Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

छिपहरमाईमा आयाेजित टि २० क्रिकेट प्रतियाेगितामा कालिकामाईकाे मुडली विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ चारगाँहामा जारी टि २० क्रिकेट प्रतियाेगिता आज सम्पन्न भएकाे छ । प्रतियाेगिताकाे आज भएकाे फाइनल खेलमा कालिकामाई गाउँपालिकाकाे मुडली क्रिकेट टिम विजयी भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे चाँरगाहा क्रिकेट टिमलाई हराउदै मुडली ७० रनले विजयी भएकाे हाे । टस जितेर बैटिङ्ग गरेकाे मुडलीले चाँरगाहालाई एक सय ८८ रनकाे टार्जेट दिएकाे थियाे । त्यस पछि लक्ष्य प्राप्तीकाे लागि जवाफी बैटिङ्गमा उत्रेकाे चाँरगाहाले सबै विकेटकाे नाेक्सानीमा एक सय १८ रन मात्र बनाउन सकेकाे थियाे ।

न्यू टाईगर युवा क्लबकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे म्यान अफ दि म्याच बिकास दास र म्यान अफ दि सिरिज अर्जुन शर्मा घाेषित भएका थिए ।

प्रतियाेगिताकाे विजेता र उप विजेतालाई एक कार्यक्रमका बिच नेपाली कांग्रेसका युवा नेता मनिकान्त गुप्ताले पुरस्कृत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता गुप्ताले विजेटा टिम मुडली र उप विजेता चाँरगाहालाई कप प्रदान गरी पुरस्कृत गरेका थिए ।

साेही अवसरमा नेता गुप्ताले आयाेजक क्लबलाई क्रिकेट सामग्री एक सेट र सम्पुर्ण खेलाडीहरुलाई टिसर्ट दिने घाेषण समेत गरे । कार्यक्रम मै मैन अफ द सिरिज भएका अर्जुनलाई रु ११ सय नगद समेत नेता गुप्ताले दिएका थिए ।

आयाेजक क्लबका अध्यक्षका अध्यक्ष उमेश यादवकाे अध्यक्षतामा नेपाली कांग्रेसका स्थानिय नेता कपिलदेव यादव, इसरायल मियाँ, बलिष्टर साह, सुरेन्द्र यादव, राजन साह, रामजी कलवार, पशुपति गिरी, ज्ञानेन्द्र साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

८ दिन सम्म चलेकाे प्रतियाेगितामा नेपाल र भारतका गरी ८ वटा टिम सहभागि भएका थिए ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...