Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

प्रभु अस्पताल प्रकरण : पिडितले दिए डा. थापा विरुद्ध उजरी

spot_img
spot_img

वीरगंज । वीरगंज पानीटंकी स्थित भ्रखर संचालनमा आएकाे प्रभु अस्पताल एण्ड रिसर्च सेन्टरकी डा. लक्ष्मी थापा विरुद्ध आज जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी परेकाे छ ।

केही दिन पहिला अस्पतालमा मृत्यु भएका २ महिलाका आफन्तहरुले छुटा छुट्टै अस्पतालकी डा. थापा विरुद्ध उजरी दिएकाे पर्साका प्रहरी उपरिक्षक साेमेन्द्र सिंह राठाैरले वताए ।

अस्पतालमा एकै दिन अप्रेशन भएका बाराकाे पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको थियाे ।

मृतक सुनिताका जेठान साहेब ठाकुर र अमृताका श्रीमान् मनमाेहन साहले डा.थापा माथी आवश्यक कारवाहीकाे माग गर्दै उजरी दर्ता गराएका हुन् ।

अस्पतालकी डा. लक्ष्मी थापाले अप्रेशन गरेर प्रसुती गराएकी दुबै जनाकाे मृत्यु भएकाे थियाे । दुबै जनाकाे आफन्तहरुले अस्पताल र डा. थापाकाे लापरवाहीले मृत्यु भएकाे भन्दै आवश्यक छानविनकाे माग गर्दै उजरी दिएका हुन् ।

अस्पताल र प्रसुती राेग बिशेषज्ञय डा. थापाकाे लापरवाहीले दुबै जनाकाे मृत्यु भएकाे विभिन्न संचार माध्यमा समाचार प्रकाशन भए पछि अस्पतालका अध्यक्ष डा. मनाेज कुमार गुप्ताले नेपाल मेडिकल काउन्सिललाई छानविनकाे माग गर्दै पत्र समेत लेखेका थिए ।

मृत्युकाे कारण बारे अस्पतालले पनि बताउन सकेकाे छैन् भने मृत्यु पछि अस्पतालकाे प्रसुती सेवा बन्द भएकाे छ । तर मृत्यु भएका दुबै जनाकाे पाेष्टमार्टम समेत नहुनुले घटना दबाउन खाेजिएकाे धेरैले आराेप समेत लगाई रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...