Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

प्रभु अस्पताल प्रकरण : पिडितले दिए डा. थापा विरुद्ध उजरी

spot_img
spot_img

वीरगंज । वीरगंज पानीटंकी स्थित भ्रखर संचालनमा आएकाे प्रभु अस्पताल एण्ड रिसर्च सेन्टरकी डा. लक्ष्मी थापा विरुद्ध आज जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी परेकाे छ ।

केही दिन पहिला अस्पतालमा मृत्यु भएका २ महिलाका आफन्तहरुले छुटा छुट्टै अस्पतालकी डा. थापा विरुद्ध उजरी दिएकाे पर्साका प्रहरी उपरिक्षक साेमेन्द्र सिंह राठाैरले वताए ।

अस्पतालमा एकै दिन अप्रेशन भएका बाराकाे पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको थियाे ।

मृतक सुनिताका जेठान साहेब ठाकुर र अमृताका श्रीमान् मनमाेहन साहले डा.थापा माथी आवश्यक कारवाहीकाे माग गर्दै उजरी दर्ता गराएका हुन् ।

अस्पतालकी डा. लक्ष्मी थापाले अप्रेशन गरेर प्रसुती गराएकी दुबै जनाकाे मृत्यु भएकाे थियाे । दुबै जनाकाे आफन्तहरुले अस्पताल र डा. थापाकाे लापरवाहीले मृत्यु भएकाे भन्दै आवश्यक छानविनकाे माग गर्दै उजरी दिएका हुन् ।

अस्पताल र प्रसुती राेग बिशेषज्ञय डा. थापाकाे लापरवाहीले दुबै जनाकाे मृत्यु भएकाे विभिन्न संचार माध्यमा समाचार प्रकाशन भए पछि अस्पतालका अध्यक्ष डा. मनाेज कुमार गुप्ताले नेपाल मेडिकल काउन्सिललाई छानविनकाे माग गर्दै पत्र समेत लेखेका थिए ।

मृत्युकाे कारण बारे अस्पतालले पनि बताउन सकेकाे छैन् भने मृत्यु पछि अस्पतालकाे प्रसुती सेवा बन्द भएकाे छ । तर मृत्यु भएका दुबै जनाकाे पाेष्टमार्टम समेत नहुनुले घटना दबाउन खाेजिएकाे धेरैले आराेप समेत लगाई रहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...