

प्रणय साह
वीरगंज,१९ फागुन ।
वीरगजमा आईतबार देखि अश्वमेध गायत्री महायज्ञ विधिवत रुपमा शुरु भएको छ । महायज्ञका देव सँस्कृति विश्वविद्यालयका कुलाधिपति एवंम अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा.प्रणव पाण्ड्याले उद्घाटन गरेका थिए । मौसम अनुकुल नभएका कारण राष्ट्रपति विद्याभण्डारी आउन नसकेपछि महायज्ञको उद्घाटन उनले गरेका थिए ।
वीरगंज स्थिता आर्दशनगरमा भैइ रहेको महायज्ञका मुल आयोजक समितिका अध्यक्ष डा उपेन्द्र महतोले उद्घाटन समारोहमा राष्ट्रपति विद्या भण्डारीले पठाएको सुचना पढेर जानकारी दिएका थिए । सन्देशमा भण्डारीले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेध महायज्ञले जीवन मुल्य र अत्याध्म अनुशासन कायम गर्ने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्र धर्ती र वातावरणको परिशोधनका लागि हुन लागेको महाज्ञको सफलताको कामना उनले गरेकी छन् । महायज्ञको उद्घाटन गर्दै डा. पाण्ड्याले गायत्री मन्त्रोच्चारण सहित हुने महायज्ञले मानिसमा क्रान्तिकारी चिन्तन बढ्ने बताए । नेपाल र भारत सँगसँगै हिडेर दुवै देशको विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिदै सो अवसरमा पाण्ड्यालाई नेपाली टोपी र रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो ।
महायज्ञ आयोजक समितिका अध्यक्ष डा महतोले आफ्नो देश अरुले नबनाउने भएकोले आफैंले बनाउनुपर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा महायज्ञ आयोजक समितिका संयोजक एवं वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरहरुको भूमि वीरगंजमा आयोजना भएको महायज्ञ सफल बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।
२ सय ५१ कुण्डीय भव्य यज्ञशाला निर्माण गरिएको महायज्ञमा देव सँस्कृति दर्शाउने प्रदर्शनी रहेको छ । शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकहरुले वैदिक मन्त्रको साथमा ४ दिनसम्म हवन यज्ञ गर्ने तथा युग संगीत, सत्सँग एवं साँस्कृतिक कार्यक्रमका साथै १६ प्रकारका सँस्कार निःशुल्क गर्ने व्यवस्था मिलाईएको र पुस्तक मेला, चित्र प्रदर्शनी समेत राखिएको छ ।
वीरगंज, १९ फागुन ।
अपहरण मुद्दाका फरार एक व्यक्ति पक्राउ परेका छन । वीरगंज महानगरपालिका वडा नं।(१६, बस्ने रामप्रवेश साह गोढलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । रुपनारायण साह गोढको जाहेरीले वादी नेपाल सरकार अभियुक्त गोढलाई शिनिबार निजकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार बन्धक कसुरमा वारदात प्रश्चात फरार रहेका अभियुक्त गोढलाई पर्सा जिल्ला अदालतबाट वारेन्ट जारी भई खोज तलास गर्दा गराउदा निजकै घरबाट फेला परी पक्राउ गरी आवश्यक कार्वाहिको लागि अदालतमा पेश गरिएको छ ।
वीरगंज, १९ फागुन ।
समृद्ध नेपाल होइन कंगाल नेपाल वन्दै गएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका केन्द्रिय अध्यक्ष सिपी गजुरेलले वताएका छन । वीरगंजमा आइतबार पत्रकारहरु संग भेटघाट गर्दै नेता गजुरेल सरकारको एक बर्षको कार्यकालमा भ्रष्टाचारको मात्रा बढेको र भ्रष्टाचार संस्थागत भएको आरोप लगाए । स्थायी सरकार प्राप्त भए पनि विकास हुने जनताको आशा निराशामा पडित हुदै गएको गजुरेले वताए ।
समृद्ध नेपाल र सुखी नेपालेको नाराले जनता दंग परे पनि अहिले समृद्ध नेपाल होइन कंगाल नेपाल र सुखी नेपाल होइन दुखी नेपाल वन्दै गएको उनले वताए । उनले भने मुलुकमा बढदै गएको भ्रष्टाचार, वलात्कार, हत्या र हिंसाले गर्दा विकराल अवस्था सृजना भएको डर लाग्दो सोच्नु पर्ने अवस्था आएको छ ।
४ अर्व ३५ करोड ५६ लाख भ्रष्टाचार नेपालको लागि ठूलो कुरा भएको वताउदै उनले भने यसले संस्थागत भ्रष्टाचार भएको प्रमाणित गरेको वताए । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालद्वारा आयोजित मेची महाकाली जनजागरण तथा जन परिचालन अभियान अन्तरर्गत १३ औं दिन वीरगंज पुगेका नेता गजुरेलले अग्रगामी विकल्पको तयारीमा आफुहरु रहेको वताए ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक समेत रहेका नेता गजुरेलले राष्ट्रिय स्वाधिनता र स्वभिमानको रक्षा गर्न फेरी अक्रो जन क्रान्ति जरुरी रहेको उनको भनाई थियो ।
पत्रकार भेटभाट कार्यक्रममा नेकपा (क्रान्तिकारी) माओवादीका प्रवक्ता हरि भक्त कडेल, प्रदेश नं. २ का संयोजक हरि भक्त कडेल, पर्सा इन्जार्ज नेजामुदिन साह लगायतकाको सहभागिता रहेको थियो ।
वीरगंज, १९ फाल्गुन ।
ग्लोबल बिजनेस कालेज बिरगंज पर्साको आयोजनामा आज ८ औ राष्ट्रिय खेलकुद छनौट प्रतियोगीता २०७५ मा प्रदेश नम्बर २ का बिजेता पर्साका क्रिकेट खेलाडीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ । ग्लोबल बिजनेस कालेजकी अध्यक्ष निभा दासको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै सांसद प्रदिप यादवले पर्साका खेलाडीहरुलाई राज्यले सदियौ देखी बिभेद गरेका कारण पर्साका खेलाडीहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको खेलाडी बन्न नसकेको आरोप लगाउनु भएको छ ।
पर्साका खेलाडीहरुलाई अवसर दिईयो भने अन्तराट्रिय जगतमा पनि बिजयी हासिल गर्ने क्षमता रहेको दावी गर्नु भयो। आर्थिक अवस्था कमजोर रहुन्जेल खेलाडीहरु धेरै दिन खेल जगतमा टिक्न नसक्ने र चाहिने जति सफल हुन नसक्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहेका यदावले वताउनु भयो ।
पर्सा लगायत राष्ट्रका अन्य खेलाडीहरुको रोजगारीको ग्यारेटी राज्यले गर्नु पर्ने र अबको संसदको बैठकमा खेलाडीहरुको रोजगारीको ग्यारन्टीको लागी आवाज उठाउने बताउनु भयो । कार्यक्र्रमलाई संबोद्धन गर्दै सांसद यादवले अब नारायणी उपक्षेत्रिय अस्पताल राष्ट्रिय स्तरको हुने र एक हप्ता भित्रमा ६० करोडको लागतमा भवनहरु निमार्ण गर्न टेन्डर गरिने बताउनु भयो ।
भवनका लागी बिरगंज महानगरपालिकाले परवानीपुर स्थित रहेको १४ बिगहा जग्गाको सिफारिस गरिसकेको समेत बताउनु भयो । अब नारायणी उपक्षेत्रिय अस्पताल राष्ट्रिय स्तरको हुने र अस्पतालमा मेडिकल सम्बन्धी अध्ययन अध्यापन गराईने यादवले वताउनु भयो ।
सम्मान कार्यकममा पर्साका १५ जना खेलाडीहरुलाई सांसद प्रदिप यादव र ग्लोबल बिजनेस कालेजकी संचालिका निभा दासले मायाको चिन्नो र खादा ओढाई सम्मान गर्नु भएको थियो । कालेजकी संचालिका र आशाराम हास्पीटलकी संचालिका रहेकी समेत निभा दासले सम्मपुर्ण खेलाडीहरुलाई स्वास्थ्य उपचारका लागी सहुलियत कार्ड पनि बितरण गर्नु भयो ।
खेलाडीहरुले १३ वटा रोग सम्बन्धी उपचारमा ५ प्रतिशत देखी २० प्रतिशत सम्म सहुलियत पाउने छन । अब पर्साका टिमले राष्टिय स्तरको खेल खेल्न पाउने भएका छन भने पर्साकै एक खेलाडी रासिद हवारीले अन्तराष्ट्रिय स्तरको हुने अन्डर १९ मा साउथ अफ्रिकामा प्रेक्टीस खेल खेल्न छनौट भएका छन ।
पर्सा टिमका क्याप्टन सुरज पटेलले आफना मन्तब्य राख्दै मेरो बुवा आईशुमा भर्ना रहदा पनि म खेल खेलिरहेको थिए र म बुवाको प्रवाह नगरी खेललाई पा्रथमिक्ता दिएको बताए । पर्साका उधोगीहरुले अरु ठाउमा लगानी गर्ने तर पर्साका खेल तथा खेलाडीहरुमा लगानी नगरेकोले अब पर्सा र पर्साका खेलाडीहरुका लागी लगानी गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा सह प्रशिक्षक प्रकाश शर्मा, प्रशिक्षक उमेश उपाध्याय, ईश्वर यादव, श्रीराम चौधरी, बरुण चौधरी लगायतकाले मन्तब्य राखेका थिए । सम्मान कार्यक्रममा सांसद प्रदिप यादव, प्रशिक्षक उमेश उपाध्याय, सहप्रशिक्षक प्रकाश शर्मा, पर्साका क्यापटेन सुरज पटेल, पत्रकार जियालाल साहलाई पनि कालेजकी संचालिका निभा दासले टिका र खादा ओढाई सम्मान गर्नु भएको थियो ।
१४ फेब्रुएरी २०१९ मा भारतको काश्मीर राज्यमा आतंककारीहरुद्वारा भएको आक्रमणमा परी ४० जना भन्दा बढी भारतीय केन्द्रीय सुरक्षा बलको हत्या पछि भारत सरकारले सीमा पार गरेको हवाई कार्यवाही पछि पाकिस्तान र भारत बीच गम्भीर तनाव उत्पन्न भयो । एकले अर्का माथि सफल कार्यवाही गरेको दाबी गर्दै आएका छन् । यसै क्रममा भारत र पाकिस्तानलाई हेर्ने दृष्टिकोणको कुरा गर्दा नेपाली समाज दुई धु्रब मा बिभाजित भएको छ जुन सामाजिक संजाल तथा नेपाी मिडियाहरुमा प्रष्ट देख्न सकिन्छ ।
नेपाल र भारत बीचको सम्बन्ध प्राचीनकाल देखि अद्वितीय रहेको कुरा बुझ्न कसैलाई गाह्रो न होला, खुल्ला सिमाना, धार्मिक, सांस्कृतिक समानता, दुबै देशका जनता बीच धार्मिक र सांस्कृतिक सम्बन्ध आदि कारणले गर्दा यी दुई देश भौगोलिक र राजनैतिक सीमानाले छुट्टै देश भए तापनि ब्यवहारमा फरक महशूस हुंदैन । नेपालका चेली पारी र पारीकी चेली नेपाली समाजमा बिहे हुने र रोजगारीको लागि एक अर्का देशका नागरिक स्वतन्त्र रुपले आवतजावत गर्नसक्ने हुनाले यो सम्बन्धलाई रोटीबेटीको सम्बन्ध भनिन्छ ।
भारत विश्वको सबै भन्दा ठूलो लोकतान्त्रीक देश हो, त्यहां हरेक बर्गका जनताका लागि विस्तृत रुपमा ब्यवस्था गरिएको छ, सबैको लागि कानूनी संरक्षण गरिएको छ, सायद त्यसैले होला, भारतको सम्बिधान विश्वको सबै भन्दा ठूलोे छ । त्यहांको संघीयताको मोडेल वास्तवीक रुपमा पहिचानमा आधारित संघीय प्रणाली हो, जस्तो गुजरातीहरुको लागि गुजरात, अवधि भाषीहरुको लागि उत्तर प्रदेश, मराठीहरुको लागि महाराष्ट्र, असामीहरुको लागि असाम आदि ।
एउटा छिमेकी देशमा भएको परिवर्तन अर्को छिमेकी देशमा निश्चय नै पर्छ, ठीक त्यही प्रकारले भारतमा भएको परिवर्तन र संघीय मोडेलले नेपालमा सदियौं देखि कायम रहेको एकात्मक शासन प्रणाली जसमा खस समुदायकै बर्चस्व थियो, भारतीय सिमाना वरिपरि बस्ने तराईका बासिन्दा मधेशीहरुलाई सधैं दोस्रो दर्जाको नागरिकको रुपमा ब्यवहार गर्दथ्यो, त्यसको बिरुद्धमा मधेशी जनताले वि.सं. २०६२।६३ मा पहिलो पटक बृहत बिद्रोह गर्यो ।
त्यसपछि पनि यो विद्रोह विभिन्न अवरोह, आरोह झेल्दै जारी रहयो र अन्त्यमा २०७२ सालमा गणतन्त्र नेपालको कथित सम्बिधान जर्वदस्ती जारी गरियो जसको विरोध सारा मधेश भरी भयो जुन दिन मधेशले कालो दिनको रुपमा मनायो र ६ महिनासम्म मधेशी जनता नेपाल भारत सीमानामा धर्ना दिएर अवरोध गर्यो जसलाई नेपाली शासक र खसबादी समुदायले भारतीय नाकाबन्दीको उपमा दियो ।
उक्त आन्दोलनमा ४ दर्जन भन्दा बढी मधेशी आन्दोलनकारीहरुलाई शहिद बनाउनुका साथै सयकडौलाई अगंभंग बनाइयो, त्यति मात्रै होइन नश्लबादी शासकहरुले मधेशी जनतालाई गोली मात्र नदिएर अपमानपूर्ण गाली समेत दिए, जस्तै धोती, बिहारी, काले, माखे, आंप आदि । यही नश्लबादी सोचका कारण नेपालको पुरातन, यथास्थितिबादी समुदाय खुसी भयो र नश्लबादीहरुको नाइके केपी ओलीलाई नेतृत्वको पारितोषिक दियो । त्यो दिन देखि मधेशी र भारत एक अर्काको पर्यायबाची मान्न थालियो, अर्थात मधेशी र भारत उत्तीकै शत्रु, मधेशी र भारतलाई जति अपमानित गरियो त्यति राष्ट्रबादी र देशभक्त ।
आज भारत र पाक बीचको द्वन्दमा आतंकीको बढावा दिने देश, जहां लोकतन्त्र नै छैन, देश सेनाले चलाउंछ, प्रधानमन्त्री सेनाको भाषण बाचन गर्छन, जर्बदस्ती धर्मान्तररण गरिन्छ, भारत पाकिस्तान विभाजन हुंदा १५ प्रतिशत हिन्दु जनसंख्या १।२ प्रतिशतमा सिमित भयो, आतंकीको तालीम केन्द्र चलाउंछ, त्यस्तो देशलाई नेपाली खसबादी समुदाय र मिडियाले पाकिस्तानको जयजयकार गर्न थालेका छन्, देशभक्त मोदी जसले आतंकी कैम्पमा हमला गरेर आफ्ना निर्दोष जनताको सुरक्षा गर्ने प्रयास गरे, अन्तराष्ट्रिय कानूनले पनि कुनेै देशले आफू माथि भवितब्य खतराबाट सुरक्षित हुनको लागि अर्को देशको सीमा भित्र सैन्य कार्यवाही गर्ने केही सिमित अधिकार दिएको छ, जसलाई च्भउचष्कब िभनिन्छ, भारतले यस अर्थमा कुनै अन्तराष्ट्रिय कानून तोडेको देखिदैन किनभने उसले सैन्य र नागरिकलाई टार्गेट गरेको छैन, अनि तिनलाई हिटलर भन्नु र आतंकी देशका प्रधानमन्त्री, जसले भारतको आक्रोशको सामना गर्ननसकी भारतीय पाइलटलाई ३ दिनभित्र बाध्य भएर रिहा गरे, जुन देशलाई विश्वको कुनै पनि देशले खुलेर समर्थन गर्न सकेको छैन, त्यस देश र त्यहांका शासकलाई सम्मानको वर्षा गर्नु कति न्यायोचित हो? विश्वको सब भन्दा ठूलो लोकतन्त्र भारतका प्रधानमंत्री मोदीलाई तानाशाही भनेर बदनाम गर्नुलाई पक्षपातपूर्ण अभिब्यक्ति नभनेर के भन्ने ।
यति मात्र्रै होइन, आतंकबादको बिरोध गर्दै कुपवामा आक्रमणको निन्दा गरेको भारत र भारतीय जनताको भावनासंग एक्यबद्धता (क्यष्मिबचष्तथ) र्याली निकालेका बिरगंजबासी जनतालाई सामाजिक संजालमा तथानाम गालीको बर्षा गरेका छन् ।
भोजपुरी भाषमा एउटा कहावत छ ूचलनिया हंसे सुपवा के ७६ गो छेद बाू, अर्थात नेपाल जस्तो नश्लबादी बर्तमान शासक जहां सयकडौ मधेशी जनतालाई नरसंहार गरियो, अपमान गरियो, आज त्यही शासकका भरौटेहरु र तिनका दलाल मिडियाहरुले आफ्नो अनुहार ऐनामा हेर्दैनन् उल्टै आफू स्वच्छ र अरुलाई कलकिंत देखाउने नाटक रच्दैछन् । भारतको काश्मीर जुन विशेष राज्यको दर्जा प्राप्त गरेको छ, जहां आतंककारीहरुलाई बचाउनको लागि उपद्रबीहरु सेनामाथि ढुंगा हान्दा समेत सेनाले गोली चलाउंदैन, त्यस्तो देश भारतलाई तानाशाही तर आफू शान्तिपुर्वक कालो झण्डा देखाउंदा हिरासतमा लिएर हत्या गरेर पनि लोकतान्त्रीकको सज्ञा दिन लाज समेत मान्दैनन् । सामाजिक संजालहरुलाई भारत र मधेशी समुदायलाई गाली गलौजको अखाडा बनाएका छन, आफू सुपीरियर, बीर गोर्खाली, इमानदार तर भारत भ्रष्ट, कायर र बेइमान भनेर आफ्नो प्रशंसा आफै गरेर आफै खुशियाली मनाइरहेका छन् ।
यदि आफू इमानदारै हुन भने ट्रान्सपैरेन्सी इन्टरनेशनलको कोरप्सन पर्सेप्सन इन्डेक्स २०१९ मा नेपाल र उत्तरी छिमेकी चीन भारत भन्दा कसरी तल झरे ? भारतलाई नेपाली गोर्खाली सेनाले मात्रै पाकिस्तानबाट बचाएका हुन रे, यदि सत्य हो भने नेपालसंग ९९ प्रतिशत गोर्खाली सेना नै छ, किन भारतलाई जितेर सुगौली सन्धिमा गुमेको भुभाग नेपालमा गाभ्दैन?
यसरी सामाजिक संजाल र मिडियाहरुमा ब्यक्त गरेको बिचार र पक्षपातपूर्ण प्रेषित समाचार हेर्दा नेपाल तत्काल भौगोलिक रुपमा विभाजित नभए पनि भावनात्मक रुपमा प्रष्ट विभाजित भइसकेको छ । भूगोलले मात्रै जोड्न दीर्घकालीन रुपमा गाहो होइन असम्भव हुन्छ, जबसम्म भावनात्मक रुपमा जोडिन्न । त्यसकारण देशभक्ति देखाउने हो भने सर्बप्रथम समभावको भावना जागृत हुनुपर्छ, अरुको घाउलाई अनुभूत गर्नसक्नुपर्छ, अरुको मूल्यांकनमा समय खर्चिनु भन्दा स्वमूल्यांकन गर्नसक्नु पर्दछ अनि मात्र प्रगति गर्न सकिन्छ ।
जसले अरु माथि समभाव राख्दैन, सम्मान गर्दैन, अहंकार त्याग्दैन, अरुलाई इन्फेरियर भनेर हेला गर्छ, विभेदपूर्ण ब्यवहार गर्दछ, त्यो कहिल्यै देशभक्त हुनसक्दैन, देशभक्त उ हुन्छ, जसले सबैको अस्तित्व स्वीकार गर्छ, सबैको सम्मानमा आफ्नो सम्मानको अनुभूति गर्दछ र यही भावनाले देशलाई जोडछ, तरवारको धारले केही समयको लागि भूगोल जोड्न सकेपनि दीर्घकालसम्म जोड्न असम्भव हुन्छ ।
कन्हैया चौरसिया (बिरगंज, पर्सा) नेशनल ल क्लेज, काठमाडौं (बि.ए.एलएल.बि 5th सेमेस्तर)
वीरगंज, १८ फागुन ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत कार्यक्रम समीक्षातथा योजना सम्बन्धी ४ दिने कार्यशाला आज सिमरामा सम्पन्न भएको छ । साझेदार संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संचालन भएको यस कार्यक्रममा पर्सा र धनकुटाका ३५ जना सहभागीहरुको सहभागिता रहेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई पर्साको इकाई प्रमुख कृष्ण प्रसाद सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यशालाको अध्यक्षता प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका क्षेत्रिय प्रवन्धक प्रमुख संजय कुमार गुप्ताले गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि प्लान इन्टरनेशलनका प्रेम अर्यालले हालको सन्दर्भमा सामाजिक विकास तथा परिवर्तनका लागि समुदाय परिचालन आवश्यक रहेको र यस्ता कार्यमा स्थानीय गैर सरकारी संस्थाले उल्लेखनिय भूमिका खेल्न सक्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई पर्साका शाखा अधिकृत हरि राउत र प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका दिनेश संजेल, कमल नेपाल, स्वदेश महर्जन र भरत सहनी लगायतकाले गरेका थिए ।
कार्यशालाको अवधिमा पर्साका मुखदेव सुशिला मा.वि. रामनगरी, ने.रा.प्रा.वि.हरिहरपुर विर्ता र ने.रा.प्रा.वि. औराहाको स्थलगत भ्रमण गरि स्थानीय स्तर तथा विद्यालयमा संचालन भएका दौत्तरी शिक्षा तालिम, विद्यालय सुधार योजनाअभिमुखिकरण, प्रारम्भिककक्षा पढाइ उप समितिले संचालन गरेका क्रियाकलापको अवस्थाबारे अध्ययन गरिएको थियो ।
प्रारम्भिक कक्षा पढाइ प्रवद्र्धनका लागि स्थानीय तथा विद्यालय स्तरमा संचालन भइरहेका विभिन्न गतिविधिबाट पढाइ प्रवद्र्धनमा सहयोग पुगेको शाखा अधिकृत हरि राउतले बताए । विगत तिन महिनामा समुदाय परिचालन अन्तरगत संचालन भएका क्रियाकलापको समीक्षा र आगामी तिन महिनाका लागि कार्य योजना निर्माण गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम जिल्ला संयोजक भरत सहनीले बताए ।
पर्सा, १८ फाल्गुन ।
पर्साको ब्लाक नम्बर ३ अन्तर्गतका जलउपभोग्ता समुहको निर्वाचनका लागी आज पोखरीया नगरपालिकाको सिचाई कार्यालयमा भएको भेलाले निवर्तमान अध्यक्ष बाबुलाल मेहतालाई निर्वाचन गराउने तथा कृषक भेला ब्यवस्थापन र बैठक बोलाउन आग्रह गरेको छ ।
पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारको बिशेष उपस्थिती तथा डिभिजन सिचाई ब्यवस्थापन कार्यालय बिरगंजका प्रतिनिधी सुनित गुप्ता, पकज महतो र जंगबहादुर चौधरीको रोहब्बरमा भएको ब्लाक नम्बर ३ अन्तर्गतका कृषकहरुको भेलाले यस्तो निर्णय गरेको हो ।
नारायणी सिचाई ब्यवस्थापन डिभिजन कार्यालय बिरगंज अन्तर्गतका ब्लाक नम्बर ३ अन्तर्गतका जलउपभोग्ता कृषक समुहको कार्यकाल तथा म्याद समाप्त भएकोले उक्त समिती गठन तथा निर्वाचन गर्न गराउन तदर्थ उपभोग्ता समिती र निर्वाचन परिचालन समिती गठन गर्न चैत्र ५ गते कृषक भेला गर्ने, वडा तदर्थ समितीको कृषक भेलाको ब्यवस्थापन र बैठक बोलाउने समेतको जिम्मेवारी निवर्तमान अध्यक्ष बाबुलाल मेहतालाई दिइएको प्राबिधीक पंकज चौधरीले बताएका छन ।
ब्लाक नम्बर ३ को म्याद सक्दा २०७५।३।२ गतेका दिन बलिराम तिवारीको अध्यक्षतामा ५ सदस्यी गोप्य रुपमा तदर्थ समिती बनाइएको थियो । नारायणी सिचाई ब्यवस्थापन कार्यालयमा सो बारे उजुरी पर्दा कार्यालयले २०७५।११।२ गते क पत्र काटी ३ दिन भित्र सम्मपुर्ण कागजात बुझाउन तिवारीलाई निवेदन गरे पनि आज सम्म कुनै पनि कागजात नबmुभाएका कारण भेला बोलाईएको बाबुलाल मेहताले बताए । कृषकहरुको भेलामा पुर्ब सासद प्रधुमन चौहान, लगायत सो आसपासका अगुवा कृषकहरुको सहभागीता रहेको थियो ।
पर्सा, १८ फागुन ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५, महुवमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखा, बिरगंज युवा समाज, नारायणी उपक्षेत्रीय अस्पताल, केडिया आखा अस्पतालको सहयोगमा र नेपाली सेना (श्री चन्डी प्रसाद गण)को आयोजनामा स्वास्थ शिविर सम्पन्न भएको हो ।
शिविरमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाह, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, रेडक्रस पर्साकी उपसभापति भगवती चौधरी, रामनगरी उपशाखाका सभापती जदु प्रसाद शाह, रेडक्रस सहायक राजन श्रीवास्तव लगायतकाको उपस्थित रहेको थियो ।
प्र.जि.अ. भट्टराईले प्रत्येक डाक्टरको स्टलमा पुगि सो स्थानमा आएका सेवाग्राहीहरु संग स्वास्थ्य शिबिरबाट प्राप्त हुने लाभको बारेमा सोधपुछ गर्दै डाक्टर एवं चिकित्सकहरु संग पनि उक्त शिविरलाई अझ कसरी प्रभावकारी बनाउन सकिने सोको बारेमा छलफल समेत गरेका थिए ।
उक्त शिविरबाट एक हजार भन्दाले स्वास्थ्य परिक्षण गराएको गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले जानकारी गराए । शिविरमा सेवा लिन आउने बिरामी, बालबालिका, वृद्ध, महिलाहरुलाइ रेखदेख एवं कुनै प्रकारको समस्या हुनबाट जोगानको निम्ति रेडक्र्स महुवन उपशाखाका करिब ४० जना स्वयं सेवकहरु समेत परिचालन गरिएको थियो ।
मेघराज राय/जिराभवानी, १८ फागुन ।
पर्सामा निर्माणाधिन हुलाकी सडक खण्डमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पर्साको जगरनाथपुर गाउँपालिका, ६ बहुवरी प्रसौनी चौकमा निर्माणाधिन हुलाकी सडक खण्डमा बनिरहेको कल्भर्टमा बा ३३ प ८२५९ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार पर्सागढी नगरपालिका वडा, ८ जिङ्ना बस्ने वर्ष १६ की रीमा कुमारीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक चाहिँ भारत बिहार बेतिया बस्ने वर्ष २१ का रामधनी राम गम्भीर घाइते भएका छन् । मोटरसाईकल ठोक्एिर गम्भीर घाईते भएकी रीमाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मछिन्द्र केसिले जानकारी दिए।
मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रामधनीको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा उपचार भईरहेको छ ।