Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईकाे भेडिहारीमा महिला स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा बिहिबार महिला राेग परिक्षण तथा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे शिविरमा एक सय ६७ जनाले स्वास्थ्य परिक्षण गराएकाे बीरन्चीबर्वा स्वास्थ्य चाैकी प्रमुख निरन्जन प्रसाद चाैरसियाले वताए । जय मध्ये १९ जनाकाे भिडियाे एक्स-रे र ३८ जनाकाे चिनी, पिसाव, टिसिडिसि जस्ता ल्याब परिक्ष समेत गरिएकाे प्रमुख चाैरसियाले जानकारी गराए ।

भेडिहारी स्वास्थ चाैकीमा भएकाे शिविरमा स्त्री राेग बिशेषज्ञ डा. रामाधार महताे र मेडिकल अधिकृत डा. प्रिति भट्टराईकाे टाेलीद्वारा स्वास्थ्य परिक्षण गरिएकाे थियाे ।

शिविरकाे उदघाटन गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाले गरेका थिए भने उदघाटन समाराेहमा गाउँपालिका उपाध्यक्ष राजेश कुमार चाैरसिया, प्रमुख प्रशासकिय अधिकृत राजु साह, वडा नं. २ का वडाध्यक्ष साेनालाल प्रसाद चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शिविरकाे व्यवस्थापन गाउँपालिका स्वास्थ्य संयाेजक याेगेन्द्र प्रसाद चाैरसिया र सह संयाेजक महेन्द्र प्रसाद चाैरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...