Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बाल सुधार गृहमा कम्बल बितरण

spot_img
spot_img

बिरगंज । वीरगंज महानगरपालिकाकाे वडा न. ४ बिर्ता स्थित रहेकाे बाल सुधार गृहमा कम्बल बितरण गरिएकाे छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा शुक्रबार एक सय ७ थान कम्बल वितरण गरिएकाे हाे ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षता र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा श्रीराम पिक्चर प्यालेसका संचालक रामदेव प्रसाद कलवारकी श्रीमती गौदमिया देबिको सहयोगमा कम्बल वितरण गरिएकाे हाे ।

तराईमा बढदै गएकाे चिसोको कारण बाल सुधार गृहमा रहेका बालबालीकाहरुकाे कस्टकर जिवन बिताईरहेको भन्ने खबरले गर्दा केहि राहत हुने हुदा कम्बल बितरण गरिएको अध्यक्ष ठकुराईले वताए ।

कम्बल बितरण कार्यक्रममा कलवार परिवारका सदस्यहरु लक्ष्मण प्रसाद कलवार, सामुदायिक सेवा केन्द्र छपकैया -२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सचिव प्रबिण बिक्रम शाह, पत्रकार महेश चन्द्र गौतम, अजित कुमार भुजेल,  राईजिङ्ग बिरगंज नेपालका अध्यक्ष आरजु, बाल सुधार गृहका प्रमुख प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव, छपकैयाप्रहरी बिटका प्रहरी सहायक निरीक्षक कुलदिप कुमार कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...