Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज श्रीपुर स्थित खाजा पसलमा आगलगी, ५ लाख बराबरकाे क्षति

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरमा आज दिउसाे आगलगी भएकाे छ । वडा प्रहरी कार्यालय श्रीपुर नजिक मेन राेड स्थित रहेकाे खप्डाकाे घरमा ग्यसा लिक भएर आगलगी भएकाे प्रहरीले जनाएकाे छ ।

पर्साकाे बहुदरमाई नगरपालिका डकैला बहुअरी निवासी गया साह राैनियारकाे घरमा संचालित २ वटा खाजा पसलमा दिउसाे ३ बजे आगलगी भएकाे वडा प्रहरी कार्यालय श्रीपुरले जनाएकाे छ । वीरगंज श्रीपुर निवासी बरेलाल साह साेनार र रामराज चाैधरीले संचालन गरेकाे खाजा पसलमा भएकाे आगलगीले ५ लाख बराबरकाे क्षति भएकाे पिडितले जनाएका छन् ।

आगलगीले साेनारकाे खाजा पसलमा रहेकाे भाँडा ब्रतन, टेबुल, कुर्सी, फ्रिज, पंखा लगायतकाे सरसामान जलेर नष्ट भएकाे पिडितले वताएका छन् । साे नजिकै रहेकाे चाैधरीकाे खाजा पसल पनि पुर्ण रुपले जलेर नष्ट भए पनि त्यसमा रहेकाे सरसामान निकालिएकाे प्रहरीले जनाएकाे ।

वीरगंज महानगरपालिकाबाट पुगेकाे दमकल, स्थानिय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...