Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

महिला राेग परिक्षण तथा स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा बुधबार महिला राेग परिक्षण तथा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे शिविरमा एक सय ७५ जनाले स्वास्थ्य परिक्षण गराएकाे गाउँपालिका स्वास्थ्य संयाेजक याेगेन्द्र प्रसाद चाैरसियाले वताए ।

जय मध्य ३२ जनाकाे भिडियाे एक्स-रे र ३२ जनाकाे चिनी, पिसाव, टिसिडिसि जस्ता ल्याब परिक्ष समेत गरिएकाे संयाेजक चाैरसियाले जानकारी गराए ।

मुडली स्वास्थ चाैकीमा भएकाे शिविरमा स्त्री राेग बिशेषज्ञ डा. रामाधार महताे, मेडिकल कन्सलटेन्ट डा. जेपि जयसवाल, मेडिकल अधिकृत डा. मधु पटेलकाे टाेलीद्वारा स्वास्थ्य परिक्षण गरिएकाे थियाे ।

शिविरकाे उदघाटन गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाले गरेका थिए भने उदघाटन समाराेहमा गाउँपालिका उपाध्यक्ष राजेश कुमार चाैरसिया, प्रमुख प्रशासकिय अधिकृत राजु साह, वडा नं. १ का निमित वडाध्यक्ष रामशिष प्रसाद यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शिविरकाे व्यवस्थापन स्वास्थ्य संयाेजक प्रमुख चाैरसिया र सह संयाेजक महेन्द्र प्रसाद चाैरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...