Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजकाे वडा नं. २४ मा नेकपाकाे भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रामगढवा बहुवरीमा नेकपाकाे भेला सम्पन्न भएकाे छ । बीरगंज महानगर कमिटिको आयोजनामा भएकाे वडा भेलाले वडा स्तरिय समिति गठन गर्दै सम्पन्न भएकाे हाे ।

जुमादिन अंसारीको अध्यक्षतामा भएकाे भेलाले २१ सदस्यीय नेकपाको वडा स्तरीय सम्पर्क समिति चयन गरेकाे छ । संगठन विस्तारका लागि जनताको राय, सल्लाह तथा सुझाव संकलन तथा संगठन बलियो बनाउनका नव गठित समितीलाई जिम्मेवारी दिइएकाे छ ।

भेलामा नेकपाका केन्द्रिय सदस्य तथा वीरगंज महानगरका ईन्चार्ज दिनेश राई, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अंसारी, नेकपाका महानगर सचिव डा. विशवम्भर शर्मा, छोटेलाल कुर्मी, गोपिचन यादव, पटवारी बैठा लगायतकाे बिशेष उपस्थिती रहेको थियो ।

भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि महानगर इन्चार्ज राईले पार्टी बलियो र सशक्त बनाउन समिति चयन गरीएको वताए । महानगर अध्यक्ष अंसारीले देश विकास तथा सर्वसाधारणको प्रशासनिक कार्य देखि समाजिक सद्भाव कायम गर्न सहजताका साथ पुरा गरिने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...