Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

प्रभु अस्पतालमा २ महिलाकाे मृत्युकाे कारण बारे यस्तो भन्छ अस्पताल

spot_img
spot_img

वीरगंज । वीरगंज पानीटंकी स्थित रहेको प्रभु अस्पतालमा प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको हो ।

अस्पतालकी डा. लक्ष्मी थापाले पुस ८ गते मंगलबार राती ८:४२ बजे सुनिताकाे सल्यक्रिया गरी प्रसुति गराएकी थिइन । अस्पतालले जनाए अनुसार पुस ९ गते बुधबार विहान ३ बजे सुनिताकाे पिसाब राेकिएकाे थियाे । पिसाब नभए पछि अस्पतालले डायलायसीसकाे लागि सुनिताकाे आफन्तलाई सलाह दिएकाे अस्पतालका मेडिकल डाइरेक्टर डा. अभिषेक आर्यालले वताए ।

अस्पतालले रेफर गरे पछि भरतपुर गएकी सुनिताकाे पुस १० गते राती नै मृत्यु भएकाे मृतकका आफन्त साहेब ठाकुरले वताए । ओमप्रकाश ठाकुरकी श्रीमती सुनिताको अस्पतालकी डा. थापाकाे लापरवाहीले मृत्यु भएको ओमप्रकाशका दाई साहेबले आराेप लगाए ।

यता वीरगंजकी अमृता पुस ८ गते नै मंगलबारका दिन प्रभु अस्पतालमा भर्ना भएकी थिइन् । पुस ९ गते बुधबार विहान अस्पतालकी डा. थापाले उनको सल्यक्रिया गरे उनी छाेरा पाएकी थिइन । डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको थियाे । उपचार कै क्रमा बुधबार दिउसाे १२ बजे अमृताकाे पनि अचानक पिसाब रोकियाे ।

अस्पताले जनाए अनुसार अमृतालाई औषधी दिए पछि दिउसाे २ बजे पिसाब आयाे । त्यस पछि दिउसाे ४ बजे सुनितालाई भेन्टिलेटरमा राखियाे । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सांझ ५:४० बजे सुनिताकाे धडकन वन्द भयाे र सांझ नै अचानक अमृताकाे मृत्यु भयाे ।

अस्पताल र अस्पतालकी डा. थापाकाे लापरवाहीको कारण नै अमृताकाे मृत्यु भएकाे आरोप अमृताको आफन्तजनकाे पनि छ ।

यस विषयमा अस्पतालकी डा. थापा संग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन । पछि घटनाकाे कारण थाह पाउन अस्पताल पुग्दा अस्पतालमा भेटिएका डा. अर्यालले मृत्युकाे कारण वताउन नसकिने वताए । उनले भने दुबै महिलाकाे पिसाब राेकिए पछि नै मृत्यु भएकाे देिखिन्छ तर पिसाब के कारणले र किन राेेकियाे भने थाह पाउन सकिएकाे छैन ।

घटना बारे अनुसन्धान गर्नकाे लागि मेडिकल काउन्सिललाई पत्रचार समेत गरि सकिएकाे उनकाे भनाई थियाे । अस्पतालले गरेकाे अप्रेशन मध्ये २ दिनमा २ जनाकाे मृत्यु भए पछि अस्पतालमा अप्रेशन गर्ने कार्यलाई हालकाे लागि राेकिएकाे समेत उनले जानकारी गराए ।

यता डा. थापा माथी पहिला देखी नै कमिशनकाे भरमा औषधी चलाउने गरेकाे आराेप लाग्दै आएकाे छ । बढी कमिशन पाउने कम्पनीकाे औषधी डा. थापाले चलाउने र लेख्ने गरेकाे आराेप केहि समय पहिला देखी नै लाग्दै आएकाे थियाे । यस्ताे घटना भए पछि डा. थापा माथी थप प्रशन चिन्ह खडा भएकाे जानकारहरु वताउँछन् । मृत्युकाे कारण औषधी वा डाक्टर मध्ये कुनै एक हुन सक्ने अस्पतालकाे पनि बुझाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...