Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

एन आई सी बै‌ंककाे न्यु सुपर चमत्कारी याेजना

spot_img
spot_img

वीरगंज ।  “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ एन आई सी एशिया बैंकले न्यु सुपर चमत्कारी योजना ल्याएको छ ।

एन आई सी एशिया बैंकको वीरगंज शाखाले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै न्यु सुपर चमत्कारी योजना सार्बजनिक गरेकाे हो । पत्रकार सम्मेलनमा बैंकका प्रदेशिक उपप्रमुख मन्नु प्रसाद शर्माले उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्दा  निशुल्क हुने लगायतका ३० चमत्कारिक फाइदाहरु सहित न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याइएकाे वताए ।

ईस्वी सम्बत २०२० को उपलक्ष्यमा ग्राहक माझ ल्याइएको यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन उनले जानकारी गराए । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सकिने उनकाे भनाई थियाे ।

औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई बहिरंग ओपीडी उपचारमा २० हजार सम्म र अस्पताल भर्ना वापत ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने र बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक आफैले एभरेष्ट विमा कम्पनीलाई तिर्ने बैंकी सुपरभाइजर इन्द्रा अग्रवाले वताइन । साथै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा बिषेश छुट बैकको योजनाले समेटेको अग्रवालले जानकारी गराइन ।

वीरगंज विर्ता स्थित हाेटल अन्नपूर्णमा भएकाे पत्रकार सम्मेलनमा बैंककाे वीरगंज आदर्शनगर शाखाकी प्रबन्धक पुजा खेतान, लिंक राेड शाखाका प्रबन्धक हासिम मंसुरी, पावरहाउस शाखाका प्रबन्धक नितेश राज सत्याल, सम्बन्ध प्रबन्धक प्रफुल सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...