Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बिरन्चीबर्वा स्थित गहुँ बालीमा बम जस्ताे देखिने शंकास्पद बस्तु फेला

spot_img
spot_img

पर्सा । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीवर्वा स्थित खेतमा बम जस्ताे देखिने संकास्पद बस्तु फेला परेकाे छ । बिरन्चीबर्वा र पोखरीयाको बिचमा पर्ने गेहु खेतमा शंकास्पद बस्तु फेला परेको इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

बिरन्चीबर्वा निवासी बिजेन्द्र तिवारीकाे खेतमा बैट्रीमा धागाेले बेरिएकाे अवस्थामा कपडाले बेरीएकाे जस्ताे बस्तु देखिएकाे प्रहरी निरिक्षक सिंहले वताए ।

कपडाले बेरिएकाे अवस्थामा फेला परेकाे बस्तुमा धाेगाे जाेडेर केही टाँढा सम्म लगेर राखिएकाे कारण बम हुन सक्ने अनुमान गरिएकाे छ । बस्तु फेला परेकाे स्थल इलका प्रहरी कार्यालय पाेखरिया र सशस्त्र प्रहरी बेस क्याम्प पाेखरियाकाे टाेली पुगेकाे छ । प्रहरीले बस्तु फेला परेकाे स्थललाई घेरा हाली सुरक्षा दिईरहेकाे छ ।

बस्तु फेला परेकाे स्थल सेनालाई बाेलाइएकाे छ । सेना पुगे पछि फेला परेकाे बस्तु बारे अनुसन्धान गर्ने प्रहरी निरिक्षक सिंहले वताए ।

आम जन्तामा त्रास फैलाउन र आतंकित बनाउने उद्देश्यले बम जस्ताे देखिने बस्तु राखिएकाे हुन सक्ने कालिकामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...