Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रभु अस्पतालमा २ महिलाकाे मृत्युकाे कारण बारे यस्तो भन्छ अस्पताल

spot_img
spot_img

वीरगंज । वीरगंज पानीटंकी स्थित रहेको प्रभु अस्पतालमा प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको हो ।

अस्पतालकी डा. लक्ष्मी थापाले पुस ८ गते मंगलबार राती ८:४२ बजे सुनिताकाे सल्यक्रिया गरी प्रसुति गराएकी थिइन । अस्पतालले जनाए अनुसार पुस ९ गते बुधबार विहान ३ बजे सुनिताकाे पिसाब राेकिएकाे थियाे । पिसाब नभए पछि अस्पतालले डायलायसीसकाे लागि सुनिताकाे आफन्तलाई सलाह दिएकाे अस्पतालका मेडिकल डाइरेक्टर डा. अभिषेक आर्यालले वताए ।

अस्पतालले रेफर गरे पछि भरतपुर गएकी सुनिताकाे पुस १० गते राती नै मृत्यु भएकाे मृतकका आफन्त साहेब ठाकुरले वताए । ओमप्रकाश ठाकुरकी श्रीमती सुनिताको अस्पतालकी डा. थापाकाे लापरवाहीले मृत्यु भएको ओमप्रकाशका दाई साहेबले आराेप लगाए ।

यता वीरगंजकी अमृता पुस ८ गते नै मंगलबारका दिन प्रभु अस्पतालमा भर्ना भएकी थिइन् । पुस ९ गते बुधबार विहान अस्पतालकी डा. थापाले उनको सल्यक्रिया गरे उनी छाेरा पाएकी थिइन । डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको थियाे । उपचार कै क्रमा बुधबार दिउसाे १२ बजे अमृताकाे पनि अचानक पिसाब रोकियाे ।

अस्पताले जनाए अनुसार अमृतालाई औषधी दिए पछि दिउसाे २ बजे पिसाब आयाे । त्यस पछि दिउसाे ४ बजे सुनितालाई भेन्टिलेटरमा राखियाे । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सांझ ५:४० बजे सुनिताकाे धडकन वन्द भयाे र सांझ नै अचानक अमृताकाे मृत्यु भयाे ।

अस्पताल र अस्पतालकी डा. थापाकाे लापरवाहीको कारण नै अमृताकाे मृत्यु भएकाे आरोप अमृताको आफन्तजनकाे पनि छ ।

यस विषयमा अस्पतालकी डा. थापा संग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन । पछि घटनाकाे कारण थाह पाउन अस्पताल पुग्दा अस्पतालमा भेटिएका डा. अर्यालले मृत्युकाे कारण वताउन नसकिने वताए । उनले भने दुबै महिलाकाे पिसाब राेकिए पछि नै मृत्यु भएकाे देिखिन्छ तर पिसाब के कारणले र किन राेेकियाे भने थाह पाउन सकिएकाे छैन ।

घटना बारे अनुसन्धान गर्नकाे लागि मेडिकल काउन्सिललाई पत्रचार समेत गरि सकिएकाे उनकाे भनाई थियाे । अस्पतालले गरेकाे अप्रेशन मध्ये २ दिनमा २ जनाकाे मृत्यु भए पछि अस्पतालमा अप्रेशन गर्ने कार्यलाई हालकाे लागि राेकिएकाे समेत उनले जानकारी गराए ।

यता डा. थापा माथी पहिला देखी नै कमिशनकाे भरमा औषधी चलाउने गरेकाे आराेप लाग्दै आएकाे छ । बढी कमिशन पाउने कम्पनीकाे औषधी डा. थापाले चलाउने र लेख्ने गरेकाे आराेप केहि समय पहिला देखी नै लाग्दै आएकाे थियाे । यस्ताे घटना भए पछि डा. थापा माथी थप प्रशन चिन्ह खडा भएकाे जानकारहरु वताउँछन् । मृत्युकाे कारण औषधी वा डाक्टर मध्ये कुनै एक हुन सक्ने अस्पतालकाे पनि बुझाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...