प्रणय साह
वीरगंज,२१,फागुन ।
वीरगजमा आईतबार देखि अश्वमेध गायत्री महायज्ञ विधिवत रुपमा शुरु भएको छ । अश्वमेध गायत्री महायज्ञको अवसर पारेर पवित्र महायज्ञ वीरगंज स्थिता आर्दशनगर क्षेत्रमा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘वीरगंजका तिन हस्पीटलहरुको सम्य छुटयाईको स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
आइतबार बिहानै देखि सञ्चालन गरिएको सो शिविरमा आज मंगलवारसम्म हजारै भक्तजनले स्वास्थ्य सेवा लिएका वीरगंज हेल्थ केयरका डा.रमेश यादवले जानकारी दिए। शिविर बुधवार साँझसम्म चल्ने बताइएको छ ।
शिविरमा विभिन्न अस्पतालका चिकित्सकले बिरामी भक्तजनको उपचार गरिरहेका छन्। अश्वमेध गायत्री महायज्ञमा पूजाआजा गर्न आएका भक्तजनमा टाउको दुख्ने, रक्तचाप उच्च तथा न्यूनलगायत स्वास्थ्य समस्या देखिएको डा.रमेश यादवले जनाएका छन्।
बिरामी अवस्थाका भक्तजनलाई निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा खटिएका चिकित्सकले भक्तजनलाई स्वास्थ्य सेवा दिएका थिए ।
अश्वमेध गायत्री महायज्ञ क्षेत्रमा स्वास्थ्य शिविरमा हजारै भक्तजनले स्वास्थ्य सेवा लिए
वीरगञ्जको शंकराचार्यद्धारमा पंचमुखि शिवलिङ्गको स्थापना
इन्जिनियरिङ्ग एशोसियसन पर्साका अध्यक्ष शम्भु प्रसाद साह चयन
वीरगंज, २० फागुन ।
डिप्लोमा इन्जिनियरिङ्ग एशोसियसन नेपाल, पर्साका उपाध्यक्ष शम्भु प्रसाद साहलाई सर्वसहमत कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । एशोसियन नेपाल, पर्साका सोमबार बसेको बैठको निर्णय अनुसार उाध्यक्ष साहलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको जिल्ला कार्य समिति, पर्साका सदस्य राहुल साहले वताए ।
एशोसियसन, पर्साका निवर्तमान अध्यक्ष सुरेश प्रसाद साह प्रदेश नं. २ का महासचिव भए पछि जिल्ला अध्यक्ष पदबाट राजिनामा दिएका थिए । जल स्रोत तथा सिचाई डिभिजन कार्यालय, वीरगंजमा भएको बैठकमा प्रदेश नं. २ का अध्यक्ष राजिनन्दन चौधरी, महा सचिव सुरेश प्रसाद साह, सचिव इश्वर देव यादव, सदस्य सिवेन्द्र पटेल र पुनम साहलाई सम्मान समेत गरिएको थियो ।
पोखरिया युवा समाजद्वारा एक गरिब परिवारलाई सहयोग
पर्सा, २० फागुन ।
पोखरीया युवा समाज पोखरीयाले पोखरीया नगरपालिकाको एक गरीब परिवारलाई सहयोग गरेको छ । महाशिवरात्रीको दिन सोमबार पोखरीया नगरपालिकाको वडा नम्बर १०, शिववर्वा टोलका शम्भु राउत कुर्मीको छोरीको बिहेका लागी युवा समाजले सहयोग गरेको हो ।
एक कार्यक्रमका विच युवा समाजले ३१ हजार मुल्य बराबरको सरसमान कुर्मीलाई हस्तान्तरण गरेको युवा समाजका भगवान दास तात्वाले वताए । युवा समाजका सदस्यहरुको सहभागीतामा दाल, चामल, तरकारी, तेल, रिफाईन, लताकपडा र सिंगारका समानहरु सहयोग गरिएको तात्वाले जानकारी गराए ।
पोखरिया शाखा अन्तर्गतका विधुत महशुल्क वाकी रहेका उपभोक्ताहरुको लाइन काटिदै
वीरगंज, २० फाल्गुन ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहहहारीका दर्जनौ घरका सयौ ब्यक्ति अंधकारमा बस्ने भएका छन । नेपाल बिधुत प्राधिकरण पोखरीया शाखाले भेडिहारी गाउँमा बकयौता शुल्क रहेका सयौ घरपरिवारले जडान गराएका बिधुत लाईन हिजो देखी काटन शुरु गरेको छ ।
१० हजार देखी १ लाख सम्म बाकी रहेका दर्जनौ घरपरिवारको बिधुत लाईन काटदा भेडिहारी गाउँमा कोलहाल मच्चिएको छ । भेडिहारी गाउँका उतरपटि रहेको टा्रन्सफर्मर बिग्रेर एक हप्ता देखी अंधकारमा बस्न बाध्य रहेका स्थानियवासीहरुका लागी हिजो नै टा्रन्सर्फर मरम्मत गरी जडान पश्चात पोखरीया शाखाका कर्मचारीहरुले बकौयता फाईल हेरेर लाईन काटन शुरु गरेका छन ।
कर्मचारीहरुका अनुसार सयौ ब्यक्तिले बिधुत जडान भएको दिन देखी नै आज सम्म बिधुत शुल्क नबmुभाई मनोमानी गरेका कारण बिधुत लाईन काटिएको बताएका छन । आज बिदाका दिन भएका कारण लाईन काटन नआए पनि भोली देखी बिधिवत रुपमा बकौता रहेका उपभोक्ताहरुको मिटरको लाईन काटिने भएको छ ।
यता स्थानियवासीहरुका अनुसार बिधुत लाईन काटनु पुर्ब सुचना नदिई अकस्मात लाईन काटदा समस्या भएको भेडिहारी निवासी शखिशेखर कुश्वाहाले बताएका छन ।
शिवरात्रीको पुजा गर्न मन्दिर पगेका भक्तजनहरु (फोटोफिचर)
शिवरात्रीको पुजा गर्न वीरगंजको अलखिया मठ पुगेका भक्तजनहरु । तस्बिर : जाकिर हुसेन




महाशिवरात्रिको अवसरमा जिराभवानीमा बटेशवरनाथको मेला
मेघराज राय/जिराभवानी, २० फागुन ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर साथै पर्साको ग्रामीण क्षेत्रमा रहेका एतिहासिक मेला जिराभवानी माईले प्रचलित बाबा बटेशवरनाथको मेलामा आज बिहानबाट भक्तजनहरुको भिड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजबाट१०दिन जिराभवानी मेला लाग्ने गर्छन जिराभवानी गाउँपालिका अन्तर्गत पर्ने पाँचै वार्ड का भक्तजनहरु तथा छिमेकी गाँउपालिका लगायत भारत बिहारका यस मेला आउने गर्छन ।
भगवान् श्री बटेशवरनाथ दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज पर्साका ग्रामीण क्षेत्रका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारत बिहारका तीर्थयात्रीको जिराभवानी मन्दिरमा घुइँचो लाग्छ । यस बर्ष जिराभवानी मेलाको जिम्मेवारी स्थानीय युवाहरुलाई दिएको गाउँपालिका स्रोतले जनाएका छन ।
बीच जिराभवानी क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको मेला समितीका जानकार सदस्य बिनोद महतो थारूले बताउनुभयो । गत वर्षदेखि नै गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष त्यसलाई निरन्तरता दिइएको छ ।
यस्ता पदार्थ सेवन र बेचबिखन तथा उछलिङगित कृयाकलाप गरेको पाइएमा प्रहरीले कारवाही गर्ने उहाँले बताउनुभयो । साथै यस जिराभवानी मेलामा भक्तजनहरु तथा दर्शकहरुको लागी बिषेश मनोरन्जन को बेवास्ताका लागी मौतकुवा रोटेपिङ रेल पिङग जादूगर बिषेश आकर्षक स्टल हरु लगाएत को अवलोकन तथा मनोरञ्जनात्मक खेल तमासा हेर्न पाइने मेला समितीका सदस्य बिनोद महतो थारूले बताउनुभयो ।
महाशिवरात्रीको अवसरमा शिव मन्दिर स्थलमा मेला, भक्तजनहरुको भिड
वीरगंज, २० फागुन ।
महाशिवरात्रीको अवसरमा आज पर्साको विभिन्न शिव मन्दिरहरुमा मेला लागेको छ । बिरगंजको अलखिया मठ, पोखरीयाको शिव मन्दिर ग्रामिण भेगको जगरनाथपुर गाउँपालिकाको मसियानी मंन्दिर, सखुवाप्रसौनी गाउँपालिकाको महुवन पारसनाथ मंन्दिर, पर्सागढी नगरपालिकाको बागेश्वरीचित्रौना मंन्दिर, बिन्दवासिनी गाउँपालिकाको बहुअवर्वाभाटठा मंन्दिर, धोबिनी गाउँपालिकाको जगरनाथपुर गाउँको शिव मंन्दिर, पटेर्वा सुगौली गाउँपालिकाको भाठा मंन्दिर, जिराभवानी गाउँपालिकाको महादेवपटि मंन्दिर, कालिकामाई गाउँपालिकाको भेडिहारी मंन्दिर, पकहामैनपुर गाउँपालिकाको खेस्राहा शिव मंन्दिरमा मेला लागेको छ ।
सोमबार बिहानै देखी मेला स्थल अर्थात शिव मन्दिहरुमा सयौ भक्तजनहरुले भीड लागेको छ । गा्रमिण भेग सम्मपुर्ण मंन्दिरहरु सरसफाई गरिएको छ भने मान्छेहरुको भीडभाड बढेको छ । शिवरात्री पर्व मनाईने महिलाहरु बिहानै देखी सरसफाई गरी कोन, शितलकेसउर, बैईर र प्रसाद चढाई ढोग्ने गरेका छन ।
मेलाले गर्दा फलफुलको विक्री बढेको छ । शिवरात्रीको दिन गाउँ घरमा माछा, मासु बिक्री भएको छैन भने महिलाहरु उपवास बसेका छन । दिनभरी उपवास बसी बेलुका तिर फल र दुध, दही खाई मात्रै फरहार गर्ने चल्न रहेको छ । हिन्दुहरु धुमधामका साथ यो पर्व मनाउने गर्दछन भन्ने स्थानियहरु मंन्दिरहरुमा पुजाआजा गरी मेलामा घुमघाम गरिहेका छन ।
अश्वमेध महायज्ञको अवसरमा दुलही जस्तो सजाईएको वीरगंज सहर
नेपालमा पहिलाे पटक वीरगंजमा आज देखि सुरु भएको अश्वमेध महायज्ञको अवसरमा दुलही जस्तो सजाईएको वीरगंज सहर । तस्बिर : कालिका टाईम्स
नेवि संघद्वारा बिजायी खेलाडीहरुलाई सम्मान
वीरगंज, १९ फागुन ।
नेपाल विद्यार्थी संघ पर्साले आइतबार प्रदेश स्तरिय क्रीकेट टुर्नामेन्टका बिजायी टोलीका खेलाडीहरुलाई एक कार्यक्रम विच सम्मान गरेको छ । कार्क्रमका प्रमुख आतिथी नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इमतियाज आलमले बिजय खेलाडीहरुलाई अबीरको टिका ,माला र खादा लगाई बधाई दिदै सम्मान गरे ।
खेलाडीहारुलाई सम्मान गर्दै कोषाध्यक्ष आलमले पर्साको खेलाडीहरुलाई मौका र साथ दिए यस भन्दा ठुला उप्लब्धि हात पार्न सकने खूबी रहेको वताए ।
नेपाल विद्यार्थी संघ पर्साका संयोजक बिकास तिवारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेपाली कांग्रेसका नेता राकेश यादव ,श्रीकान्त यादव, नागेन्द्र चौधरी, रन्जित पटेल,देवप्रकाश पटेल,चन्दन सहनी, रामनिवास यादव, अभय कर्ण, सुरेन्द्र लामिछाने, रोशन सिंह ,सेराज अन्सारी , त्रिलोकी साह, राजेश पतेल, अमित कुशुवाहा लगायतकाले बधाई तथा शुभकामना दिएका थिए ।
यसैगरी उक्त कार्क्रममा पर्सा क्रिकेटको प्रशिक्षक उमेश उपाध्याय, सप्रशिक्षक प्रकाश शर्मा, कप्तान सूरज पटेल लगायतकाकोलाई पनि बधाई तथा सम्मान गरिएको थियो । पर्सा क्रिकेट टोलीको प्रमुख प्रशिक्षक स्याम उपाध्यले पर्सा क्रिकेटमा थुप्रै चुनौती छन तर पनी हाम्रो पर्सा क्रिकेट टोलीले ठुलो उप्लब्धि हात परेको वताएका थिए ।


