडासचिवलाई बुधबार पक्राउ गरी बारा जिल्ला अदालतबाट पहिलो पटक ५ (पाँच) दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...