Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

१६ बर्ष अगाडीका डाका मुद्धाका फरार अभियुक्त अंसारी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ प्रशुरामपुरबाट एक फरार अभियुक्तलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाले साेही ठाउँ निवासी ६० बर्षीय महम्मद गन्नी अंसारीलाई पक्राउ गरेेकाे हाे ।

पर्सा जिल्ला अदालतको मिति २०५९।०६।०८ गतेको फैसलाले ६ बर्ष कैद र रु ३६ हजार ४ सय ३२ जरिवाना तोकिएको डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

१६ बर्ष अगाडी डाका मुद्धाका फरार अभियुक्त अंसारीलाई बिहिबार राती उनकै घर नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिशेष सुराकीको आधारमा प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएको र आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेकाे प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...