Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

वीरगंजमा गिरिजा प्रसाद कोईराला गोल्ड कप हुने

spot_img
spot_img

वीरगंज । वीरगंजमा गिरिजा प्रसाद कोईराला गोल्ड कप प्रतियोगिताको आयोजना हुने भएको छ । गिरिजा प्रसाद कोईराला फोण्डेशन पर्साले माघ १८ गतेदेखि प्रतियाेगिता आयाेजना गर्न लागेकाे हाे ।

फाउण्डेशन पर्साकाे बुधबार बसेको बैठकले पर्सा जिल्ला स्तरिय फुटबल प्रतियाेगता आयाेजना गर्न र पर्साका दुई पत्रकारलाई सम्मान गर्ने र्निणय गरेको छ । प्रतियाेगितामा पर्साका ८ वटा टिमकाे सहभागि रहनेछ । प्रतियोगिताकाे प्रथम पुरस्कार २ लाख ५० हजार र रनर अप पुरस्कार १ लाख ५० हजार रहने फाउण्डेशन पर्साका अध्यक्ष महम्मद साहबुदिनले वताए ।

बैठकमा फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको स्मृतिमा स्थानिय दुई पत्रकारलाई २१ हजार नगद सहित सम्मान गर्ने निर्णय समेत भएकाे भएको सभापति साहबुदिनले जानकारी गराए ।

सभापति सहाबुदिनको अध्यक्षतामा बसेको बैठकमा सह सचिव मिंटु देवि सिंह , कोषाध्यक्ष मनोहर साह, सदस्य धिरज गुप्ता, हरिन्द्र यादव, दिलिपराज कार्की, बाबुनन्द पटेल, सन्तोष सिंह, रेफरि प्रशिक्षक गजेन्द्रमान सिंह श्रेष्ठ, प्रेश युनियन पर्साका  लालकिशोर सिंह, समाजसेवि लालदेव यादव लगायतकाे उपस्थिती रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...