Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

वीरगंजमा माघ ११ गते हुने माेटिवेशनल सेमिनारमा प्रबेश नि:शुल्क

spot_img
spot_img

वीरगंज । वीरगंजमा यही माघ ११ गते शनिबार एजुकेशनल माेटिवेशनल सेमिनार हुने भएकाे छ । साेसाइटी वेलफेयर कमिटी हेटाैंडाले वीरगंज स्थित राेयल पार्टी प्यालेसमा सेमिनार आयाेजना गर्न लागेकाे हाे ।

आयाेजक संस्थाले बुधबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै सेमिनामा प्रबेश नि:शुल्क हुने जनाएकाे छ । समिनारकाे प्रमुख वक्ताहरुमा वीरगंजका युवा नेता रहबर अन्सारी, ई. राजेश यादव, हरेराम अचार्य, प्रदिप कुमार साह, बासुलाल कर्ण लगायतका रहेकाे आयाेजक संस्थाका सचिव प्रदिप कुमार साहले वताए ।

प्रदेश नं. २ का ८ वटै जिल्लामा आयाेजना गरिने सेमिनार तेस्राे जिल्लाकाे रुपमा पर्साकाे सदरमुकाम वीरगंजमा आयाेजना गर्न लागिएकाे सचिव साहले वताए । उनले यस अघि धनुषाकाे जनकपुर र बाराकाे कलैयामा सेमिना सम्पन्न भइसकेकाे जानकारी गराए ।

एउटा जिल्लामा सेमिनार आयाेजना गर्न अनुमानित रु २ लाख खर्च भए पनि प्रबेश शुल्क नि:शुल्क गरिएकाे उनकाे भनाई थियाे । तिन सिफ्टमा आयाेजना गर्न लागिएकाे सेमिनारमा प्रति सिफ्ट ५ सय गरी १५ सय जनाकाे सहभागिता गराउने लक्ष्य रहेकाे साहले वताए ।

वीरगंज मुर्ली स्थित रहेकाे नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा भएकाे पत्रकार सम्मेलनमा आयाेजक संस्थाका महम्मद असलम अली, सुनिल साह, जमिर राउत गद्दीकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...