Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1049

नेपाली कांग्रेस पर्सा क्षेत्र नं.१ द्वारा घरदैलो कार्यक्रम

वीरगंज, ११ फागुन ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं.१ले वीरगंज महानगरपालिको वड़ा न.२१, परवानीपुरको ताजपुर टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्रको स्थानिय स्तरमा बिकाशको कामको गति र स्थितिको निरीक्षण र अवलोकनको लागि उक्त घरदैलो गरिएको नेवि संघका नेता दिलिप राज कार्कीले वताए ।

पूर्व सांसद अनिल रुंगटाको अगुवाईमा र काँग्रेस पर्सा सभापति अजय दुवेदीको नेतृत्वमा घरदैलो भएको नेता कार्कीले जानकारी गराए ।

क्षेत्रीय सभापति बिजय सरार्फको अध्यक्षतामा र उप मेयर शान्ति कार्कीको विशेष उपस्थितिमा भएको कार्यक्रममा वीरगंज मनपाको वडा नं.२१ का वडा अध्यक्ष हबीब मिया,युवा नेता अनिल श्रीवत्सव, दिलीप राज कार्की, अनिल यादव लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी नेताहरूले स्थानिय संग छलफल समेत गरेका थिए । नेता रुंगटाले स्थानियहरुलाई आफ्नो बिकाशको काममा चनाखो भइ आफै सक्रियता देखाए बिकाश जिमावीरी रूपले अगाडि बढ़ने वताए । सभापति दुवेदीले कांग्रेस सत्तामा भए पनि न भए पनि सदैव जनताका साथ बिकाशको लागि सतर्क रहने वताए ।

त्यस्तै क्षेत्रीय सभापति सर्राफले हामी हाम्रो जिम्मेवारी टोल टोलमा उपस्थिति जनायेर देखाउने वताए । नेपाली कांग्रेसले प्रत्येक महीना महानगरको प्रत्येक वार्ड मा क्षेत्र नं.१ ले घरदैलो कार्यक्रम गरि बिकाश तथा जनताको शुखदुःख बारे भलाकुसारी गर्दै आएको वताईएको छ।

वीरगंजमा एक युवक माथी खुकुरी प्रहार, २ जना पक्राउ

वीरगंज, ९ माघ ।
वीरगंजमा बिहीबार राती एक जना युवक माथी खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारले वीरगंज १५, भिस्वा निवासी २७ वार्षिय अनुप सिन्ह घाइते भएका छन । घाइते सिन्हको उपचार नेशनल मेडिकल क्लेज वीरगंजमा भईरहेको छ ।

खुकुरी प्रहार गर्ने अशंकामा २ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा वीरगंज लक्षमनवा निवासी नन्द्न भनिने आकाश सिंह राजपुत र विराट झा रहेका छन ।

दुई समुह विच भिस्वामा झडप भएको जानकारीमा आएको र सोही क्रममा एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक आन्नत राज शर्माले वताए । पर्सा प्रहरीका प्रवक्ता समेत रहेका शर्माका अनुसार पक्राउ पर्ने २ जनाको साथबाट खुकुरी समेत बरामद भएको छ ।

झडप किन र के कारणले भयो अहिले रातीको समय रहेकोले भन्न नसकिने र अनुसन्धान भईरहेको शर्माले जानकारी गराए । घाईतेको पिठ्युँमा कटेको छ ।

बीमा/मुद्दती बचत खाताको उदघाटन तथा शुभारम्भ कार्यक्रम

प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत बिहिबार वीरगंजमा छोरी शिक्षा बीमा/मुद्दती बचत खाताको उदघाटन तथा शुभारम्भ कार्यक्रममा नृत्य गर्दै । तस्बिर : प्रणय साह

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा राष्ट्रपति भण्डारीद्वारा शुभारम्भ

वीरगंज, ९ फागुन ।
छोरी शिक्षाको लागि संघ, प्रदेश र स्थानिय सरकार प्रतिबद्ध हुन जरुरी रहेको राष्ट्रपति विद्या देवी भण्डारीले वताउनु भएकी छिन । वीरगंजमा मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा  बीमा/मुद्दती बचत खाता शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले तिनै तहका सरकारले छोरी शिक्षामा बजेट वृद्धि गरी साक्षरता उन्मुलन गर्नु पर्ने वताइन । उनले भनिन्न महिलालाई गुणस्तरिय, व्यवसायिक रोजगार सृजना गर्नु पर्छ ।

महिलाको समाजिक, आर्थिक, राजनितिक र सांस्कृतिक स्तर सुदृढ पार्न सबै तहमा नितिगत व्यवस्था गरी प्रभावकारी कार्यन्वयन हुन जरुरी रहेको उनले वताइन । हाम्रो अवश्यकता र अन्तराष्ट्रि अनुभवको अधारमा प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान कार्यन्वयनमा ल्याउन लागेको आफुले बुझेको भण्डारीले वताईन । यो अभियान प्रदेश नं. २ मा मात्र नभई अरु प्रदेशको लागि पनि अनुस्र्णीय होस भने विश्वास समेत व्यक्त गरिन ।

समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई सकार पार्न महिलालाई सम्मान अवसर दिनु पर्ने उनको भनाई थियो । उनले भनिन्न महिलाई शिक्षा, स्वास्थ्यमा सामान रोजगार दिनु पर्छ । आजको छोरी भोलिका देशका जिम्मेवार नागरिक हुन र एउटा छोरी शिक्षित भए पुरै परिवार शिक्षित हुने वताइन ।

हाम्रो समाजमा छोरी, बुहारी, महिला प्रति हुने भेदभावलाई अन्त्य गरी महिला सुरक्षा सुदृढ बनाउदै प्रतिष्ठीत जिवन विताउन महिलाको हक सुरक्षित बनाउनु पर्ने राष्ट्रपति भण्डारीले वताइन । हामीले सभ्य समाजको इतिहासलाई बिश्रन्नु नहुने वताइन ।

प्रदेश नं. २ को सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. २ का प्रमुख रत्नेशवरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत गद्दी, संघिय सांसद प्रदिप यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । त्रिजुद्ध मा.वि. वीरगंजमा भएको कार्यक्रममा माघ मिहिनामा जन्मेका १४ जना छोरीहरुलाई मुद्दती बचत खाता विमा योजनाको कागजता समेत हस्तान्तरण गरिएको थियो ।

पार्टी कसैको बपौति होइन, जनताको हो– सभापति देउवा

वीरगंज, ८ फागुन । ः
नेपाली काङ्ग्रेस पर्साले बुधवार वीरगंजमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले पार्टी्भित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पु¥याउने सबैलाई कारवाही हुने जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति देउवाले “काङ्ग्रेस पार्टी कसैको बपौती होइन, कोइराला थर हुदैमा काहा लेखेका छन् कि नेपाली कांग्रेस कोइरालाको हो यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्नेलाई कारवाही हुनेछ” बताउनु भयो ।
विगतको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताउदै जथाभावी बोल्दै हिँड्ने काङ्ग्रेसका नेता शेखर कोइरालालाई समेत कारवाही हुन सक्ने सभापति देउवाले प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी्भित्र शुद्धीकरणको अभियान संचालन गने आवश्यक रहेको धारणा व्यक्त गदैे सरकारको कमी कमजोरीका विषयमा जनताका अधिकार रक्षाका लागि सङ्र्घषमा होमिन काङ्ग्रेसका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार दिवेद्वीको अध्यक्षतामा आयोजित कार्यकर्ता भेलालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, फर्मुल्लाह मंसुर, अजयकुमार चौरसिया, गगन थापालगायत वक्ताले मुलुकमा बढ्दै गएको हत्या, हिंसा र बलात्कार, भ्रष्टाचार र महँगीले जनता पीडित भए पनि अधिनायकवादी सरकार बेखबर रहेकोे आरोप लगाउनु भयो ।

जिराभवानी गाउँपालिकाद्वारा पुन: छात्राहरुलाई नि:शुल्क साईकल वितरण

वीरगंज, ८ माघ ।
पर्साको जिराभवानी गाउँपालिकाले बुधबार एक कार्यक्रमका विच एक सय १९ जना छात्राहरुलाई नि:शुल्क साईकल वितरण गरेको छ । श्री ने.रा.मा.वि. सेढवामा भएको कार्यक्रममा कक्षा ९, १० र ११ मा अध्ययनरत छात्राहरुलाई गाउँपालिकाबाट नि:शुलक साईकल वितरण गरिएको हो ।

वडा नं. २ का वडा अध्यक्ष महादेव महतोको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष रामपृत महतोको प्रमुख आतिथ्यतामा भएको साईकल वितरण कार्यक्रमको विशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरि रहेका थिए ।

गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तर्गत साईकल वितरण गरिएको गाउँ कार्यपालिका कार्यालयले जनाएको छ । यस भन्दा पहिला पनि गाउँपालिकाबाट कक्षा ८, ९ र १० का छात्राहरुलाई साईकल वितरण गरि सकेको छ ।

राष्ट्रलाई समृद्ध बनाउन निजी क्षेत्रको लगानी अवश्यक – शेरबहादुर देउवा

प्रणय साह
वीरगंज, ८ फागुन ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमिन्त्रले राष्ट्रलाई समृद्ध बनाउन निजी क्षेत्रको लगानी अवश्यक रहेको बताउनु भएको छ । राष्ट्र समृद्ध बनाउन निजी क्षेत्रमा लगानी मैत्री बातावरणले स्वादेशि तथा विदेश लागनी मुलुकमा आक्रशित गर्ने बेला आएको जानकारी दिनु भयो ।
वीरगंज स्थित आदर्शनगरमा निर्माण भएको दयालु होलटलाई बुधबार उद्घाटन गर्दै सभापति देउवाले मुलुकमा बढ्दै गएको हत्या हिन्सार, भ्रष्टाचार र सरकारको अधिनायकवादी चरित्रले लगानी कर्तालाई लगानी लगानउन नसकिने धारणा व्यक्त गर्नु भयो ।
राष्ट्रलाई समृद्धीको बाटोमा लैजानबाट रोक्ने तत्वसंग नेपाली काँग्रेस जुधन तयार रोहको तथा लोकतन्त्र र समृद्धका लागि सधै संर्धषशिल रहने उहाले विचार व्यक्त गर्नुभयो ।
दयालु होटलका संचालक अनिल रुगङटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश नं. २ का मुख्य मिन्त्र लालबाबु राउत गद्दीले २ नं. प्रदेशको समृद्धीले नैं राष्ट्रलाई समृद्ध बनाउन सकिने जानकारी दिदै मुलुकमा लगानी गर्न लगानी कर्ता तयार रहेपनि कर्मचारी र निती निर्वाताबाट लगानी कर्तालाई अपमानित दुव्र्यवहारले लगानी हुँन नसकेको आरोप लगाउनु भयो।
एक अर्बको लागानिमा निर्माण भएको दश तल्ले अतिअधुनिक सुरविधा सम्पन्न होटलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व पर्राष्ट्रमन्त्रि प्रकास शरण महत, वरिष्ठ उद्योगपति विनोद चौधरी, लगायतका वक्ताले स्वादेशि लागनी भए मात्र मुलुकलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।

नेपालमा दिगो विकास लक्ष्य ६ को स्थानीयकरण प्रदेश स्तरीय वहुपक्षीय नीतिगत छलफल

जनकपुरधाम, ८ फागुन ।
नेपालमा दिगो विकास लक्ष्य ६ को स्थानीयकरण प्रदेश स्तरीय वहुपक्षीय नीतिगत छलफल प्रदेश नं. २ को जनकपुरधाममा सुरु भएको छ । वाटरएडको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल, प्रदेश नं. २ को आयोजनामा छलफल कार्यक्रम सुरु भएको हो ।

गैसस महासंघ प्रदेश नं. २ का अध्यक्ष धिरेन्द्र कुमार सिंहको अध्यक्षतामा र प्रदेश नं. २ का कानुन मन्त्री ज्ञानेन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भइरहेको छ ।

कार्यक्रमममा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुवदेव प्रसाद, उप महासचिव अर्जुन भट्टाराई, सचिव बैधनाथ चौधरी, केन्द्रिय सदस्य रामचन्द्र साह लगायतका प्रदेश अन्तर्गतका ८ वटा जिल्ला गैसस महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

पर्साका ३ दम्पतीसहित ८ जना सिन्धुलीमा पक्राउ

वीरगंज, ८ माघ ।
पर्सागढी नगरपालिका–४ बकनेरवा, मुसहरबस्तीका आठजना गाँजा प्रशोधन कार्यमा संलग्न रहेको अवस्थामा सिन्धुलीमा पक्राउ परेको समाचार छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले हिजो राति सूचनाको आधारमा हरिहरपुर गापाको क्यानेश्वरबाट पक्राउ गरेको बताएको छ ।

स्थानीय अमृत तामाड्ढो घरमा काटेर राखेको गाँजा प्रशोधन कार्यमा संलग्न रहेको अवस्थामा पर्सागढी नगरपालिका–४ बस्ने ४५ वर्षका जगदेवमाझी मुसहर, ४६ वर्षका बागरमाझी मुसहर, ४५ वर्षका डोंगा माझी मुसहर, ३५ वर्षीया लालमतीमाझी मुसहर, ४० वर्षिया भगवतीमाझी मुसहर, ३७ वर्षीया रोहनीमाझी मुसहर, ३६ वर्षीया तैइतीमाझी मुसहर र ३३ वर्षीया कुसुनीमाझी मुसहरलाई पक्राउ गरेको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

प्रउ सिंहका अनुसार सो स्थानबाट काटिएको करिब ५ ट्रक गाँजा र ५ किलो प्रशोधन गरिएको गाँजा बरामद भएको छ। सिन्धुलीमा मुसहर परिवारका पाँच महिला र तीनजना पुरुष पक्राउ परेको समाचारले बस्तीमा रुवावासी शुरू भएको छ। पक्राउ परेका आठजनालाई पहाडी समुदायका व्यक्तिले टोलमा आएर खेतीपातीको काम गराउने भनेर २० दिन अघि लगेका थिए ।

होलीमा घर पठाइदिने भनेर लगेको र एक्कासि गाँजा मुद्दामा पक्राउ परेको सुनेको पक्राउ परेका जगदेवमाझी मुसहरकी छोरी अञ्जलीकुमारीले बताइन् । अभिभावकहरू पक्राउ परेपछि मुसहर बस्तीमा उनीहरूका छोराछोरीहरूको बेहाल छ। पक्राउ परेका छजना पतिपत्नी हुन् ।  सभार : प्रतिक

प्रजातान्त्र दिवसको अवसरमा नेवि संघद्वारा दिप प्रजवलन

वीरगंज, ७ माघ ।

६९ औ प्रजातान्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पर्सा द्वारा मंगलबार वीरगन्जकाे घणटघरमा दिप प्रजवलन कार्यक्रम भएको छ । नेविसंघ पर्साका सभापति विस्वास रन्जन द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रमा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल प्रमुख अतिथी रहेका थिए ।

दिप प्रजवलन कार्यक्रममा नेका जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव , महाधिवेशन प्रतिनिधि किरन सरकार , बुथ सभापति अनिक श्रीवास्तव , तरुन दलका क्षेत्रीय सभापति अनिल यादव , नेविसंघ पुर्व केन्द्रिय सदस्य द्वय सुधिर पटेल , बद्री तिवारी , एकाइ सभापती अजय कर्न विद्यार्थी नेताहरु जितेन्द्र मिश्रा, बिकेस पतेल , रन्जन चौरसिया , राहुल रौनियार, अब्दुल कयुम , सुजित साह , सुमिर पाण्डे लगायत नेता कार्यकर्ताको विशेष उपस्थित रहयो ।

कार्यक्रमको सहजीकरण प्रभात सिंहले गरेका थिए । कार्यक्रममा ज्ञात अज्ञात सहित प्रती सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरियो तथा दीप प्रजवलन गरि कार्यक्रम सप्पन्न भयो ।