Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1048

श्री ब्रमह स्थान प्रा.वि. को विद्यालय व्यवस्थापन समिति विस्तार

वीरगंज, १७ फागुन ।
श्री ब्रमह स्थान प्रा.वि. लहावरथकरीको विद्यालय व्यवस्थापन समिति विस्तार भएको छ । पकहा मैनपुर गाउँपालिकाको वडा नं. ४, लहावरथकरी स्थित रहेको विद्यालयको व्यवस्थापन समिति सिकेन्द्र यादवको अध्यक्षतामा गठन भएको हो ।

जुन समितिमा ओफिफा खातुन, सुरस्वती देवी, दिलिप शर्मा, लतिफ मियाँ, मंतुरा देवी रहेका छन । यस्तै नव गठि विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालयका प्रतिनिधि शोशिला देवी, शिक्षक प्रतिनिधि किरण कुमारी चौरसिया, प्रधानाध्यापक अशोक कुमार साह रहेका छन ।

यस अघि पनि केहि समय पहिला विद्यालय व्यवस्थापन समिति गठन भए पनि गाउँपालिका कार्यालयको सिफारिस अनुसार जिल्ला शिक्षा समन्वय इकाई कार्यालय, पर्साको फागुन १ गतेको पत्र अनुसार खारेज भएको थियो । त्यस पछि पुनः फागुन १४ गते बुधबार भएको अभिभावक भेलाले सर्व सहमत विद्यालय व्यवस्थापन समितिको लागि ४ जना सदस्य चयन गरेको थियो भने आज त्यस सदस्यहरुले समिति विस्तार गरेका हुन ।

नव गठित विद्यालय वइवस्थापन समितिको सपथ ग्रहण कार्यक्रम फागुन २७ गते गरिने वताइएको छ ।

प्राकृतिक विपती सम्बन्धी कृतिम घटना अभ्यास

वीरगंज, १७ फागुन ।
जिल्ला स्तरिय कृतिम घट्ना अभ्यास शुक्रबार वीरगंजमा गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको आयोजनामा संघीय प्रहरी इकाई गुल्म वीरगंजको खेल मैदानमा भुकम्प, आगलगी लगायत प्राकृतिक विपतीको कृतिम घटना अभ्यास गरिएको हो ।

जिल्ला आपतकालिन कार्य संचालन केन्द्र (समन्वय र सूचना व्यवस्थापन एवं संचालन), खोज तथा उद्वार, संरक्ष, खाद्य र कृषि तथा पशु, स्वास्थ्य तथा पोष्ण, वन, वातावारण तथा उधोग, शिक्षा, भौतिर पूर्वधार, आवास र गैर खाद्य सामग्रीको समुह नै वनाई कृतिम अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका राजन श्रीवास्तवले वताए ।

प्राकृति विपती आएको बेला संरक्षण, उद्वार, खोज र नियन्त्रणको लागि कृतिम अभ्यास गरिएको उनले वताए । जिल्ला विपद् व्यवस्थापन समिति, पर्साका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेम ध्वज साह, नेपाल रेडक्रस सोसाइटी, पर्साकी कार्यवाहक अध्यक्ष मधु राणा लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हावाले भुकम्प सृजना गरी र परालको घरमा आगो लगाई कृति अभ्यास गरिएको थियो । युनिसेफ नेपालको सहयोगमा र नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाको प्राविकधिक सहयोगमा कृतिम अभ्यास कार्यक्रम भएको थियो ।

लागु औषध ईन्जेक्सन सहित २ जना पक्राउ

वीरगंज, १७ फागुन ।
पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका वडा न.१० बस्ने बर्ष १७ को रितिल शाही र सोही ठाँउ बस्ने बर्ष २४ को सुभाष कार्की रहेका छन ।

ला.औ.नि.का.शाखा का.ब्यूरो पर्सा बीरगंजबाट खटिएको प्रहरी टोलीले जि.पर्सा बि.म.न.पा. वडा न.-१६, रजतजयन्ती चोक स्थित सडक खण्डबाट लागू औषध ईन्जेक्सन सहित दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिभिन्न सवारी साधन तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा दक्षिण भारतको रक्सौल तर्फबाट उत्तर बीरगंजतर्फ पैदल हिडी आउदै गरेका दुबै जनाको साथबाट लागु औषध ईन्जेक्सन डाईजेपाम ५० पिस, फेनारगन ५० पिस र नुर्फिन ५० पिस समेत फेला परेको प्रहरी कार्यालयले जनाएको छ ।

सो लागु औषध सहित रितिल शाही र सुभाषलाई नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अन्नत राज श्रर्माले वताए ।

यज्ञ अवधिभर माछा, मासु तथा मदिरा विक्री वितरणमा प्रतिबन्ध, विद्यालय पनि वन्द रहने

वीरगन्ज, १५ फागुन ।
वीरगन्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ आयोजक समितिले बुधबार आर्दशनगर स्थित रगंशालामा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको ९० प्रतिशत तयारी पुरा भएको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एंव वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताउदै यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने सुनिश्चित भइसकेको जानकारी गराए ।

 उनले १९ गते महायज्ञको उदघाटन राष्ट्रपति भण्डारीले गर्ने र यज्ञको समापन २२ गते प्रधानमन्त्री केपी ओली शर्माले गर्ने बताए । राष्ट्रपति भण्डारीले उदघाटन कार्यक्रमको पहिलो चरणमा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गर्ने र त्यसपछि युग निर्माणको लागी बनाईएको प्रदर्शनीको उदघाटन गर्नु हुने कार्यक्रम रहेको वताए । चार दिन सम्म हुने महायज्ञमा प्रत्येक दिन भिआईपीहरुको सहभागिता रहने महायज्ञ समितिले पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

२० गते देखि शुरु हुने यज्ञहवनमा ७५३ जना मुख्य जजमानहरुले पुजा गर्ने छन, भने हरेक पटकमा ३ हजार भक्तजनले पनि यज्ञमा सहभागिता जनाउदै गायत्री विधिअनुसार हवन तथा पुजापाठ गर्न सक्छन, मेयर सरावगीले भने, करिब ६० हजारले महायज्ञमा हवन गर्ने व्यवस्था मिलाइएको छ । दर्ता नगराएका भक्तजनहरुलाई हवन पछि सर्वसाधारणको लाइनमा बसेर पुजा तथा हवन गर्न पाईने छन ।

महायज्ञमा हुने अपार सहभागीतालाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले अन्य बिदाहरुमा मिलान हुने गरी महायज्ञ अवधिभरी वीरगन्जका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरुमा सार्वजनिक विदा दिईएको छ । प्रत्येक बर्षमा दिइने ९ दिने जाडो विदामा कटौती गरेर ४ दिन महायज्ञ अवधिभर सार्वजनिक विदा दिने व्यवस्था मिलाइएको मेयर सरावगीले जानकारी गराए ।

यज्ञ अवधिभर नगरक्षेत्रमा माछा, मासु तथा मदिरा विक्री वितरणमा पनि प्रतिबन्ध लगाईएको छ, धार्मिक यज्ञ भएकोले महानगरमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वमा नगरक्षेत्रमा संचालित माछा, मासु तथा मदिरा विक्री वितरण गर्ने सम्पूर्ण पसलहरु पूर्ण रुपमा बन्द गरिने छ, अटेरी गर्नेलाई स्थानिय सरकारको कानुन बमोजिम कारवाही समेत गरिने मेयर सरावगीले बताए ।

सुरक्षाको दृष्टीले नगर क्षेत्रमा जिल्लाको सुरक्षाकर्मी बाहेक थप ६ सय सुरक्षाकर्मी बाहिर जिल्लाबाट मगाईएको छ । महायज्ञ स्थल वरिपरी पनि निजि सुरक्षाकर्मी पनि व्यापक रुपमा खटाईने मेयर सरावगीले पत्रकार वोल्दै वताए । यज्ञस्थलको सुरक्षा जिम्मेवारी लिएको सेक्युरिटी कम्पनी जि फोर्सले सुरक्षा सर्तकता अपनाउदै प्राविधियुक्त ३ सय ६० डिग्रीमा घुम्ने सिसी क्यामरा समेत जडान गरेको छ ।

यसले गर्दा यज्ञ वरिपरीको हरेक गतिविधि सुक्ष्मरुपमा नियाल्न सक्ने व्यवस्था समेत मिलाइएको छ । यज्ञमा सहभागि हुने क्षमताभन्दा बढी मानिस सहभागि हुन खोजे प्रविधियुक्त जडान गरिएको क्यामराको माध्यमले अटोम्याटिक भित्र प्रवेष गर्ने मेन गेट आफै बन्द हुने छ, र बाहिर जानको लागि बाहिरिने गेट खुल्ला रहि रहने छ ।

महानगरको ३० लाखको भौतिक निर्माण सहयोगमा करिब २ करोडको लागतमा महायज्ञको हुन लागेको यज्ञमा ४० देशका करिब ६ देखि ७ लाख पाहुनाहरुको सहभागिता हुने अनुमान आयोजक समितीले गरेको छ । यज्ञमा सहभागि हुनेको खानाको व्यवस्था र भिआईपीहरुको सेवा सतकार सम्पूर्ण तयारी भईसकेको आयोजक समितिका सह संयोजक अशोक बैद्यले पत्रकार सम्मेलनमा जानकारी गराए । उनले यज्ञका सहभागि हुने आगन्तुहरुको खानाको लागि बाल मन्दिर परिसरमा व्यवस्था मिलाईएको छ ।

पाहुनाहरुको वाँस व्यवस्थापनको जिम्मा पाएका समाजिक अभियन्ता ओम प्रकाश सर्राफले यज्ञमा सहभागि हुन आएका बाहिरका पाहुनाहरुको लागि वाँस व्यवस्थापन पुरा भएको जानकारी गराए । वीरगन्जको ठाराबको गल्र्स होस्टेल, घण्टाघर नजिकै रहेको विपी उद्यानको जग्गामा पण्डाल निर्माणको कार्य तिव्ररुपमा भईरहेको छ उनले भने, नगरको हरेक धर्मशाला, होटलहरु बुक गरीसकेका छौ, बाकी रहेको कामहरु एकदुई दिनभित्र सम्पूर्ण तयारी पुरा गर्छौ ।

पाहुनाहरुको सेवा सतकारको लागि स्थानिय ५ हजार युवाहरु स्वयसेवकको रुपमा परिचालन गरिएको छ । पत्रकार सम्मेलनमा समितिका महासचिव छोटेलाल प्रसादले भारतको गुजरात, महाराष्ट्र, राजस्थान, विहार, युपि लगायतको राज्यबाट करिब साढे सात सय गायत्री परिवारका सदस्यहरु आईपुगेका छन भने अरु आउने क्रममा जारी रहेको छ । उनले भने, दैनिक एक÷दुई सय जनाको दैनिक आउने क्रम जारीरहेको छ, सवैजना महायज्ञ तयारी पुजा गर्न जुटेका छन ।

पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, महायज्ञ सफल बनाउन गठित मिडिया कोडिनेटर समितिका संयोजक महेश दासको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सह संयोजक अनिल तिवारी लगायतको सहभागिता रहेको थियो ।

हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी

काठमाण्डाै, १५ फागुन ।

ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ ।

दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप-महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ तथा अर्जुन घिमिरेको  निधन भएको छ ।

दुर्घटनामा परि एयर डाइनेस्टीका पाइलट प्रभाकर  केसीको पनि निधन भएको छ । सबैको मृत्यु भएको पुष्टी भएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएकाे जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ । पाथिभराबाट तेह्रथुममा रहेकाे चुहानडाँडा विमानस्थलकाे अवलाेकनका लागि उडेको हेलिकप्टर पाथिभरा नजिकै  तारेभिरमा दुघर्टना भएको हो ।

एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुङ गएको थियो ।

दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । स्थानीय नागरिक घटनास्थलमा पुगिसकेको भए पनि जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीको टोली पुग्दै छ ।

अटलका “बा”

         “बा”
गाँउको सिरानीमा रहेको
हुलाक घरको रातो भित्तामा
रातै अक्षरले जुनदिन लेखियो
“नयाँ जनवादी क्रान्ति जिन्दाबाद”
इतिहासले आजादीको माग गर्दा
देशै भरी क्रान्तिको मशाल दन्किदा
नै सुरु भयको थियो रे मेरो गाँउमा
जनयुद्धको बहस, जनमुक्तिको बहस

त्यहि वर्ष हो कमरेड
भित्तामा राता अक्षर लेख्ने मध्यका एक
मुरा “बा” को शरीर रित्तियको
मेरी आमाको सिन्दुर,
हजरआमाको काख रित्तियको
मेरो सपना र भविस्य रित्तीएको ।

म सानो छदा
घरपारीको कान्लाबाट साथीले “बा” भनी बोलाउदा
काला पहाड बाट मिठाई बोकेर
भर्खरै गाँउ झरेका उसका “बा” ले हजुर भनेका थिए ।
मिठाई बोकेर मेरा फर्कीने आशामा
मैले धेरै चोटी बोलाय “बा” भनेर
धेरै पटक हेरे, जंगलको बाटो
अहं मेरा बा कहिल्यै फर्कीएनन् ।

तर आज मेरा “बा”का
सहयोद्धाहरु फर्कियका छन् ।
कुनै वेला रातो झोलामा
कम्युनिष्ट घोषणापत्र बोकेर आउने
मेरा बा का सहयोद्धाहरु
आज रातो नम्बर प्लेटको बहानमा
धुलो उडाँउदै आएका छन ।
सडक छेवैमा उभिएको म
बा का सहयोद्धाले उडाएको धुलो लाई
टप्प टिप्छु
नियालेर हेर्छु नजिकबाट
धुलोमा मिसीएका राता कणहरु
मेरो बा का रगतका थोपाहरु त हैनन् ?

रातो अक्षर, रातो किताब
रातो झण्डा, बोकै कारण
रगत बगाएका मेरा “बा” का
राता सपना खोज्न रातै झोला बोकेर ,
निष्कीएको छु घरबाट म

तर बाटोमा
शरीरभरी गोली र घाउ
बेशाहारा बनेका आमा र वाउ
बिदेशमा जनयोद्धाको प्रातडना
शहिद र बेपत्ता योद्धाका
छोरा छोरीको बिचल्ली
अस्पतालमा घाईतेहरुको रोदन
देख्नु नपरे हुन्थो नी है
बलिदानका अनगीन्ती गाथाहरु
उत्पिडन र यातनाका नटुङ्घीने कथाहरु
संगै
बिर्सु भनेर पनि बिर्सीन नसकिने
केवल सम्झनामा मात्र नाचि रहने मेरा बा
कहिल्यै बोल्दैनन
तस्बिरमा मात्र मुस्कुराई रहन्छन ।
र पनि वलिदानको मुल्य
उनको नाम संग शहिद, राज्यले नलेखे सम्म
म बोलाई रहने छु , नबोल्ने मेरा “बा” लाई
“बा”……. ए “बा” !!

लेखक : अटल आचार्य अनेरास्ववियु (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष हुन ।

फोटो पत्रकार महासंघ प्रदेश नं. २ को संयोजकमा राम सर्राफ सर्वसम्मत

जनकपुर, १४ फागुन ।

नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर २ को संयोजकमा वीरगंजका फोटो पत्रकार राम सर्राफ सर्वसम्मत चयन भएका छन । मंगलबार जनकपुरमा भएको महासंघको प्रदेशस्तरीय भेलाले सर्राफलाई प्रदेश संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै सह संयोजकमा पंकज श्रेष्ठ, सचिवमा फणि महत, सह सचिवमा गणेश साह, कोषाध्यक्षामा दिवाकर भण्डारी र सदस्यमा श्रवण थापालगायत चयन भएका छन ।

फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आले, पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानलगायतको सहभागिता रहेको घोषणासभामा प्रदेश समिती चयन भएको हो । सर्राफ यसअघि फोटो पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरि सकेका ब्यक्ति हुन ।

घोषणा सभामा वोल्दै संयोजक सर्राफले फोटो पत्रकारहरुको पेशागत हकहितका लागि आफू सधैं लागि रहने वतए । फोटो पत्रकाहरुको पेशगत चुनौती समाधान र प्रवद्र्धनका लागि सरोकावाला निकाय र पक्षसित अधिकतम पहल र प्रयास गर्ने प्रतिबधता समेत उनले जनाए ।

Bangladesh plane ‘hijacker’ shot dead by Army

Bangladesh plane was attempted to hijack, yesterday.  According to local media “the flight was travelling from Bangladesh to Dubai”.

Hijacker was shot dead by Special Forces. The suspect, who reportedly warned he had a pistol, was killed when security forces stormed the plane after it made an emergency landing in Chittagong.

All the passengers and crew on the plane are safe.  . Army officials said the man, believed to be aged 25.

 

सशस्त्र प्रहरी पोखरियाद्वारा ठूलो परिमाणमा लागू औषध चरेश बरामद

वीरगंज, १३ फागुन ।
सशस्त्र प्रहरी पोखरियाले ठूलो परिमाण लागू औसध चरेश बरामद गरेको छ । जगरनाथपुर गाउँपालिकाको वडा न ६, औराहाबाट सोमबार विहान ८ बजे चरेश २८.५ के.जि र सेतो धुलो १५ केजि बरामद गरेको हो ।

बिशेश सुचनाको अधारमा गहु बालिमा लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध बरामद भएको सशस्त्र प्रहरी पोखरियाका प्रहरी निरीक्षक महेन्द्र थापाले वताए ।

आईतबार राती नै हामिलाई सुचना प्राप्त भए पनि खोजतलाश गर्दा फेला परेन तर आज विहान मात्र गहु बालीमा बरामद भएको प्रहरी निरिक्षक थापाले जानकारी गराए ।

बरामद भएको लागु औषध जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भईरहेको छ ।

वीरगंज हेल्थकेयर हस्पिटलमा एन्जियोप्लाष्टि सेवा शुरु

वीरगंज,११ फागुन
रोगहरुमा निकै नै जटिल बुझिएको मुटु उपचारको एन्जियोप्लाष्टिको वीरगंज स्थित वीरगंज हेल्थकेयर हस्पिटलमा शुरुवात भएको छ ।
वीरगंज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीले शनिवारदेखि सो सुविधा थप गर्दै सेवाको दिएका छन् । गंगालाल ह्दय केन्द्रबासवारीका दक्ष चिकित्सकहरुको सहकार्यमा मुटु उपचारको एन्जियोप्लाष्टिका सेवा शुरु गरेको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रदेश नं.२ मा तीन महिनादेखि एन्जियोग्राफी सेवा शुरु गरेका साथै अस्पताललाई प्रदेश २ कै मुटु रोगको लागि प्रदेशमै सुविधा दिन स्वास्थ्य मन्त्रालय सग समन्वय भइरहेको अस्पताललका प्रबन्ध निर्देशक अबुुलहैस अन्सारीले जानकारी दिनु भयो ।उहाले २०६७ साल देखि विविध विशेषज्ञ सेवा दिइरहेको अस्पतालले मुटु रोगीको लागि सेवा शुरुगरेकोमा खुशी व्यक्त गदैे मुटु उपचारको एन्जियोप्लाष्टिका सेवाले प्रदेश २ कै मुटुरोगीको लागि फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।गंगालाल ह्ृदयकेन्द्र बाँसबारीको वरीष्ठ मुटुरोग विशेषज्ञ डा.रबि मल्लले गंगालालमा एन्जियोप्लाष्टि गराउने कतिपय रोगीलाई समस्या हुने भएकाले यो सेवा वीरगंज बाट भयो भने निकै फाइदा हुने जानकारी दिनु भयो ।समयमा अस्पताल नपुग्दै कतिपय मुटुरोगीको ज्यान जानेभएकोले वीरगंजमा मुटु उपचारको एन्जियोप्लाष्टिका सेवा विस्तारसंगै आम विरामीको खर्च बचत हुनुको साथै राजधानी ओहोरदोहोरको समस्या पनि घटने उहाको भनाई थियो ।हाल सम्म यो अस्पतालले मुटुको नशा ब्लक भएको वा नभएको हेर्ने विधि एन्जियोग्राफीको नतिजा अनुसार २९ जनामा नशा ब्लक भएको पाइएको तथा काठमाडौंमा उपचार गराउन जाने विरामी मध्ये प्रदेश २ कै ८० प्रतिशत देखिने भएकोले सो सेवाको यहाँ आवश्यकता पनि रहेको महसुस भएको डाक्टरहरुले जानकारी दिनु भयो । मुटु रोगीको उपचारको लागि सरकारले विपन्न वर्गलाई अधिकत्ममा १ लाख सम्म सहयोगको व्यवस्था गरेपनि प्रदेश नं २ का अस्पतालहरुले मुटु उपचारको एन्जियोप्लाष्टिका सेवा सञ्चालनमा नल्याएको कारण राजधानीमा मात्र मुटुरोगीले उपचार गराउन जानु पर्ने बाध्यता रहेको बताएका थिए ।
पत्रकार सम्मेनलमा गंगालाल ह्रृदय केन्द्रका वरिष्ठ मुटुारोग विशेषज्ञ डा विनय रौनियार, हेल्थकेयरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एम ईजहार,डां अच्युतानन्दलाल कर्ण, हेल्थ केयरका न्यूरो सर्जन डा.फिरोज अफजल,डा.दिपक कुशवाहालगायतको सहभागिता थियो ।अस्पतालकी नर्सिग ईन्चार्ज भूमिका अधिकारीले स्वागत गरेकी थिइन् ।