Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

वीरगंजमा सुविधा सम्पन्न जेन्स पार्लर सञ्चानमा

spot_img
spot_img

वीरगंज । बीरगंजमा सुविधा सम्पन्न जेन्स पार्लर सञ्चानमा ल्याईएको छ । एक वर्ष अगाडी बीरगंजको घण्टाघरमा सञ्चालनमा ल्याईएको द व्रोदर गु्रपको जेन्स पार्लर ग्राहकको रोजाईमा पर्न सफल भएपछी आज दोस्रो शाखा बीरगंजको पानीटंकी चोकमा सञ्चालनमा ल्याईएको हो ।

पार्लरको उद्घाटन गर्दै तरुण दल बाराका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी लोकेश सिंहले युवाहरुलाई आफ्नै देशमा केही गर्न सकिन्छ भनेर राम्रो उदाहरण यो पार्लर भएको बताउनु भयो । उहाँले सानो सानो काम गर्न नेपालीहरुले मन नगर्ने तर बिदेशमा गएर जस्तो सुकै पनि काम गर्न तयार हुने कारणले गर्दा नेपाली युवा बेरोजगार हुन परेको बताउनु भयो ।

अध्यक्ष सिंहले सानो सानो काममा मन लगाएर गर्न सके त्यसबाट धेरै आम्दानी गर्न सकिने भएकाले यस्ता काममा युवाहरुको मनजानु पर्ने बताउनुभयो । विविएस पढ्दै गरेका युवाहरुले दिउसोको खाली समयमा काम गरेर आफ्नो पढाई खर्च जोहो गर्नु आफैमा निकै गौरवको बिषय भएको बताउदै उहाले तन मन धन लगाएर ईमानदारीताका साथ व्यवसाय गर्न आग्रह गर्नुभयो ।

पार्लरमा मसाज देखि कपाल काट्ने कपालमा कलर गर्ने मेकअप लगाएत सबै खाले सुविधा रहेको प्रोपाईटर रिशाल रमन शाहले जानकारी दिनुभयो । उहाँले पार्लरबाट अध्याधुनिक प्रविधि मार्फत सेवा प्रदान गरिने बताउदै एक पटक आफनो पार्लरमा आएर सेवा लिन समेत आग्रह गर्नुभयो ।

द व्रोदर गु्रपमा विपनी गुप्ता, राजेश ठाकुर लगाएत विविएस अध्ययन गर्दै गरेका दश जना युवाहरुले रोजगारी पाएका छन् । आज भएको उद्घाटन कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक दिपक शाह, परवानी गाउँपालिकाका सदस्य सञ्जु शाह, तरुण दल बाराका क्षेत्रीय सभापति राज किशोर गुप्ता लगाएतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...

सुबोध स्मृति पत्रकारिता पुरस्कार गौतमलाई, अन्य पाँच जना पनि सम्मानित हुने

वीरगंज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगंजका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतीक...