Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

लंगडीकाे एक बाेर्डिङ्ग स्कुलमा चाेरी

spot_img
spot_img

वीरगंजपर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चाेक स्थित रहेको ब्लु हेभेन एकेडेमी ब्राेडिङ्ग स्कुलमा बिहिबार राती चाेरी भएकाे छ ।

रातीकाे समयमा स्कुलमा कोहि नभएको अवस्थामा अज्ञात समुहले स्कुलकाे कार्यालय र लेखा शाखाकाे ताला हेक्सा ब्लेडले काटेर चोरी गरेका छन् । स्कुलको कार्यालय कोठामा रहेको डेस्टप ३ थान, सिप्यु २ थान लगायतका सामग्री चाेरहरुले चोरेर लगेका छन् भने सिसिटीभी फुटाई क्षतीग्रस्त बनाएको पडित स्कुलका संचालक सुदिल पटेलले बताए ।

शुक्रबार बिहान स्कुलमा जादा सामान चोरी भएको हेर्दा अच्चम लागेका प्रिन्सपल समेत रहेका संचालक पटेलले बताए । प्रहरीले घटना स्थलमा पुगी क्षतीपुर्तीको विवरण संकल गरी चाेरहरुकाे खाेजितलाशमा लागेकाे ईलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ ।

इलका प्रहरी कार्यालय लंगडी नजिकै रहेकाे स्कुलमा चोरी हुनु दु:खद कुरा भएकाे स्थानियहरुले गुनासो गरेका छन । प्रहरीले गर्ने  रातीकाे समयकाे गस्तीमा चिसाे माैसमा कमी आएका कारण केही समय यता रुकेकाे चाेरीकाे घटना फेरी सुरु भएकाे हुन सक्ने स्थानियहरुकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...