Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026
Home Blog Page 1045

मन्त्रीको अधिकारीकाे शोकमा अनेरास्ववियु पर्साद्वारा दिप प्रज्जलवन

वीरगन्ज,२२ फागुन ।
अनेरास्ववियु पर्साले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शोकमा बुधबार दिप प्रज्जवलन गरेको छ । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा मृत्यु भएका नेकपाका केन्द्रिय सदस्य एवं नागरिक उडडयन एवं पर्यटन मन्त्री अधिकारिको शोकमा बुधबार दिप प्रजवलन गिरिएको हो ।

ठाकुर राम बहुमुखी क्याम्पस गेट अगाडि भएको दिप प्रज्जवलन कार्यक्रममा नेकपाका नेता जय प्रकाश थारू ,नवराज शर्मा ,मनोज चौधरी ,विद्यार्थी नेता इश्क कुमार, मित्रदेव यादव ,रामबाबु यादव ,महम्द मेराजुल हवारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

हेलिकप्टर दुर्घटनामा नेकपाका केन्द्रिय सदस्य एवं मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो ।

५ औ श्रीसिया गोल्डकप फुटबल प्रतियोगिता भोली(बिहिवार) देखि सुरु हुने

वीरगंंज, २२ फागुन ।

वीरगंज महानगरपालिकाको वडा नं. २५ श्रिसिया ड्राईपोर्टमा बिहिबार देखी ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । श्रिसिया ड्राईपोट खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

वीरगंज युवा क्लबको आयोजनामा हुने प्रतियोगिता चैत २ गतेसम्म संचालन हुने छ । आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरी धिरज चौधरीको स्मृतिमा हुने प्रतियोगितामा ११ लाख खर्च लाग्ने अनुमान गरिएको जानकारी गरायो । प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ५१ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा बाराको एपीएफ पथलैया, वीरगंज युथ एकेडेमी, युवा स्पोस्र्टस क्लब वीरगंज, लालबन्दी ११ सर्लाही, भरतपुर फुटबल क्लब, हेटौडा, बारा ११, सरस्वती युवा क्लब रौतहट, वीरगञ्ज युनाईनेट र वीरगञ्ज आर्मीको सहभागिता हुने छ ।

पत्रकार सम्मेलनमा वोल्दै क्लबका अध्यक्ष सञ्जय पटेलले प्रतियोगिताले युवा तथा युवा समुहहरुलाई अनुशासित बनाउन मदत पुर्याउने वताए । यसका साथै युवा जागरण नेतृत्व क्ष्मता विकास तथा गतिशिलताको बाटो देखाउन सहयोग पुर्याउनेछ उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ, पर्सा शाखाको भवनमा भएको पत्रकार सम्मेलनमा निशान्त लामिक्षाने, विजय तिवारी, पकंज चौधरी, अनिल कलवार, अशोक तिवारी लगायतकाको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनको सहजिकरण पत्रकार तिवारी यादवले गरेका थिए ।

पोखरीया नगरपालिकाको वोर्ड सदस्यहरु विच कुटाकुट

वीरगन्ज, २२ फागुन ।
पोखरीया नगरपालिकाको वोर्ड सदस्यहरु विच कुटाकुट भएको छ । पोखरीया नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष सियानन्द चौहान र वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण साह कानु विच आज कुटाकुट भएको हो ।

वडामा नगरपालिकाले समानुपातिक रुपमा विकासको वजेट बाडफाड नगरेको भन्दै वडा अध्यक्षहरु विच लामो समय सम्म वादविवाद हुदै आएको र आज नगरपालिकाको वोर्ड वैठकमै दुई अध्यक्ष विच हात हालाहाल भएको थियो ।

घटनाका सम्बन्धमा पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार मन्टुले बोर्ड वैठकमा स्मार्ट सिटीका बारेमा छलफल भएको र स्मार्ट सिटीको वजेट वडाका लागि नभई समग्र नगर विकासको योजनामा आएको हँुदा यसमा आफ्नो वडामा बजेट कम परेको भन्दै वडा अध्यक्षहरु विच विवाद भए पनि पछि सहमतिमा सल्टिएको बताए ।

रेशम चौधरीलाई तत्काल रिहा नगरे सडक संघर्षमा जाने चेतावनी – राजपा

काठमाडौं,२२,फागुन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ । राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालतले बुधवार दिउँसो जन्मकैदको फैसला गरेलगत्तै संयोजक राजेन्द्र महतोले पार्टीको आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा यथावत राख्ने भन्ने विषयमा निर्णय हुने महासचिव केशव झाले जानकारी दिएनु भयो । उनले रेशम चौधरीलाई तत्काल रिहा नगरे सडक संघर्षमा जाने चेतावनी समेत दिए ।

अश्वमेघ गायत्री महायज्ञ बुधवार विधिवरुपमा सम्पन्न

वीरगंज, २२ फागुन ।
वीरगंज महानगरपालिका स्थित आर्दशनगर रङ्गशालामा सञ्चालित ‘अश्वमेघ गायत्री महायज्ञ’ बुधवार विधिवरुपमा सम्पन्न भएको छ । फागुन १९ गते देखि संञ्चालीत आज चैथौ दिन अश्वमेघ गायत्री महायज्ञमा हजारौ श्रद्धालु भक्तजनले हबन गरेका थिए । महायज्ञमा २५१ यज्ञशाला निर्माण गरी भव्यरुपमा गायत्री पूजा सम्पन्न गरेका थिए । अखिल विश्व गायत्री परिवारको तत्वाधानमा शुरु भएको महायज्ञमा भारतको शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधु संन्तले वैदिक मन्त्रका साथ हवन यज्ञादी गरेका थिए ।

महायज्ञमा हरेकदिन हबनयज्ञ, गोष्ठी, रथपरिक्रमा, दीपयज्ञ लगायतका धार्मिक अनुष्ठान भए संगै अश्वमेघ गायत्री महायज्ञले मधेसी पहाडी दलित गैरदलित महिला पुरुषबीचमा विभेद्लाई अन्त्य भएको छ । महायज्ञमा पूजाअर्चना गर्न दलित समुदायका मानिसको उल्लेखनीय सहभागिता रहेको तथा नेपाल लगायत भारतका विहार, उत्तरप्रदेश, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाण, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरातलगायत विदेश गरी ४० मुलुकका करीब तीन लाख श्रदालु आएको आयोजक समितिले जानकारी दिए ।

महायज्ञ समापन कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले विश्व भौतिकवादमा डुबेको बेला अध्यात्मिक ज्ञान प्राप्त हुने यस्ता ठूला महायज्ञले विश्वमा अमनचयन तथा शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो । अहिले युगमा एक देशले अर्को देशलाई, एक सम्प्रदायले अर्को सम्प्रदायलाई समाप्तपारी आफ्नो वर्चश्व कायम गर्न खोजेको अवस्थामा धर्म र संस्कृतिको माध्यमबाट अपनत्व खोज्नु उत्तम उपाय रहेको उहाँले बताउनु भयो ।

अश्वमेघ गायत्री महायज्ञ मूलसमारोह समितिका संयोजक डा उपेन्द्र महतोले सुख, शान्ति र समृद्धिका लागि महायज्ञ सफल भएको जानकारी दिनु भयो । अश्वमेघ गायत्री महायज्ञ आयोजक समितिका संयोजक तथा वीरगंज उपमहानगरपालिकाका मेयर विजयकुमार सरावगीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित रेशम चौधरीलाई जन्मकैद

टिकापुर, २२ फागुन ।
कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । कैलाली जिल्ला अदालतले बुधबार फैसला सार्वजनिक गर्दै चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले यो फैसला सुनाएको हो। घटनाको झन्डै तिन वर्ष ६ महिनापछि अदालतको फैसला सार्वजनिक भएको छ ।

थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीले सफाइ पाएका छन्। २०७२ भदौ ७ मा कैलालीमा भएको प्रदर्शनका क्रममा ८ प्रहरी सहित एक नाबलकको मृत्यु भएको घटनाको मुख्य अभियुक्त रेशम चौधरीलाई बनाइएको थियो। योबीचमा उनी राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भइसकेका छन् ।

प्रधानमन्त्री केपी ओली वीरगंज आउने कार्यक्रम पनि स्थगित

वीरगंज, २२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली आज वीरगंज आउने भनिए पनि नआउने भएका छन । वीरगंजमा आयोजित अश्वमेध महायज्ञमा प्रधानमन्त्री आउने भनिएको कार्यक्रम स्थगित भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराईले वताए ।

अधिकारी भट्टाराईका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएका कारण वीरगंज आउने भनिएको प्रधानमन्त्रीको कार्यक्रम स्थगित भएको हो । यता यज्ञ स्थलमा प्रधानमन्त्री मधेश आन्दोलनको वेला दिएको अभिव्यक्तिका कारण तर्सेर वीरगंज आउने कार्यक्र स्थगित भएको चर्चा चलेको हाम्रा सहकर्मी प्रणय साहले वताएका छन ।

प्रधानमन्त्री बुधबार १२ बजे वीरगंज आउने कार्यक्रम रहेको थियो भने प्रधानमन्त्री आउने कार्यक्रमलाई मध्य नजर गर्दै वीरगंजको सुरक्षा व्यवस्था कडा वनाइएको थियो । निर्धारित कार्यक्रम भन्दा आधा घण्टा पहिला मात्र प्रधानमन्त्री वीरगंज नआउने यज्ञ स्थलमा जानकारी प्राप्त भएकोे सहकर्मी साहले वताए ।

यस भन्दा पहिला पनि यज्ञको उदघाटन गर्न वीरगंज आउने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रम मौसम खराबीका कारण स्थगित भएको थियो । आज प्रधानमन्त्रीद्वारा यज्ञको समापन्न हुने भनिएको कार्यक्र पनि स्थगित भएको हो ।

उद्योगको प्लान्ट विस्तारसँगै बार्गेनिङका लागि नेताहरुको चलखेल

सिमरा – बाराको सिमरा स्थित जगदम्बा स्टिल्स प्रा.ली. देशकै ठुला उद्योग मध्ये एक हो । उद्योगले करिब ३५ सयलाई प्रत्यक्ष रोजगारी दिईरहेको छ ।
सन् १९९० मा उद्योग स्थापना हुँदा सिमरामा मानविय चहलपलह र बसोबास न्यून थियो । हाल जीतपुरसिमरा उपमहानगरपालिका—२ मा पर्ने जगदम्बा स्टिल्स तत्कालिन समयमा पिपरा सिमरा गाविसमा अवस्थित थियो ।

स्थापनाकालदेखि नै उद्योगले स्थानीयलाई रोजगारीको पहिलो प्राथमिकतामा राख्दै आएको उद्योगका निर्देशक पवनबाबु गुप्ताले जानकारी दिए । देशकै ठुलो उद्योग जगदम्बा स्टिल्स सिमरामा रहँदा त्यस ठाउँको पहिचान पनि देशैभर फैलिएको छ ।

जगदम्बा स्टिल्सले सिमराबाट फलामका निर्माण सामाग्री उत्पादन गरी देशैभर निर्यात गर्दै आएको छ । पथलैया—वीरगंज औद्योगिक करिडोरकै ठुलो क्षेत्रफलमा रहेको सो उद्योगको बिकास, विस्तार र सञ्चालनसंगै निम्तिने वातावरणीय प्रदुषणको दिर्घकालिन समाधान भने हुन सकिरहेको छैन ।

बिकाससंगै आंशिक प्रतिकुलता भोग्नु पर्ने सर्वव्यापी कुरा भएको उद्योग व्यावस्थापनको तर्क छ । जगदम्बा स्टिल्स उद्योगबाट हुने प्रदुषणका बिरुद्ध स्थानियले बेला बखत आवाज उठाउदै आएका छन् ।
उद्योगले प्रदुषण नियन्त्रक केन्द्र स्थापना गरि अहिले धुलो र धुवालाई धेरै हदसम्म व्यावस्थापन गरेको निर्देशक गुप्ताले बताए । देशका धेरै स्थानमा संचालित उद्योग कलकारखनाले स्थानिय बिकास निर्माणका कार्यहरुमा खर्च समेत गर्ने गरेका छन् ।

साविक पिपरा सिमरा गाविसमा मात्र जगदम्बा स्टिल्स सहित नेपालकै चर्चित ठुला उद्योगहरु छन् । सुर्य नेपाल, हुलास स्टिल्स, हामा स्टिल्स, शालिमार सिमेन्ट्स, अशोक स्टिल्स लगायतका नाम चलेका ठुला उद्योग सिमराबाटै सञ्चालित छन् ।

यतिका धेरै ठुला उद्योग सिमराबाट सञ्चालित हुँदा यी उद्योगले सिमराको बिकासका लागी करिब शुन्य लगानी गरेका छन् ।
उद्योगबाट निस्कने धुलो, धुवाँ, हानिकारक दुषित पानी र ध्वनीले वातावरणमा प्रतिकुल असरको पारेको छ । यसको सामना सिमराकै स्थानियले गर्नु पर्दा त्यस क्षेत्रको बिकास निर्माणमा उद्योग कलकारखनाको दायित्व हुन आउने स्थानियको दावी छ ।

तर करिब तीन दशकदेखी सञ्चालनमा रहेका उद्योगबाट सोचे अनुरुप पुर्वाधारको काम हुन नसक्नुका पछाडी गहिरो कारण छ । पटक पटक उद्योगहरु बिरुद्ध हुने आन्दोलनमा राजनितिक दलका स्थानिय नेताहरुले नेतृत्व लिने गर्दछन् ।

तर प्रदुषण नियन्त्रण र बिकासका पुर्वाधार निर्माणका सट्टा रकमको मोलमोलाईमा नेताहरुले आन्दोलनलाई बिराम दिने गरेको स्थानियकै आरोप छ । यथार्थ कुरा के हो भने जति जनता उद्योग बिरुद्ध उतार्न सकियो नेताहरुको मुल्य त्यत्ति नै बढ्ने गर्दछ ।
जगदम्बा स्टिल्स प्रा.ली.सँग देखावटी मात्रै दर्जन भन्दा बढि सम्झौता गरि रकम असुल गर्ने सिमरा क्षेत्रकै राजनितिक नेतृत्व रहेको स्थानिय बताउँछन् ।
सोझा जनतालाई बटुल्ने र उद्योगसँग रकमको बार्गेनिङ गर्ने धेरै जसोका नाम स्थानिय स्तरमा चर्चित छ । हाल जगदम्बा स्टिल्स प्रा.ली.ले उद्योगको पश्चिमतर्फ जस्ता पाताको प्लान्ट विस्तार गरिरहेको छ ।

वातावरणीय प्रभाव मुल्यांकन (आईई) गरेर उद्योग बिभाग तथा उद्योग मन्त्रालयको अनुमतिमा प्लान्ट विस्तारको काम धमाधम भईरहेको निर्देशक गुप्ताले बताए । सो कार्यलाई पनि केही स्थानिय नेताले निशाना बनाएर रकम असुलीको अवसरको रुपमा प्रयोग गर्न लागी परेको श्रोतले बताउँछ ।

हालै मात्र सोही कारण देखाउदै जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख समक्ष पुर्व एमालेका केही स्थानिय नेताहरुले ज्ञापनपत्र बुझाएका छन् । यस्ता प्रकारका गतिबिधीले पुर्व एमालेबाट निर्वाचित नगर प्रमुखलाई अप्ठ्यारोमा पार्न पुर्व एमालेकै जिल्लाका शीर्ष नेताहरु लागी परेको श्रोतको दावी छ ।

कानु ,हलुवाई ,कन्दोई मध्यदेशीय सामाजद्वारा खिर वितरण

प्रणय साह
वीरगंज , २१ फागुन
वीरगंजमा सुरु भएको अश्वमेध गायत्री महायज्ञको अवसर पारेर कानु ,हलुवाई ,कन्दोई मध्यदेशीय सामाज जिल्ला कार्य समिती पर्साले आइतवार देखी संचालन गरेको निशुल्क प्रसाद ग्रहनलाई नियत्रण दिएका छन् ।वीरगंजमा पहिलो पटक भईरहेको अश्वमेध महायज्ञको अवसरमा मंगलबार पनि कानु ,हलुवाई ,कन्दोई मध्यदेशीय सामाज जिल्ला कार्य समिती पर्साले प्रसादको रुपमा खिर खुवाएको छ । सामाजका केन्द्रिय उपाध्यक्ष हिरालाल साह कानुको विशेष उपस्थिती रहेको थियो । जिल्ला अध्यक्ष सुरेन्द्र प्रसाद कानुको नेतृत्वमा घडिहर्वा पोखरिको स्थित ब्रहम चौकमा महायज्ञमा आउने आगन्तुकहरुलाई खिर खुवाएका थिए । धर्म गर्नेका लागी आ आफनो तर्फवाट जति गरे पनि कम रहेको अध्यक्ष कानुले बताए । खिर वितरण कार्यक्रममा करिब आज मात्र १२ सय जना आगन्तुकलाई खिर खुवाईएको सामाजका केन्द्रिय सदस्य शम्भु गुप्ताले जानकारी दिनु भयो । खिर वितरण कार्यक्रममा सामाजका अगुवा हरिनारायण गुप्ता ,विजय गुप्ता , सुनिल गुप्ता तथा महिला नेतृ गौरी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
यस्तै काठमांडौमा महाशिवरात्रिको अवसर पारेर पवित्र पाशुपत क्षेत्रमा आउने दर्शनार्थीको लागी कानु ,हलुवाई ,कन्दोई मध्यदेशीय सामाजले प्रसाद वितरण गरेका थिए । हिजो बिहानैदेखि सञ्चालन गरिएको प्रसाद वितरण कार्यक्रममा बेलुकासम्म हजारौ भक्तजनले प्रसाद ग्रहन गरेका थिए । प्रसाद ग्रहन कार्य साँझसम्म रहेको प्रसाद वितरणमा सहभागी प्रविन गुप्ताले जानकारी दिनु भयो ।
उक्त संस्थाले शिवरात्रिका अवसरमा केहि वर्षदेखि पाशुपत क्षेत्रमा प्रसाद वितरण गर्दै आएको छ।

राष्ट्रको समृधिको लागी वीरगन्जवासीले अश्वमेध महायज्ञमा बाले लाखौ दियो

वीरगंज, २१ फागुन ।
नेपालको लागि वीरगंजमा पहिलो पटक भइरहेको चार दिने अश्वमेध महायज्ञमा मंगलवार एकै साथ लाखौ दियो बालिएको छ ।
महायज्ञ समाप्तीको पर्व सन्धया अर्थात तेस्रो दिन राति साढे ७ बजे यज्ञस्थल तथा नेपाल भारतका घरघरमा ‘दिप महायज्ञ’ स्वरुप दिप प्रज्वलन गरी लाखौ लाख श्रद्धालु भक्तजन तथा साधकहरुले दिप प्रज्वलन गरेको महायज्ञ आयोजक मुल समितिका अध्यक्ष डा. उपेन्द्र महतोले बताए ।
उनले पूर्व सूचना अनुसार प्रति व्यक्तिले ५/५ वटा दिप बाल्ने कार्यक्रम अनुरुप लाखौ दिप बाल्ने कार्यक्रम सम्पन्न भएको बताए ।
मुल समितिका संयोजक तथा वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले महायज्ञ समितिले मात्र २४ हजारदियोको व्यवस्था गरेको र बाकी हरेक सहभागीले ५ वटा दियो लिएर आएको हुनाले महायज्ञमा मात्रै १ लाख भन्दा बढि दियो बलेको बताएका छन् ।
साथै,उनले पर्सा,बारासंगै नेपालको अन्य ठाउँमा दियो बाल्ने कार्यक्रम बारेपनि जानकारी गराइएकाले घरघरमा नेपाल–भारतमा लाखौ दियो बलेको हुन सक्ने दाबी गरे ।उनले शुरुमा २ करोड रुपैयाको खर्च अनुमान गरिए तापनि श्रद्धालु भक्तजनको सख्या तथा खर्चमा पनि वृद्धि हुन सक्ने अनुमान गरेका छन् ।
चार दिनमा ५ लाख सहभागी आउने अपेक्षा गरिए तपानि खराब मौसमको कारण भारतको थुप्रै ठाउबाट सहभागी आउन नसकेको तर पनि तीन दिनमा करिब २ लाख भक्तजन सहभागी भइसकेको उनले जानकारी दिए ।
दिप प्रज्वलनका पुर्व अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याका छोरा तथा देव विश्व विद्यालयका उपकुलपति चिनमय पाण्ड्याले कथा प्रवचन गरेका थिए ।
उनले आफनो प्रवचनमा दिप भनेको प्रकाशको प्रतीक भएकोले जीवनमा भगवानसंग श्रद्धा वृद्धि गर्न दियो बालेर आफनो जीवनको अन्धकार हटाई प्रकाशमय जीवनको कामनाको लागि हिन्दू धर्ममा दियो बाल्ने चलन रहेको प्रकाश पारेका थिए ।
सामुहकि दिप महायज्ञले सबैको कल्याण,राष्ट्रमा समृद्धि तथा दिर्घ जीवनको लागि महा मृत्युन्जय मन्त्रको वाचन पनि गरिएको थियो ।