Date
शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

वालुवा लाेड गरेकाे ६ वटा ट्रेक्टर लालपर्साबाट पक्राउ, प्रहरीले दु:ख दियाे ट्रेक्टर धनी

spot_img
spot_img

वीरगन्ज । पर्सा प्रहरीले शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साबाट बालुवा बोकेको ६ वटा ट्याक्टर सहित चालकलाई पक्राउ गरेको छ । भारत तर्फ बालुवा चोरी निकासी गरीरहेको आरोपमा एसपी सोमेन्द्र सिंह राठौरलाई पाएको विशेष सुचनाको आधारमा लालपर्साबाट ६ वटा ट्याक्टरमा लोड गरिएको बालुवा वीरगन्ज तर्फ ल्याईरहेको अवस्थामा चालक सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज ३१ बेल्वाका शेख जावेद, शेख जफरुदिन, रघुनन्दन साह, विर लक्ष्मण साह कानु, शेख सद्दाम र मोहमद कलामुदीन रहेका छन । उनीहरुले ना ४ त ४३६५, ना ७ त ३०६, ना ४ त ९२८६, ना ६ त ५४८१, ना ४ त ५३०० र ना ३ त ९३९१ नम्बरको ट्याक्टरमा बालुवा लोड गरी वीरगन्ज तर्फ ल्याईरहेका थिए । प्रहरीले वीरगन्ज भित्रियाउँन लागिएको बालुवा भारत तर्फ चोरी निकासी गर्न लागिएको भनि आएको विशेष सूचनाको आधारमा पक्राउ गरेको दावी गरेको छ ।

एसपी राठौरले भने, भारत तर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाएका हौ । पक्राउ परेका ६ जना मध्ये ४ जनालाई पक्राउ परेको चार घण्टा भित्र आफन्तको जिम्मामा प्रहरीले छाडेको छ । भारतमा अवैध रुपमा निकासी गर्न लागेको र आफूहरुलाई सिमा नजिकै श्रीसिया गाउँबाट पक्राउ गरेको भनि बयानमा जबरजस्ती हस्ताक्षर गराएर छाडेको शेख जफरुदीनले बताए ।

उनले भने, प्रहरीले कुटपिट गरेर जबरजस्ती बयानमा हस्ताक्षर गर्न लगाएको हो, हामी मध्ये सद्दाम र कलामुदीनले हस्ताक्षर गर्न नमानेपछि सार्वजनिक मुद्दा चलाउँने भनि धम्काउँदै थुनुवामा राखेका हुन् । दिउँसो सम्म बयानमा हस्ताक्षर गर्न नमानेपछि बेलुका स्थानिय वडाका वडाध्यक्ष चुमन चौधरीको जिम्मा लगाई पठाएको हो ।

घटनामा पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समेत चासो देखाउँदा एसपी राठौरले प्रजिअ बस्नेतलाई नै भ्रमित बनाउँने काम गरेको देखिएको छ । पिडितका आफन्तहरु प्रजिअ बस्नेत कहाँ पुगेर पक्राउ गरेको बारे तथ्यसत्य जानकारी गराउँदै निश्पक्ष छानविन गरी कारवाही गर्न आग्रह गरेपछि उनले तत्कालै एसपी राठौर संग फोन सम्पर्क गरी घटना बारे सोधपुछ गर्दा उनलाई नै भ्रमित बनाउँदै भारत तर्फ निकासी गर्न लागि रहेको अवस्थामा पक्राउ गरेर अहिले कारवाहीको लागि भंसार कार्यालय बुझाई सकेकोले यसमा केही गर्न नमिल्ने जानकारी गराएका थिए ।

यदपी प्रहरीले बालुवा सहित पक्राउ गरेको ६ वटै ट्याक्टर सिमा भन्दा करिब ८ किलो मिटर उत्तर तर्फ वीरगन्ज ३० लालपर्साको मेनरोडबाट नियन्त्रणमा लिएको हो । यदी भारत तर्फ निकासी गरीरहेको सूचना पाएका एसपी राठौरले सिमाबाट किन ट्याक्टर पक्राउ गरेन् ? सिमा भन्दा ८ किलो मिटर वर किन ट्याक्टर पक्राउ गरे पिडित पक्षको भनाई छ ।

बाराको बकुलिया स्थित दुधौरा खोलाबाट प्रति ट्याक्टर ८ सय २५ रुपैयाको रसिद काटेर बालुवा निकासी गरेर ल्याएको रसिद देखाउँदा समेत प्रहरीले छाडन मानेन्, चालक शेख जावेदले भने, हामीले गाडीको ब्लूबुक र लाईसेन्स समेत दियो तर पनि प्रहरीले कुनै सुनवाई गरेन हाम्रो मोबाईल खोसेर स्वीच अफ गरी नियन्त्रणमा लिएको थियो । उनले भने, हामीले ल्याएको बालुवा वीरगन्जको नगवा चौकमा लगेर बेच्ने गरेको बारे बारम्बार बताउँदा पनि प्रहरीले कुनै सुनवाई गरेर, उल्टै कुटपिट गरी धाकधम्की देखाउँदै नियन्त्रणमा लिएको हो ।

अरुले दिएको गलत सूचनाको आधारमा प्रहरीले आफूहरु माथि धेरै अन्याय अत्याच गरेको पिडितका आफन्तले गुनासो गरेका छन । कृषीको लागि बैंक ऋणमा निकालिएको ट्याक्टर प्रहरीले जबरजस्ती भारत तर्फ अवैध रुपमा बालुवा निकासी गरेको झुठो आरोपमा फसाएका पिडितको आरोप छ ।

पिडितका आफन्त शेख मईमले भने, प्रहरीले हामीमाथि ठूलो अन्याय गरेको छ, न्यायको लागि सडक आन्दोलन देखि अदालतको ढोका ढकढकाउँने छौ । एसपी राठौरको काम कारवाही प्रति प्रश्न चिन्ह खडा गर्दै मईमले भने, एसपी सरको नियत ठिक छैन्, अहिले सम्म बालुवा बोकेको ट्याकटर पक्राउ पर्दा पनि भंसार कार्यालयमा चलान भएको छैन । जिल्ला बन कार्यालय वा जिल्ला समन्वय कार्यालयमा बुझाउँने गरेको पाईएको छ ।

तर वन कार्यालय वा जिल्ला समन्वय कार्यालयमा बुझाउँदा प्रहरीलाई मोटो कमिशन नआउँने भएकोले कमिशनको लागि भारत तर्फ चोरी निकासी गरेको भनि झुठो आरोप लगाएर भंसार कार्यालयमा बुझाएको हो । नेपाल प्रहरीले एउटा अभियाननै चलाएको छ, प्रहरी हाम्रो साथी रे, केको साथी आक्रोशित हुदै उनले भने, हामी माथि अन्याय अत्याचार गर्ने प्रहरी हाम्रो साथी हुनै सक्दैन अहिले पैसाको लागि मात्र काम गरीरहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...