Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

छिपहरमाईमा आयाेजित टि २० क्रिकेट प्रतियाेगितामा कालिकामाईकाे मुडली विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ चारगाँहामा जारी टि २० क्रिकेट प्रतियाेगिता आज सम्पन्न भएकाे छ । प्रतियाेगिताकाे आज भएकाे फाइनल खेलमा कालिकामाई गाउँपालिकाकाे मुडली क्रिकेट टिम विजयी भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे चाँरगाहा क्रिकेट टिमलाई हराउदै मुडली ७० रनले विजयी भएकाे हाे । टस जितेर बैटिङ्ग गरेकाे मुडलीले चाँरगाहालाई एक सय ८८ रनकाे टार्जेट दिएकाे थियाे । त्यस पछि लक्ष्य प्राप्तीकाे लागि जवाफी बैटिङ्गमा उत्रेकाे चाँरगाहाले सबै विकेटकाे नाेक्सानीमा एक सय १८ रन मात्र बनाउन सकेकाे थियाे ।

न्यू टाईगर युवा क्लबकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे म्यान अफ दि म्याच बिकास दास र म्यान अफ दि सिरिज अर्जुन शर्मा घाेषित भएका थिए ।

प्रतियाेगिताकाे विजेता र उप विजेतालाई एक कार्यक्रमका बिच नेपाली कांग्रेसका युवा नेता मनिकान्त गुप्ताले पुरस्कृत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता गुप्ताले विजेटा टिम मुडली र उप विजेता चाँरगाहालाई कप प्रदान गरी पुरस्कृत गरेका थिए ।

साेही अवसरमा नेता गुप्ताले आयाेजक क्लबलाई क्रिकेट सामग्री एक सेट र सम्पुर्ण खेलाडीहरुलाई टिसर्ट दिने घाेषण समेत गरे । कार्यक्रम मै मैन अफ द सिरिज भएका अर्जुनलाई रु ११ सय नगद समेत नेता गुप्ताले दिएका थिए ।

आयाेजक क्लबका अध्यक्षका अध्यक्ष उमेश यादवकाे अध्यक्षतामा नेपाली कांग्रेसका स्थानिय नेता कपिलदेव यादव, इसरायल मियाँ, बलिष्टर साह, सुरेन्द्र यादव, राजन साह, रामजी कलवार, पशुपति गिरी, ज्ञानेन्द्र साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

८ दिन सम्म चलेकाे प्रतियाेगितामा नेपाल र भारतका गरी ८ वटा टिम सहभागि भएका थिए ।

 

spot_img
spot_img

ताजा अपडेट

शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...